काठमाडौं ।अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् । उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट अनलाइनमार्फत जाँचेपछि आफूलाई िचठ्ठा परेको खबर थाहा पाएका हुँ । मैले निरन्तर आफ्ना […]
खोटाङ । असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका बिष्ट, अनुशा बिष्ट र छोरा अभिशेष बिष्ट, सोही ठाउँका लक्ष्मी कटुवाल, खेमकुमारी कटुवाल, पदमकुमारी कटुवाल र मीना कटुवाल घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल […]
हेटौंडा । प्रदेशको राजधानी र नामकरणको विषय नटुङ्ग्याएसम्म संसद चल्न नदिने भन्दै नेपाली कांग्रेसले ३ नम्बर प्रदेशसभा अवरुद्ध गरेको छ। यसअघि हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने भनिए तापनि प्रवेश नपाउँदा प्रमुख प्रतिपक्षी दल आक्रामक बनेको हो। दलका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेपछि संसद अवरुद्ध भएको हो। यस अघि सरकारका तर्फबाट संसदीय दलका उपनेता तथा […]
नयाँ दिल्ली । भारतको राजस्थानस्थित चुरु जिल्लामा सासू र परिवारका सदस्यबाट कुटिएकी बुहारीले प्रहरी गुहारिन् । नाङ्गै बनाएर सासूसहितले कुटपिट गरेपछि उनले प्रहरी गुहारेकी थिइन् । तर प्रहरी नआएपछि ज्यान बचाउन ती महिलाले नाङ्गै भाग्नुपरेको छ । २८ वर्षीया ती महिलाले सासूसहितको यातना भोग्न नसकेपछि प्रहरीको सहारा लिनुपरेको हो । तर प्रहरी घटनास्थलमा नपुगेपछि उनी […]
धनकुटा । प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले हिजो सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राईले अबको निकास आर्थिक विकास भएकोले विकासको नयाँ मोडल आवश्यक रहेको बताए । स्थायी राजधानीको माग गरिरहेको धनकुटामा केही दिन पहिले प्रदेश सरकारले मुख्यमन्त्रीको सम्पर्क […]
काठमाडौं । समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैया दिएका छैनन् । उखु त्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन् । नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले यो वर्ष करिब १० अर्ब रुपैयाँको उखु उद्योगीलाई बेचेका छन् । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पौने ६ […]
काठमाडौं । छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो । त्यतिबेला उनले ४५ टेकेको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा थिए । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन […]
काठमाडौं । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पूरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)ले कुनै प्राविधिक तयारी नै पुरा नगरी मन्त्री पोखरेललाई शिलान्यास गर्न लगाइएको हो । मन्त्री पोखरेलले शिलान्यास गर्ने विषयमा जानकारी नै नलिई लोकप्रियता कमाउन महोत्तरीको बर्दिवासको […]
सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँबराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई आयुक्त पद खाली छ । प्रमुख आयुक्तबाहेक अन्य चारजना आयुक्त रहने संवैधानिक व्यवस्था भएको आयोगमा प्रमुख आयुक्त दिप बस्न्यातको समय अवधि पुरा भएको छ भने आयुक्त राजनारायण पाठकले घुस काण्डमा मुछिएपछि राजिनामा दिएका छन् । त्यसैले अहिले प्रमुख आयुक्त नविन घिमिरेसहित तीनजना पदाधिकारीले मात्र आयोग चलाइरहेका छन् । […]