Sajhamanch Archive

प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश सरकारले ६ दिन मात्रै बिदा दिन पाउने.

काठमाडौं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सुचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ आफ्नो प्रदेशमा प्रचलित धर्म, […]

नेकपामा करिब ३५ सयलाई जिम्मेवारी, पूर्व एमोलबाट १६ र माओवादीबाट ६ जनसंगठनको नेतृत्व

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपामा करिब ३५ सयलाई जिम्मेवारी, पूर्व एमोलबाट १६ र माओवादीबाट ६ जनसंगठनको नेतृत्व.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो । महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरे । प्रधानमन्त्रीनिवास बालुवाटारमा […]

नियुक्तिको एक महिनामै विवादास्पद आदेश

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नियुक्तिको एक महिनामै विवादास्पद आदेश.

काठमाडौं । सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि अस्वीकृत विषयमा अन्तरिम आदेश जारी गरेको छ । प्रवेश परीक्षाबिनै भर्ना पाऊँ भनी पाँच महिनाअघि दर्ता निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार भएकामा उही व्यक्तिको अर्को निवेदनमा बुधबार अन्तरिम आदेश जारी भएको हो । अन्तरिम आदेश न्यायाधीशहरु केदारप्रसाद चालिसे र मनोजकुमार शर्माले जारी […]

धादिङमा भूकम्पको झट्का

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धादिङमा भूकम्पको झट्का.

  काठमाडौ । धादिङलाई केन्द्रविन्दु बनाएर आज भूकम्प गएको छ। धादिङको नलाङ आसपास केन्द्र बिन्दु बनाएर दिउँसो २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केटलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको धक्का धादिङ आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

भाईद्धारा दाईलाई गोली प्रहार गरि हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भाईद्धारा दाईलाई गोली प्रहार गरि हत्या.

वीरगञ्ज। पर्साको जिराभवानी गाउँपालिकामा भाईले आफनै दाईलाई गोली प्रहार गरि हत्या गरेका छन् । जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा टोलका ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाई ४८ वर्षीय शेष फारुकको गोली हानी हत्या गरेका हुन् । घरायसी विवादमा सेरामुद्धिनले बिहीबार राति आफनै दाई फारुकलाई कटुवा पेस्तोलले गोली हानी घाइते बनाएका थिए । गोली प्रहारबाट […]

एकदिवसीय विश्वकप क्रिकेट नजिकिदै

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on एकदिवसीय विश्वकप क्रिकेट नजिकिदै.

  एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सुरू हुन अब १३ दिन मात्र बाँकी छ । इङल्याण्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकप करीब ४६ दिनसम्म चल्नेछ । ११ स्थानमा सञ्‍चालन हुने विश्वकपमा लिग चरणअन्तगर्त ४५ खेल हुनेछन् । जेठ १६ गतेबाट सञ्‍चालन हुने लिगको उपाधि भिडन्त असार २९ गते हुनेछ । […]

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी

Published: in राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी.

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। खडेरीबाट उत्तर कोरियाको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ। खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ।  विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन्। त्यहाँ खाद्यान्नको संकट हुनसक्ने उनीहरूले जनाएका छन्। […]

काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंमा अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ को आज काठमाडौंमा उद्घाटन गरेका छन् । खानी तथा भू–गर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले जेम एण्ड ज्वेलरी व्यवसाय मानवीय सुन्दरता, प्रेम, सुरक्षाभाव आदिसँग सम्बन्धित भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले जेम एण्ड ज्वेलरी व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने पनि […]

अखाद्य वस्तु मिसाउने कावासोती आइसक्रिम तथा बरफ उद्योगमा ताला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अखाद्य वस्तु मिसाउने कावासोती आइसक्रिम तथा बरफ उद्योगमा ताला.

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती–८, धौलागिरी चोकमा रहेको न्यूबरफ उद्योगले आइसक्रिम तथा बरफमा अखाद्य वस्तु मिसावट गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा ताला लगाइदिएको हो । अनुगमनमा पुगेको टोली उत्पादनमा अखाद्य वस्तु मिसावट गर्नुको साथै दर्ता समेत नगरी उद्योग सञ्चालन गरेको भेटेको छ । आईसक्रिममा मानव स्वास्थ्यलाई हानी गर्ने जीएमएस पाउडर, जीसीई […]

पत्रकारमाथि छानबिन सुरु भएको विषयमा अमेरिकाको आपत्ति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकारमाथि छानबिन सुरु भएको विषयमा अमेरिकाको आपत्ति.

नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ । अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । ‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेकोप्रति हामी आश्चर्यमा परेका छौँ,’ दूतावासका प्रवक्ताले भने । नेपाल सरकारले […]