Sajhamanch Archive

उपचार खर्च तिर्न नसक्दा १५ दिनदेखि अस्पतालमा बन्धक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उपचार खर्च तिर्न नसक्दा १५ दिनदेखि अस्पतालमा बन्धक.

लाप्लेजुङ । संविधानले मौलिक हकअन्तर्गत नागरिकको स्वास्थ्या उपचारको हक ग्यारेन्टी गरेको छ । यसको अर्थ नागरिकको स्थास्थ्योपचारमा सरकारको दायित्व हुन्छ भन्ने हो । तर ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिका २ थेचम्बुका १७ वर्षीय सन्देश लिम्बू आफ्नो उपचारका क्रममा लागेको पैसा बुझाउन नसक्दा स्वस्थ भए पनि घर जान पाएका छैनन् । २०७५ मंसिर २६ गते झापाको बिर्तामोडस्थित […]

काठमाडौँका १८६ स्थानमा नाइटभिजन सिसिक्यामेरा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँका १८६ स्थानमा नाइटभिजन सिसिक्यामेरा.

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले १८६ स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाको सहयोगमा परिसरले नगरक्षेत्रका मुख्य चोक, करिडोर तथा अपराधिक र दुर्घटना जोखिमयुक्त स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको हो । क्यामेरा जडानका लागि महानगरले प्रहरीलाई तीन करोड रुपैयाँ १५ फागुनमै हस्तान्तरण गरिसकेको छ । प्रहरी र महानगरका प्रतिनिधि सम्मिलित योजना कार्यान्वयनका […]

आठ जिल्लाको क्रसर उद्योगमा अख्तियारको चासो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आठ जिल्लाको क्रसर उद्योगमा अख्तियारको चासो.

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी काठमाडौं उपत्यकासहित आठ जिल्लाको क्रसर र बालुवा धुने ‘वाश’ उद्योगप्रति विशेष चासो लिँदै तत्काल अनुगमन गरी त्यसको रिपोर्ट दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । ती उद्योगीहरुले कानुनविपरीत काम गरेर करसमेत छली गरेको बारम्बार उजुरी परेपछि अख्तियारले मन्त्रालयलाई नै आफ्नो जनशक्ति खटाएर अनुसन्धान गरेर प्रतिवेदन […]

नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने.

नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि […]

हर्रोको अनेकौँ फाइदा

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, समाज, स्वास्थ्य by . Leave a Comment on हर्रोको अनेकौँ फाइदा.

हर्रो कमलपित्तका रोगीका लागि फाइदाजनक मानिन्छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ । हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको हुन्छ । यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ । नियमित हर्रो खाएमा पेट सफा […]

मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता नहुने :मन्त्री ढकाल

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता नहुने :मन्त्री ढकाल.

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता नहुने जिकिर बताएका छन् । कानुन न्याय तथा मानव अधिकार समितिको आज सिंहदरवारमा बसेको बैठकमा उहांले संंसदमा पुगिसकेको विधेयक फिर्ता नहुने स्पष्ट पारे । मन्त्री ढकालले ऐनका केही प्रावधानमा समस्या भए छलफल गरि निकास निकाल्न भने सरकार तयार रहेको बताए । […]

देउवा दोषी देखिए उनीमाथि पनि कारबाही हुनुपर्ने : प्रकाशमान सिंह

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देउवा दोषी देखिए उनीमाथि पनि कारबाही हुनुपर्ने : प्रकाशमान सिंह.

संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवा दोषी देखिए उनीमाथि पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रेस युनियन संखुवासभाले मंगलबार संखुवासभामा गरेको पत्रकार भेटघाटमा उनले बालुवाटारको सरकारी जग्गा कब्जा र खरिद–बिक्री प्रकरणमा कांग्रेस वा जुनसुकै पार्टीका नेताको संलग्नता देखिएपनि निष्पक्ष ढंगबाट छानबिन गरी कारबाही हुनुपर्ने बताए । नेता […]

लम्की बजार तनावग्रस्त:प्रहरीद्धारा अश्रुग्यास

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लम्की बजार तनावग्रस्त:प्रहरीद्धारा अश्रुग्यास.

कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की बजारमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि तनाव बढेको छ। ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत १९ वर्षीया सुनिता रावलको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले गरेको प्रदर्शनले उग्ररुप लिएको हो । प्रदर्शन उग्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी प्रहार गरेकोछ । अवस्था नियन्त्रण […]

विप्लव नेतृत्वको इञ्चार्ज सहित १० जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव नेतृत्वको इञ्चार्ज सहित १० जना पक्राउ.

बाजुरा। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन्। विकलाई बुढीगंगा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो। प्रक्राउ पर्नेमा बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विक,सचिव भरत थापा, महिला संघ क्रान्तिकारीका […]

लागू औषधसहित प्रहरीद्धारा दुई युवक पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on लागू औषधसहित प्रहरीद्धारा दुई युवक पक्राउ.

लहान। प्रतिबन्धित लागूऔषधसहित मंगलवार बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागूऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैको साथबाट फेनारगन २०१ एम्पुल, डाइजेल्याप […]