जेठ १७ गते रिलीज हुने नेपाली फिल्म कुम्भ करणुको ट्रेलर रिलीज भएको छ । ट्रेलरमा रोमान्टिक, सस्पेन्स र कमेडी बिषयलाई देखाईएको छ । यस फिल्ममा नायिका निशा अधिकारी शिक्षिकाको भूमिकामा छिन् भने गौरव पहारी शिक्षक, भोलाराज सापकोटा प्रधानाध्यापक, अभय बराल पिउनको भूमिकामा छन् । साथमा आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा लगायतको मुख्य भूमिका छ […]
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट यही वैशाख महिनाभित्रमा ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन् । नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र इलाका प्रशासन कार्यालय बोदेबरसाइनबाट तीन ले नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी […]
लिबियाबाट आप्रवासी बोकेर युरोप जाँदै गरेको एउटा डुंगा भूमध्यसागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको शरणार्थी नियोग युएनएचसीआरले ट्युनिसियानजिक समुद्रमा डुंगा दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेका १६ जनाको उद्दार गरिएको छ । समुद्रमा आएको ठूलो छालमा परेर डुंगा दुर्घटना भएको उद्धार गरिएकाहरुले बताएका छन् । यु.एन.एच.सी.आर.ले यो […]
चितवन स् इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा झुण्डिएर आत्महत्या प्रयास गरेका कालिका नगरपालिका १ चितवनका समीर घिसिङको उपचारका क्रममा मृत्यु भएको छ। उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति ११स्३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ। चोरी अभियोगमा पक्राउ परेका समीर गत २६ गत्ते थुनुवाघर भित्रको […]
काठमाडौं। सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरुको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाइएको छ । सभामुख कृष्ण बहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले वैशाख २४ गतेको बैठकमा आक्रोश, कुण्ठा र निम्छरो शब्द प्रयोग गरेका थिए । नयाँ पत्रिका दैनिकबाट।
काठमाडौं । संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो । सांसद दीपकप्रकाश भट्टको […]
काठमाडौं । नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् । कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो […]
सिन्धुलीमाढी । सिन्धुलीको फिक्कल गाउँपालिका-३ मा शिक्षकले विद्यार्थीलाई बाल यौन दुव्र्यवहार गरेको खुलासा भएको छ । फिक्कल सालघारीस्थित मावि रातमाटाका शिक्षक चिरञ्जीवी पहाडीले किशोरीहरु राति घरमा सुतिरहेको अवस्थामा यौन दुव्र्यवहार गर्न खोजेको भन्दै पीडित किशोरीहरुका साथै जिल्ला किशोरी सञ्जाल र बाल सञ्जालले न्याय माग्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् । बाल यौन दुव्र्यवहार […]
सुर्खेत। कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न मुस्किल परेको छ । सामुदायिक विद्यालयले कोटा तोकेरै भर्ना लिँदा कतिपय कमजोर विद्यार्थी पढ्न वञ्चित भएका छन् । सीमित भौतिक भूर्वाधार र जनशक्ति भएका कारण यी विद्यालयले कोटा तोकेर प्रवेश भर्ना लिएका छन् । नगरभित्रका अमज्योति नेवारे, इत्राम र जनमाविमा सबैभन्दा बढी चाप छ । शैक्षिक […]
काठमाडौं ।अभिनयको सिलसिलामा धेरै यात्रा गरेँ मैले । विमानस्थल पानी–पँधेरो हुँदै गयो बिस्तारै । तर, कालान्तरको परिणाम भने सुखद रहेन । म अभिनय गर्ने मान्छे । पाकिस्तानि मूलका परिवारको सांस्कृतिक अपेक्षा वा दिग्भ्रमित एसियाली आप्रवासी जिन्दगी वा निजी विद्यालयको तनाव– किशोर वेलादेखि नै यस्ता नानाभाँती परिवेशमा हुर्किएँ । आम रूपमा एसियालीलाई हेर्ने साँघुरो सोचले होला, […]