रामेछाप । गाई काटेको आरोपमा रामेछापमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । खाँडादेवी गाउँपालिका-१ चापडीका रामशरण खड्का र २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यससम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि देशभर एकसाथ जागरण अभियान सुरु गर्दै छ । सवै जिल्ला, क्षेत्र, गाउँ र नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ । काठमाडौंमा केन्द्रीय सभापति शेरबहादुर देउवाले एक समारोहबीच जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । अन्य ७६ जिल्लामा पार्टी केन्द्रीय […]
काठमाडौं । ग्वाटेमालाको एक कारागारमा गोली चल्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा दुई कैदीबन्दीबीच झडप भएपछि गोली चलेको हो । घटनामा २० जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा […]
काठमाडौँ । धनुषा, महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी छिन् । उनी घरि घटना सम्झेर झस्किन्छिन्, त घरि त्यत्तिकै यताउति हेरेर टोलाउँछिन्। वैशाख १५ गते दिउँसो स्थानीय राजकुमार साहले बलात्कार गरेपछि उनको यो हालत भएको हो । घटनापछि उनको मनस्थिती असामान्य भएकाले विशेष उपचारका लागि गत शुक्रबार पाटन अस्पताल […]
काठमाडौं। दूषित पानी सेवन गर्दा हुने हैजाका बिरामी राजधानीमा फेला परेका छन् । काठमाडौं महानगरपालिका(१३ का एक बिरामीको दिसा परीक्षण गर्दा हैजाका जीवाणु फेला परेको हो । ४५ वर्षीय ती बिरामीको दिसामा हैजाका जीवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए । झाडापखाला भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]
काठमाडौं । छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका (कामपा)बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ । नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदै छ । यही […]
काठमाडौँ । आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए । प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो । संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो । […]
काठमाडौं ।सरकारले दुई वर्ष्भित्र निरक्षरता उन्मूलन गर्ने घोषणा पटक–पटक गरे पनि एक दशकसम्म देश पूर्ण साक्षर बन्न सकेको छैन । दुई वर्ष्भित्र देशमा निरक्षरता उन्मूलन गर्ने घोषणा पहिलोपटक आर्थिक वर्ष ०६५र६६ मा गरिएको थियो । तर, पहिलो घोषणा असफल भएसँगै थप तीनपटक दुई वर्षकै समयसीमा तोकेर निरक्षरता उन्मूलन गर्ने घोषणा गरे पनि कार्यान्वयन भएन । […]
काठमाडौँ । वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँको खानेतेल भारत निर्यात भएको छ । यहाँबाट भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो । सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगञ्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए । आधा दशकको अन्तरालपछि […]
काठमाडौँ । पति वा पत्नीबीच भएका जुनसुकै कुरा प्रमाणका रूपमा लिन नमिल्ने भएको छ। तर, पति वा पत्नीले स्वीकृति दिएमा भने त्यसलाई प्रकट गर्न वा प्रस्तुत गर्न मिल्नेछ । मूल ऐनको दफा ४१ मा यस्तो प्रावधान राखिएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय संसद् सचिवालयमा दर्ता गरेको प्रमाण ऐन–२०३१ लाई संशोधन गर्न बनेको […]