काठमाडौँ । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ । राजमार्ग बन्द गरेर प्रदर्शनमा उत्रेका मृतकका आफन्त र प्रहरीबीच झडप हुँदा सात प्रहरी र एक शिक्षक घाइते भएका छन् । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । लम्कीचुहा नगरपालिका ३ मा ना ७ ख ९२३३ […]
गुल्मी । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले फौजदारी कसुरमा आरोपित यातना दिएर अनुसन्धान नहुने बताएका छन्। मंगलबार जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नवनिर्मित भवनको उदघाटन गर्दै महान्यायाधिवक्ता खरेलले आरोपितलाई बल प्रयोग गरेर वा यातना दिएर अनुसन्धान हुन नसक्ने भन्दै यातना दिएर बयान लिने समयको अन्त्य भएको बताएका छन्। पहिलेपहिले यातना दिने, हतकडी लगाउने र बलपूर्वक वयान लिने […]
ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–३ नयाँगाउँमा हिजो साँझ बा ५ च ५६९६ नम्बरको जिप दुर्घटना हुँदा महोत्तरीको बर्दिवासका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षीया सुनिता लोप्चन र सरिता मोक्तानको मृत्यु भएको हो । विशालको घटनास्थलमै तथा सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पतालमा […]
चितवन । गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ भंगाहामा गैंडाले आक्रमण गर्दा ४६ वर्षीय खगेन्द्रकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति गैँडाले आक्रमण गरेको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज मृत्यु भएको प्रहरीले […]
स्पेन । नेपालसँग मिल्दो हावापानी र लचिलो कानूनी व्यवस्था भएकाले स्पेन भित्रिने नेपालीहरुको संख्या हरेक वर्ष बढ्दो छ । आसपासका यूरोपेली मुलुकको तुलनामा तलब भत्ता तथा कागजात बनाउन सजिलो भएपछि स्पेन नेपालीको रोजाईमा पर्न थालेको हो । बेलायत, ग्रिस, पोल्यान्ड, माल्टा, टर्की लगायतका मुलुकबाट यहाँ भित्रिने नेपालीको सख्या हरेक वर्ष बढिरहेको म्याड्रिडस्थित नेपाली दूतावासले जनाएको […]
काठमाडौँ । जापान सरकारले रोजगारका लागि किटान गरेका १४ वटा क्षेत्रमध्ये नेपालले तत्काल पठाउन सक्ने श्रमिकको सीपयुक्त क्षेत्रको श्रमिक जनशक्ति विवरण माग गरेको छ । नेपाल र जापान सरकारबीच गएको चैत ११ गते सम्पन्न भएको श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ पछि श्रमिक अध्ययन गर्न बनेको जापानको प्राविधिक टोलीले नेपालबाट पठाउन सकिने सीपयुक्त जनशक्तिको विवरण माग गरेको […]
काठमाडौँ । बालुवाटारको जग्गा प्रकरणमा गैरआवासीय नेपाली संघ (एनआरएन) को समेत संलग्नता भेटिएको छ । सरकारी जग्गा विवादास्पद ढंगले व्यक्तिका नाममा दर्ता भएको थाहा पाउँदापाउँदै पनि एनआरएनका केही पदाधिकारीले जबर्जस्ती खरिद गरेको भेटिएको हो । ‘गैरआवासीय नेपाली संघका पदाधिकारीले जग्गा खरिदका लागि छलफल र गृहकार्य गरेको थाहा पाउनासाथ हामीले यो सरकारी जग्गा हो, नकिन्नुहोस्, पछि […]
काठमाडौँ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् । नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्याउन सांसदहरुले ‘लबिइङ’ सुरु गरेका हुन् । बजेट अधिवेश सुरु भएको दिन सोमबार नेकपाका सांसदहरुले बजेट […]
काठमाडौंँ । नेपाल र चीनबीच यातायात तथा परवाहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत सातवटा सम्झौतामा हस्ताक्षर भएको छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ यातायात मन्त्री ली सियाओफङले ती सम्झौताहरूमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यातायात तथा पारवाहन प्रोटोकलमा […]
काठमाडौं ।राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले बताए । सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् । एउटा मेसिनबाट चार–पाँचवटा अप्रेसन […]