Sajhamanch Archive

के यो वर्ष दशैंमा टिका नथाप्नु !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on के यो वर्ष दशैंमा टिका नथाप्नु !.

विर्तामोड ।  नेपालीहरुको महानचाड बडादशैं संघारमा नै आइसकेको छ । अघिल्ला वर्षहरुमा यो समयमा गाउँ शहर सबैतिर दशैँको रमझम शुरु भइसक्थ्यो । गाउँघरमा पिङ हाल्नेदेखि घर सरसफाई गर्ने, डेकोरेशन गर्ने, किनमेल लगायतका काममा सबै व्यस्त हुने गर्थे । व्यापार व्यवसायका शिलसिलामा टाढा पुगेका छोराछोरी अनि आफन्तहरु दशैँ मान्न गाउँघर फर्किसक्थे भने कोही फर्कने क्रममा हुन्थे […]

पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन.

काठमान्डौं । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले अधिकतम १ हजार शुल्क लिन पाउने निर्णय गरेको हो ।सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मुक्तानको इजलासले […]

इटालीको झल्को : कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on इटालीको झल्को : कोरोनाले एकै परिवारका ३ जनाको मृत्यु.

काठमान्डौं । छोराहरुले दुईसाता अघि बिरामी भएका सय वर्षीय बाबुलाई अस्पताल भर्ना गरे। बाबुको उपचार हुँदै गर्दा चारै जना छोराहरू तथा परिवारका अन्य सदस्यलाई क्रमश कोभिड १९ देखियो । यत्तिकैमा कोरोना संक्रमणकै कारण एक साताको अन्तरमा बाबु र २ छोराहरूसहित ३ जनाको मृत्यु भयो । यो दर्दनाक घटना हो, तनहुँ भिमादको । एकताका इटालीमा हुने […]

कोरोना संक्रमणबाट मोरङमा तीन जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट मोरङमा तीन जनाको मृत्यु.

विराटनगर । मोरङमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका […]

झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुरी

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on झुठो बयान दिएपछि छिमेकी विरुद्ध रियाको उजुरी.

ड्रग्सको मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्नो छिमेकी विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको आरोप रियाको छ । रियाले सीवीआइको नाममा लेखेको पत्रमा आफ्नी छिमेकी डिम्पलले मिडियामा सुशान्त र आफ्नो बारेमा झुटो बयान दिएको उल्लेख गरेकी […]

भारतसँगको सीमाबाट हुने आवतजावत कात्तिक मसान्तसम्म रोक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतसँगको सीमाबाट हुने आवतजावत कात्तिक मसान्तसम्म रोक.

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको परराष्ट्र«मन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले भारतसँगको नाकामा कडाइको अवस्था […]

नहरमा डुबेर एकको मृत्यु

Published: in समाज by . Leave a Comment on नहरमा डुबेर एकको मृत्यु.

सिरहा । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ । घर नजिकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए । खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ । […]

सुनसरीमा ट्रक पल्टिँदा एकजनाको मृत्यु, एकजना घाइते

Published: in समाज by . Leave a Comment on सुनसरीमा ट्रक पल्टिँदा एकजनाको मृत्यु, एकजना घाइते.

काठमाडौं । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-१ खोनिया पुलस्थित सडकमा ट्रक पल्टिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आइतबार राति ना.५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा पहिचान खुल्न नसकेकी ट्रकमा सवार करिब ३८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ट्रक चालक सुनसरी लालपुर-४ बस्ने […]

सरगम संगितालयद्धारा कलाकार कल्यणकारी कोष समिति गठन

Published: in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय, समाज by . Leave a Comment on सरगम संगितालयद्धारा कलाकार कल्यणकारी कोष समिति गठन.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगितालयले कलाकार कल्यणकारी कोषको समिति गठन गरेको छ । सरगम संगीतलयको हल भित्र एक कार्यक्रमको आयोजना गरी समिति गठन गरिएको हो ।  कलाकार कल्यणकारी कोषको समितिमा सरगम प्रशिक्षण अध्यक्ष दीपक रायमाझी ,उपाध्यक्ष मनी बर्देवा, सचिव मदन चुडाल, उपसचिव राम चन्द्र नेपाल,कोषाध्यक्ष श्रद्धा प्रसाईं रहेको छ्न भने सदस्य तर्फ हर्क […]

ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ग्यासको नयाँ सिलिन्डर किन्दा अनिवार्य रसिद लिनुपर्ने.

काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ । नयाँ सिलिन्डरको […]