काठमाडौँ । अहिले मोबाइलको ब्यालेन्सबाट आफ्नो सेवा प्रदायकले दिने विभिन्न डाटा प्याकेज मात्रै किन्न मिल्छ । अबको केही महिनामा भने मोबाइलका प्रयोगकर्ताले आफ्नो ब्यालेन्सबाटै पसलमा सामान खरिद गरेर पैसा तिर्न, विद्युत् महसुलसहित विभिन्न सेवाको शुल्क तिर्न सक्नेछन् । मोबाइलको ब्यालेन्सबाट सामान खरिदबाट रकम तिर्न सकिने सेवा नेपाल टेलिकमले सञ्चालन गर्ने भएको छ । यस्तो सेवा […]
जाजरकोट।नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका ७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका ४ त्रिवेणीमा बिक्री गरेका हुन् । जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । ‘तुल्सीपुरबाट […]
काठमाडौँ । धोबीखोलावरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो । नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो । निलो पुल (गोपिकृष्ण हल)अगाडिको सरकारी जमिन नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम […]
काठमाडौं । २५ अर्ब २० करोड रुपैयाँ खर्च भइसक्दा पनि मेलम्चीको पानी काठमाडौं कहिले आउने अझै पक्का भएको छैन । मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्ने भन्दै आयोजना प्रमुखलगायतका व्यक्तिहरुको मिलेमतोमा चरम लुट मच्चाइएको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७५ ले ठहर गरेको छ । करोडौँ बिलको भुक्तानी विना प्रमाण गरेको देखिएको छ भने कयौँ शीर्षकमा गरिएको भुक्तानीमा […]
काठमाडौं । नेपाल र भियतनाम वीच हवाई सम्झौता हुने भएको छ । भियतनामबाट सोझै भैरहवाको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान गर्न नेपालले तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता गर्ने भियतनाम भ्रमणका क्रममा यस्तो सम्झौता गर्ने तयारी गरिएको हो । ‘प्रधानमन्त्रीज्यूको भ्रमणका क्रममा हवाई सहित केही महत्वर्पूण सम्झौता हुँदैछ, हवाई सम्झौतासँगै त्यहाँका […]
बाह्रबिसे । तातोपानी नाका खुलाउन अरनिको राजमार्गको मर्मत तीव्र पारिएको छ । वर्षा सुरु हुनुअघि नै निर्माण र मर्मत सक्न राजमार्गको वनदेउदेखि भोटेकोसी गाउँपालिकाको सीमा क्षेत्रसम्म ३५ किलोमिटर सडक मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालय चरिकोटले ५ प्याकेजमा ३ महिनाभित्र सक्न टेन्डर गरेर सडक मर्मतलाई तीव्रता दिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए । उनका […]
धादिङ। धादिङको धुनिवेशी नगरपालिका–८ खहरेखोला पुल नजिकै बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ३२४० नम्बरको बस नियन्त्रण गुमाएर पल्टिएको हो । घाइतेमध्ये सर्लाहीको इश्वरपुर नगरपालिका–४ का १९ वर्षीय सुजन माझी र सिन्धुलीको मरिण गाउँपालिका–४ का २६ वर्षीय राजमान बमजनको अवस्था गम्भीर रहेको छ ।घाइतेहरुलाई उपचारको लागि अस्पताल […]
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा विद्युत सट भएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुने २२ वर्षिय भुपाल विक रहेको संखुवासभा प्रहरीले जनाएको छ। विद्युत सट भएर तारा वि।क भगवती वि।क र मञ्जु वि।कसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए। विद्युत सट हुदाँ करेन्ट गाँउभरी फैलिएको थियो। घाइतेहरुको जिल्ला […]
काठमाडौँ । नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेकोे हो । पछिल्लो समय सडकको विस्तार भई गाउँगाउँमा यातायातको पहुँच पुगेको, सवारी साधनको सङ्ख्या पनि वृद्धि भइरहेको र पेट्रोलियम पदार्थ विक्रीमा प्रतिस्पर्धा बढाउन नयाँ आवेदन खोलिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले […]
काठमाडौं । खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले १५ वर्षअघिदेखि रकम असुल्दै आएका छन् । महानगरपालिकाका अनुसार रकम असुल्ने धन्दामा मनोज भेटवालका दाइ […]