काठमाडौँ । लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ । चीनको तीब्बतबाट गुणस्तरहीन सामानमा नेपाली ब्राण्ड भन्दै ‘स्टिकर’ टाँसेर खुला रुपमा बिक्रीवितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन । सरकारी निकायले निकायले ध्यान नदिएकै कारण पछिल्लो समयमा नेपाली बजारमा गुणस्तरहीन नक्कली विद्युतीय बस्तुहरुको […]
विराटनगर । प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले […]
काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा आइतवार तालिबान लडाकूहरूले प्रहरी मुख्यालयमा आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । एक आत्मघाती आक्रमणकारीले हम्भी गाडीमा विस्फोटक भरेर पुल–ए–खुम्री नामक स्थानमा आक्रमण गरेका थिए । बन्दूकधारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो । देशको सरकारले प्रस्ताव गरेको युद्धविरामलाई तालिबानले अस्वीकार गरेको केही दिनपछि […]
काठमाडौं । समाजवादी पार्टी नेपालले जम्बो पदाधिकारी बनाएको छ । सोमवार काठमाडौंमा नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको एकता घोषणा गर्दै पदाधिकारी सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पदाधिकारीको नाम घोषणा गरेका हुन् । पार्टीको वरिष्ठ नेतामा अशोककुमार राई र सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठलाई घोषणा गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा […]
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएकी छन्। बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधासम्पन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिइन्। राष्ट्रपतिले भनिन्, अभिभावक र विद्यार्थीबीचको सम्बन्धबाट नै असल शिक्षा आर्जन गर्ने वातावरण मिल्छ, गुणस्तरमैत्री […]
मोरङ। प्रदेश एकको राजधानी बिराटनगरलाई पूर्ण राजधानी तोकिनुपर्ने मागसहित बिराटनगरबासीले प्रदर्शनी गरेका छन्। सोमबार बिहानैबाट बन्दका क्रममा यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना ठप्प रहेको छ। यसैक्रममा विराटनगर महानगरपालिका-३ कन्चनबारी चौकमा मुख्यमन्त्री कार्यालयको बा २ ब ३५७४ नम्बरको मोटरसाइकल तोडफोड गरिएको छ। कन्चनबारी चौकबाट विराटनगरको रोडशेषस्थित कार्यालयतर्फ जादैं गरेको मोटरसाइकल आन्दोलनकारीले रोकेर तोडफोड गरेका हुन्। प्रहरीले […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका छन्। सरकारले पेश गरेको नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै नेकपा सांसद समेत रहेका पौडेलले सजाय भोग्न तयार रहेको बताएका हुन्। ‘ललिता निवासको सरकारी जग्गा प्रकरणमा मेरो, शेरबहादुर देउवा, माधव […]
एजेन्सी । आन्द्र प्रदेशको अनन्तपुर जिल्लामा भोकमरी र कुपोषणका कारण एक बालक र एक बालिकाको मृत्यु भएको छ । दैनिक ज्याला मजदुरी गर्दै आएका एक दम्पतीले छोडेर बेसाहारा भएका ३ वर्षीय सन्तोष र उनकी २ वर्षीया बहिनी वेन्नेलाको मृत्यु भएको हो । रिपोर्टको अनुसार सानीआमा नागमणिसँग कादीरी मन्डल भन्ने ठाउँको कुमारवन्दलपल्ले गाउँमा बस्दै आएकी बालिका […]
मनिला। फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५।८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पको कम्पन वरपरको कैयौं शहरहरुमा महसुस गरिएको छ । यस […]
काठमाडौं । महाभारतका अनुसार जुन घरमा महिलाको उचित सम्मान हुदैन त्यस घरमा कहिले पनि सुख शान्तिको वातावारण छाउदैन। घरमा सुख शान्ति र बैभव प्राप्त गर्नका लागि महिलाको उचित सम्मान गर्नु आवश्यक छ। हिन्दु धर्म शास्त्रका अनुसार महिलालाई घरकी लक्ष्मीको रुपमा मान्ने गरिन्छ। त्यसकारण मान्यता अनुसार रातको समयमा महिलाले भुलेर पनि यी र यस्ता काम्म्हारू गर्नुलाई अशुभ […]