Sajhamanch Archive

प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै.

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार बिहान प्रस्थान गर्दै छन् । औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहने छिन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय […]

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए.

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन् । भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत समेत रहेका पौडेल पनि मुछिएका हुन् । सरकारी जग्गा हडप्न खडा […]

भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प.

झापा । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए । यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ । वडा […]

मालपोतको फैसला अदालतले उल्ट्यायोः एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मालपोतको फैसला अदालतले उल्ट्यायोः एक सय ३१ रोपनी सरकारी जग्गा राणा परिवारलाई.

काठमाडौं । भक्तपुर नगरकोटको एक सय ३१ रोपनी सरकारी जग्गा भक्तपुर जिल्ला अदालतको फैसलाले राणाको नाममा दर्ता हुने भएको छ । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले गत फागुन २१ मा मालपोत कार्यालय भक्तपुरको निर्णय बदर गरी सो जग्गा राणा परिवारको नाममा कायम गरिदिएको छ । मालपोत कार्यालयले सरकारका नाममा दर्ता गराएको एक सय ३१ रोपनी जग्गा […]

‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘चकचके’ भन्दै विद्यार्थी निष्कासित, कानुन भन्छः निकाल्न पाइँदैन.

काठमाडौं ।  विद्यालयमा चकचक गरेको आरोपमा भीमसेनगोलास्थित कमल नेत्र छुनामुना माध्यमिक विद्यालयमा अध्ययनरत पासाङ तामाङलाई पढाइबाट वञ्चित गरेको पाइएको छ । नर्सरीमा पढिरहेका उनलाई विद्यालय प्रशासनले कक्षामा धेरै चलेको र हल्ला गरेको बताउँदै पढाउन मानेको छैन । बच्चालाई अनुशासनमा राख्न शिक्षकलाई समेत हम्मेहम्मे परेको र साथीहरूलाई समेत पढ्न नदिएकाले तामाङलाई पढाउन नसकिएको विद्यालयको दाबी छ […]

वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा.

काठमाडौँ । वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गत मंसिरमा गठित उपसमितिद्वारा मंसिरमा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ । उपसमिति संयोजक दीपप्रकाश भट्टबाट प्रतिबेदन बुझ्दै सभापति पवित्रा निरौलाले यसमाथि जेठमा छलफल गरिने बताइन् । ‘समितिमा प्रतिवेदन प्राप्त भयो, छलफलपछि सार्वजनिक गर्नेछौँ,’ उनले भनिन् । २३ अर्ब २० करोड रुपैयाँमा […]

एक लाख ३२ हजार अपराधी जेलबाहिरै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एक लाख ३२ हजार अपराधी जेलबाहिरै.

काठमाडौं।  अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक लाख ३२ हजार अपराधी जेलबाहिरै छन् । ७२ वर्ष पुराना फैसलासमेत कार्यान्वयनमा आएका छैनन् । मुद्दा फैसला गरेपछि दोषीलाई सजाय दिलाउने बाँकी प्रक्रियामा न्यायपालिका स्वयं र कार्यपालिकासमेत उदासीन हुँदा फौजदारी अभियोगका दोषीले उन्मुक्ति पाउँदै आएका छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार एक लाख २९ […]

सभामुखले कानुनविपरीत सुविधा बढाए

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुखले कानुनविपरीत सुविधा बढाए.

काठमाडौं । सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन् । उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नोलगायत उपसभामुख शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहालका स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब स्केलबाहेक अतिरिक्त […]

स्मार्टफोनको प्रयोगले बालबालिकामा मानसिक रोग लाग्न सक्ने

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on स्मार्टफोनको प्रयोगले बालबालिकामा मानसिक रोग लाग्न सक्ने.

काठमाडौं। स्मार्टफोन र ट्याब्लेटहरूको अत्यधिक प्रयोगका कारण बालबालिका मानसिक रूपमा बिरामी भइरहेको विशेषज्ञहरूले चेतावनी दिएका छन् । सान डीएगो स्टेट विश्वविद्यालय र जर्जिया विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा दिनको दुई घन्टाभन्दा बढी स्मार्टफोन चलाउने बच्चालाई सुत्न समस्या हुने र तनावको शिकार हुने पत्ता लागेको छ । स्मार्टफोनको सबभन्दा बढी असर किशोर र १० वर्षभन्दा कम उमेरका […]

२० औं राष्ट्रिय पुरुष खुला कराँते प्रतियोगिता वैशाख २७ र २८ गते

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on २० औं राष्ट्रिय पुरुष खुला कराँते प्रतियोगिता वैशाख २७ र २८ गते.

काठमाडौं। २० औं राष्ट्रिय पुरुष खुला तथा १३ औं राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो संघको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिए । प्रतियोगितामा सातवटै प्रदेशबाट गरी […]