Sajhamanch Archive

खानेपानी र ढल निकास बजेटमा ब्रह्मलुट

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खानेपानी र ढल निकास बजेटमा ब्रह्मलुट.

काठमाडौं । खानेपानी तथा ढल निकास विभागअन्तर्गत विभिन्न जिल्लास्थित डिभिजन कार्यालयमार्फत विनियोजित बजेटमाथि अनियमितता भएको पाइएको छ । आफ्नो ५६ औँ वार्षिक प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले यस्तो औंल्याएको हो । विभागअन्तर्गतको विनियोजित बजेटको काम गर्न विभिन्न जिल्लामा उपभोक्ता समिति गठन भएको थियो । केही उपभोक्ता समितिले डोर हाजिर फारम तथा आपूर्तिकर्ताको बिल पेस गर्ने र […]

संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता.

काठमाडौं ।संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले २०७४र७५ को प्रतिवेदनमा संसदका महासचिव र कर्मचारीले २०७४ माघदेखि असार मसान्तसम्म गैरकानुनी रूपमा उक्त प्रोत्साहन भत्ता बुझेको उल्लेख गरेको छ । कार्यालयले अर्थ मन्त्रालयको स्वीकृतिबिनै गैरकानुनी रूपमा संघीय संसद्‌मा वितरण गरिएको […]

बिबाहको पाचौ एनिभर्सरीकै दिन आर्यन बाबु बने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on बिबाहको पाचौ एनिभर्सरीकै दिन आर्यन बाबु बने.

नायक आर्यन सिग्देल पिता बनेका छन् । आर्यन छोराको पिता बनेका हुन् । शुक्रबार उनकी श्रीमति सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ । बिबाहको पाचौ एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला बैशाख ६ गते नै उनीहरु बैबाहिक जीवनमा […]

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत्: सशस्त्र प्रहरीको दोहोरो जित

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत्: सशस्त्र प्रहरीको दोहोरो जित.

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् भलिबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले दोहोरो जित निकालेको छ । शुक्रबार बाँकेको खजुरामा भएको महिलातर्फको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई २५–४, २५–९ र २५–१० को सोझो सेटमा पराजित गर्‍यो । शुक्रबारै भएको अर्को खेलमा प्रदेश नम्बर–३ ले प्रदेश नम्बर–२ माथि २५–९, २५–७ र २५–१३ को जित निकाल्यो । प्रदेश–३ […]

ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेका हून : देउवा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेका हून : देउवा.

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले मुक्ति चाहेको बताएका छन् । नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दैै देउवाले ओली सरकारबाट जनता प्रताडित भएकाले मुक्ति चाहेको बताए । वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै उनले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन […]

नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली ज्वाइँले अमेरिका लैजाने भन्दै ४२ लाख ठगे.

काठमाडौँ । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले चार दिनअघि उनलाई ललितपुरस्थित पुल्चोकबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई तीन महिनाको प्रयासपछि पक्राउ गरिएको हो । उनले काठमाडौँकी १२ कक्षामा अध्ययनरत […]

रोक्का भएन बालुवाटारको जग्गा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रोक्का भएन बालुवाटारको जग्गा.

काठमाडौँ ।  बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुन कुन कित्ता रोक्का राख्ने यकिन गर्न नसकिएको भन्दै उक्त कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिने जनाएको हो । मन्त्रिपरिषद्ले फागुन २८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित छानबिन […]

बोर्डिङ स्कुल सरकारीमा गाभियो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोर्डिङ स्कुल सरकारीमा गाभियो.

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ । गाउँपालिकाले आफ्नो क्षेत्रधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो । निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो । यो निर्णयबाट अभिभावक खुसी भएका छन् । नागरिक दैनिकबाट ।

समायोजन बेथितिः पहुँचवालाका आफन्त नियमविपरित सरुवा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on समायोजन बेथितिः पहुँचवालाका आफन्त नियमविपरित सरुवा.

काठमाडौँ ।  नेपाल सकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् । प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरुले समायोजनसम्बन्धी ऐनविपरित संघअन्तर्गतका कार्यालयमा काज सरुवा गराएका हुन् ।कान्तिपुर दैनिकबाट।

प्रशासन परिसर भारतीय मोटरसाइकलले भरियो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रशासन परिसर भारतीय मोटरसाइकलले भरियो.

विराटनगर । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको उत्तिकै भीड बढेको छ । मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ । थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिए । ओलीले इलाका […]