काठमाडौं । प्राचीन मिथिलाको राजधानी जनकपुर क्षेत्रका १० हजार बिघा गुठी जग्गा अतिक्रमणमा परेको छ । अतिक्रमित ९६ बिघा १८ कठ्ठा जग्गामा साढे पाँच सय घर बनेका छन् । अन्य जग्गा व्यक्तिले प्रयोग गरिरहेका छन् । गुठी जग्गा २०३६ सालपछिका हरेक राजनीतिक परिवर्तनपछि अतिक्रमणमा पर्दै आएको छ । अतिक्रमण गर्नेमाथि कसैलाई कारबाही भएको छैन । […]
धनकुटा । वर्षासँगै परेको चट्याङ लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब साढे १२ बजे चट्याङ लाग्दा साँगुरीगढी गाउँपालिका–५ निगालेका ३४ वर्षीय लालमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोबाइल चार्जमा राखेर सुतेका तामाङको वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान […]
भारतका ८ राज्यमा आएको हावाहुरी र असिनाले ३५ जनाको मृत्यु भएको छ। मंगलबार राति आएको हावाहुरीले विभिन्न राज्यमा ३५ जनाको मृत्यु, ४० भन्दा बढी घाइते र अर्बौंको धनमाल क्षति भएको विभिन्न संचारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै बताएका छन्। आँधी तुफानसँगै ठूलो वर्षा र असिना परेकाले उद्दारमा समस्या भएको सरकारी अधिकारीले जनाएका छन्। राजस्थान प्रदेशमा ११ […]
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । विभागको अनुसार बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुनेछ । बुधबार […]
काठमाडौँ ।संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँचजना न्यायाधीशसहित निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित दिनेशुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको संसदीय सुनुवाइ प्रक्रिया एकैपटक अगाडि बढाएको छ । समितिले मङ्गलबार सबै प्रस्तावित पदाधिकारीविरुद्ध प्राप्त उजुरी सार्वजनिक समेत गरेको छ । समितिले प्रस्तावित पदाधिकारीविरुद्ध उजुरी माग गरे पनि एक उजुरीकर्ताले भने न्याय […]
ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवसबाट ‘पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान (हिपतम)सुरु गर्ने भएको छ । सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म एक महिना सञ्चालन […]
काठमाडौँ । सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो । चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । […]
काठमाडौँ । साउदी अरबस्थित तीन कम्पनी टाट पल्टँदा झन्डै १५ हजार नेपालीको रोजगारी गुमेको छ । कम्तीमा तीन हजार नेपाली स्वदेश फर्कन नपाएर अलपत्र परेका छन् । उनीहरुको समस्या दिन प्रतिदिन चुलिँदै छ । साउदीको अजमिल कन्स्ट्रक्टिङ कप्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको […]
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रका रुपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रुपन्देहीको देवदह मेटिकल कलेजले सरकारले तोकेभन्दा लाखौँ बढी असुल्दै आएका हुन् । उक्त शुल्कसहित अतिरिक्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज […]
काठमाडौँ। पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह)अन्तरिक्षमा पठाउन लागिएको हो । नेपाली नानो स्याटलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर भएको यसको तौल १.३ […]