Sajhamanch Archive

बंगलादेश सरकारद्धारा ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बंगलादेश सरकारद्धारा ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध.

ढाका। बंगलादेश सरकारले ६५ दिनका लागि माछा मार्न प्रतिबन्ध लगाएको छ । माछाको संख्या बढाउन र माछाको भण्डारणमा सन्तुलन ल्याउन भन्दै बंगलादेश सरकारले तटीय क्षेत्रमा ६५ दिनसम्म माछा मार्न प्रतिबन्ध लगाएको हो । सबै प्रकारका माछा मार्ने जहाजमा प्रतिबन्ध लगाइएको बंगलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, हजारौंको संख्यामा रहेका माछा मार्ने […]

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचथरमा २ परिवारका ९ जनाको हत्या.

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा […]

अख्तियारको उच्च निगरानीमा भूमाफिया र कर्मचारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अख्तियारको उच्च निगरानीमा भूमाफिया र कर्मचारी.

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अतिक्रमणका मुद्दालाई विशेष प्राथमिकतामा राखेर छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । हाल भूमाफिया र संलग्न भएका भनिएका उच्च तहका कर्मचारीदेखि सामान्यस्तरका कर्मचारीसम्म अख्तियारको उच्च निगरानीमा रहेको छ । राजधानी दैनिकबाट।

२० वर्षदेखि डोजर चलाउँदै मुना घिमिरे, यसरी भयो डोजर चालकको रुपमा ‘इन्टी’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on २० वर्षदेखि डोजर चलाउँदै मुना घिमिरे, यसरी भयो डोजर चालकको रुपमा ‘इन्टी’.

काठमाडौँ। जेठ महिनाको घामको राप, त्यहीमाथि धोवीखोलाको दुर्गन्ध । त्यसको पर्वाह नगरी एकोहोरो डोजर चलाउन तल्लीन हुनुहुन्छ–मुना घिमिरे श्रेष्ठ । हाल काठमाडौँ महानगरपालिका वडा २९ क्षेत्रमा रहेको धोवीखोलामा थुप्रिएको माटो पन्छाउने काममा उहाँ व्यस्त हुनुहुन्छ । डोजर चलाउन थालेको पनि ठ्याक्कै २० वर्ष लागेछ । त्यसबीच उहाँले जोखिमपूर्ण र गाह्रो काम मात्र गरिरहनुभएको छ । […]

कांग्रेस नेताप्रति कार्यकर्ताको आक्रोशः गुट चलाऊ तर जागरणमा नआऊ

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कांग्रेस नेताप्रति कार्यकर्ताको आक्रोशः गुट चलाऊ तर जागरणमा नआऊ.

काठमाडौं। देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा नलाग्ने कुरामा जागृत हुनुहोस्, अनि मात्र हामीलाई जागृत गराउन आउनुस् भनेका छन् । जागरण अभियानबारे प्रतिक्रिया सुनाउँदै नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले भने– ‘सहभागी कार्यकर्ताहरु हामीलाई हैन पहिला नेतालाई जागृत गराउनुस् ।’ जागरण अभियानबारे अन्य जिल्ला सभापतिहरुको पनि त्यस्तै अनुभव छ । […]

संघीय नेपालमा प्रादेशिक मनसुनः ‘मनसुनी क्यालेन्डर’मा उतारचढाव

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संघीय नेपालमा प्रादेशिक मनसुनः ‘मनसुनी क्यालेन्डर’मा उतारचढाव.

काठमाडौं। आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भू–भागमा भने औसत रहने भएको हो । प्रदेश १, २ र ३ का अधिकांश भू–भागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने र अन्यत्र औसत वर्षा हुने मौसमविद्हरुको ठहर छ । सार्क मुलुक र म्यानमारसमेत […]

तरकारीमा ५ तह बिचौलिया, हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तरकारीमा ५ तह बिचौलिया, हरेक तहमा मूल्य बढ्दा तरकारी महँगो.

सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिनाअघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा मूल्य बढ्दा तरकारी […]

बैंकहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बैंकहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने.

काठमाडौँ। बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए । तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली […]

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान.

विराटनगर । प्रदेश १ को सरकारले समग्र कृषि क्षेत्रको प्रबर्धन र बजारीकरणका लागि कृषकहरुलाई २२ करोड ४० लाख रुपैयाँ अनुदान रकम वितरण गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपन्छी व्यवसाय प्रबर्धन कार्यक्रम, मिल्क एनालाइजर वितरण कार्यक्रम र पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत कृषि क्षेत्रमा आवद्ध कृषक, कृषक समूह, सहकारी, व्यवसायी फर्मलाई ७० प्रतिशतसम्म […]

प्रहरीद्धारा डाँका पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीद्धारा डाँका पक्राउ.

काठमाडौं । प्रहरीले एक डाँकालाई गोली हानी पक्राउ गरेको छ। सर्वाधिक खोजीको सूचीमा रहेका काले भनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी काठमाडौँको टोखाबाट पक्राउ गरेको हो। पक्राउ गर्न गएको टोलीलाई हतियार देखाएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी केदार ढकालले बताए। उनको साथबाट हतियारसहित पाँच राउण्ड गोली बरामद भएको बताइएको छ। […]