काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट कच्चा तेल आयात गर्ने विषयमा कुनै पनि मुलुकलाई छुट नदिने फैसला गरिसकेका छन् । अमेरिकाको यो फैसलाले सर्वाधिक असर भारत र चीनलाई पर्ने देखिएको छ । यसले भारको कच्चा तेलको लागत ३ देखि ५ प्रतिशत बढ्ने आकलन गरिएको छ । यसले महँगी बढ्ने र रुपैयाँको मूल्यमा गिरावट आउनेछ । […]
ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको टुक्रेबाट हु्लाकमार्फत प्रेषित पत्र करिब पाँच सय मिटर टाढाको पुरानो कोप्चे क्षेत्रमा आइपुग्न साढे छ महिना लागेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई, अलैंची जोन ताप्लेजुङले कार्यालय स्थापना गरेको जानकारी दिन २०७५ असोज २१ गते पत्रकार महासंघ ताप्लेजुङ शाखालाई प्रेषित गरेको पत्र २०७६ वैशाख ८ गते महासंघको सम्पर्क कार्यालय […]
काँकरभिट्टा । मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली ९दर्जी० को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबीन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो । एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ […]
काठमाडौं।११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताबीच सैद्धान्तिक समहति भएको छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच सैद्धान्तिक समहति भएको हो । ‘उहाँहरुले शुक्रबार र शनिबार केही गृहकार्य गर्नुभएको छ, औपचारिक छलफल गर्न बाँकी छ,’ […]
काठमाडौं । संघीय संसद्को बैठक नबसेको बेलामा केही समिति दातृ संस्था संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को पैसामा घुमेका घुम्यै छन् । प्रतिनिधिसभाअन्तर्गतका ७ वटा र राष्ट्रियसभाअन्तर्गतको एउटा समिति यूएनडीपीको सहयोगमा घुम्दै गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद झपटबहादुर रावलले आरोप लगाएका छन् । ‘मलाई प्रस्ट रुपमा थाहा छ, ती समितिहरु यूएनडीपीबाट परिचालित छन्, […]
वीरगन्ज। तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’कै कारण ‘काल’ बनेको छ । यस्तै खाले दुखद घटनको पछिल्लो उदाहरण बनेकी छन्, वीरगञ्ज महानगरपालिका, २३ प्रसौनी बिर्ताकी २८ वर्षीय अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव […]
काठमाडौं।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो । तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको छ । इन्धनको मूल्य समायोजन नगर्दा निगम दुई महिनायता ‘आकर्षक’ नाफामा छ । निगमले माघ १९ […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् । शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताएका हुन् । ‘तपाईंहरु कसैले माग गर्नुभएको थिएन गण्डकमा पानीजहाज चलाउनुपर्छ भनेर मैले भन्या हो । गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ,’ ओलीले भने […]
एजेन्सी । इजरायली वैज्ञानिकहरुले हालै मात्र त्रिआयामिक थ्रीडी प्रिन्टिङ प्रविधिको मद्दतबाट कोशिका र धमनीसहितको मुटु निर्माण गर्न सफलता हासिल गरेका छन् । चिकित्सा विज्ञान क्षेत्रमा यसलाई एक महत्वपूर्ण खोजका रुपमा लिएको छ किनभने यसअघि वैज्ञानिकहरुले मानव शरीरको कोषहरु मात्र बनाएका थिए । यसमा धमनी राख्न सकेका थिएनन् । यसको खास विशेषता भनेको यसलाई मानव कोशिकाहरुबाट […]
काठमाडौं । अदालतकै आदेशमा सयौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएका छन् । सार्वजनिक जग्गा दाबी गर्दै दायर गरिएका पाँच सयभन्दा धेरै मुद्दा अहिले पनि विभिन्न अदालतमा छन् । महान्यायाधिवक्ता कार्यालयका अनुसार सर्वोच्च अदालतमा मात्र सार्वजनिक जग्गासम्बन्धी चार सय मुद्दा छन् । सर्वोच्चबाहेक जिल्ला र उच्च अदालतमा करिब डेढ सय मुद्दा रहेको सहन्यायाधिवक्ता उद्धवप्रसाद […]