काठमाडौं । सामान्यतया खुर्सानी खानु आफैंमा राम्रो हुँदैन । तर मिलाएर खान सक्यो भने खुर्सानीले अचुक फाइदा दिन्छ । तपाई हाम्रै घरमा पाइने डल्ले अर्थात रातो खुर्सानी औषधिका रुपमा प्रयोग हुने गरेको छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने […]
बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका–२ कन्चन खोलानजिकै सिलिन्डर बम बिस्फोट भएको छ। खोला नजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिबार बिहान ४ बजे बम बिस्फोट गराइएको हो। बिहानै बम बिस्फोट गराइएको भए पनि स्थानीयहरुले बिहान साढे ७ बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी डिलबहादुर मल्लले जानकारी दिए । बिस्फोटबाट ठूलो आवाज […]
फिल्म निर्मात्री तथा चलचित्र विकास बोर्डकी निवर्तमान अध्यक्ष निकिता पौडेल र चर्चित सञ्चारकर्मी रवि लामिछानेले लगनगाँठो कसेका छन् । शुक्रवार दिउँसो नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा रविले निकिताको सिउँदो भरेका हुन् । दुई पक्षका निकै नजिकका आफन्त मात्र विवाह समारोहमा सहभागी थिए । अग्नीलाई साक्षी राखेर सात जन्मसम्म सँगै बाँच्ने कमस […]
विराटनगर। छातीमा सामान्य दुखाई महसुस भएपछि उपचारका लागि आफ्नै गाडी चलाएर अस्पताल पुगेका यहाँ एक चिकित्सक ९ दिनदेखि आइसीयूमा छन् । उनलाई भेन्टिलेटरमा राखेर श्वासप्रश्वासका लागि अक्सिजन दिइएको छ । कोसी अञ्चल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ विमल अग्रवालको नोबेल मेडिकल कलेजमा आईसीयूमा उपचार भइरहेको छ । अग्रवाललाई अघिल्लो शनिबार राति घरैमा सामान्य छाती दुखेको महसुस […]
काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज पनि देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्दछन्। नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई ६०० वर्षअघि […]
काठमाडौं। प्रकृतिकपूजक किरात समुदायले आज उभौली पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किरातले भव्य रूपमा किराती रितिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् । किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ […]
काठमाडौं।सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि मिसन’ कार्यक्रम सञ्चालन गरिरहेको बेला आलु प्याजको परनिर्भरता भने बर्सेनि बढ्दो छ । सरकारको कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने कार्यक्रममा आलु प्याज उत्पादन प्राथमिकतामा पर्न नसकेको कारण परनिर्भरता बर्सेनि बढेको हो । देशकै ठूलो तथा पुरानो तरकारी बजार कालीमाटीमा भित्रिएको आलु प्याजको तथ्याङ्कले अघिल्लो […]
काठमाडौं । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध तीन मुद्दा दायर गरेको छ । तर, पक्राउ गर्न भने […]
काठमाडौं। बुद्ध कहाँ जन्मेका हुन् ? यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् । कति लेखक–साहित्यकार नेपालको परिचय दिनुप९यो भने भन्छन्– यो बुद्धको देश […]
काठमाडौं। पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड भ्रमणमा जाने हुनुभएको छ । उहाँ पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका र पूर्णिकासहित केही टोली थाइल्याण्ड जान लाग्नुभएको हो । पूर्व युवरानी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली थाइल्याण्ड गएका हुन् । निर्मल निवास स्रोतका अनुसार उहाँ करिब एक महिना बसाईको […]