Sajhamanch Archive

अब सार्वजनिक यातायातमा स्मार्ट कार्ड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अब सार्वजनिक यातायातमा स्मार्ट कार्ड.

काठमाडौं । उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ । काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ । २४ चैतमा महानगरले पारित गरेको सवारी तथा यातायात व्यवस्थापन ऐनमा महानगर क्षेत्रभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीमा कागजी र विद्युतीय यात्रु टिकट अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्था […]

दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु.

झापा।  दुई वटा मोटरसाइकल एक आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ, भने दुई घाइते भएका छन्। मृत्यु हुनेमा कमल गाउँपालिका ६ बस्ने २१ वर्षीय प्रवीण राजवंशी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि दमक लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। प्रहरीका […]

एककिलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एककिलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार.

आइतबार एक किलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार भएका छन् । रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमास्तम्भ नजिकैबाट पक्राउ गरिएको जनाइएको छ । स्कुटरमा सवार उनलाई भारततर्फ जाँदै गरेको अवस्थामा रोकेर चेकजाँच गर्दा उनको साथबाट सुन बरामद भएको जनाइएको छ । […]

विद्यार्थी भर्ना अभियान आजदेखि सुरु हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विद्यार्थी भर्ना अभियान आजदेखि सुरु हुँदै.

काठमाण्डौ।आजदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो । अभियान अन्तर्गत आजदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार […]

संसद्को खर्चः टेन्डर नै नगरी भयो तीन करोड खर्च

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संसद्को खर्चः टेन्डर नै नगरी भयो तीन करोड खर्च.

काठमाडौँ । संघीय संसद्को सचिवालयले गत एक वर्षमा सार्वजनिक खरिद ऐनविपरीत बोलपत्र आह्वान नगरी दुई करोड ९७ लाख खर्च गरेको भन्दै महालेखापरीक्षकको कार्यालयले सचेत गराएको छ । यस वर्ष सचिवालयको सात करोड ४० लाख ९० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि टेन्डरविना नै गरिएको खर्चबारे अनुसन्धान गरिरहेको छ […]

वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको शव ढुवानीमै १ करोड २१ लाख खर्च

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारको शव ढुवानीमै १ करोड २१ लाख खर्च.

काठमाडौं । यो चालू आर्थिक वर्षको सुरु ८ महिनाको अवधिमा सरकारले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका कामदारकोे शव ढुवानी गर्न करिब १ करोड २१ लाख रुपियाँ खर्चेको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार ५ सय १९ मृतक कामदारको शव ढुवानी गर्न उक्त रकम खर्च भएको हो । साउनदेखि फागुनको दोस्रो सातासम्मको अवधिमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय […]

लाइसेन्स फेल चिकित्सक राष्ट्रपतिद्वारा विभूषित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लाइसेन्स फेल चिकित्सक राष्ट्रपतिद्वारा विभूषित.

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा पटकपटक अनुतीर्ण व्यक्ति चिकित्सकको रुपमा आइतबार राष्ट्रपतिद्वारा बिभूषित भएको पाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (निलकण्ठ नगरपालकिा–३ शान्त बजार धादिङ) मा कार्यरत राम थापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)पदकबाट विभूषित भएको फेला परेको हो । मेडिकल काउन्सिलले लिने काउन्सिलको दर्ता प्रमाणपत्र ९लाइसेन्स० परीक्षा उतीर्ण नगरी […]

केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरे

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on केन्द्रले पठाएको कर्मचारी स्थानीय तहले फिर्ता गरे.

काठमाडौँ । संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन् । आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता पठाएका हुन् । कर्मचारी फिर्ता पठाउने स्थानीय तहमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका छन् । स्थानीय मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले मन्त्रालयले समायोजन गरी […]

बेंग्लोरका कप्तान विराट कोहली परे कारबाहीमा

Published: in खेलकुद, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बेंग्लोरका कप्तान विराट कोहली परे कारबाहीमा.

काठमाडौँ ।रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहली कारबाहीमा परेका छन् । आईपीएलमा लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखलामा अन्त्य गरेको थियो । तर उक्त खेलमा जित हात पारे पनि कप्तान कोहलीले भने कारबाहीमा भोग्नु परेको छ । लगातार ६ खेलमा पराजय भोगेको बेंग्लोरले शनिबार […]

आक्रामक अख्तियारः भ्रष्टाचारको आरोपमा को–को परे ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आक्रामक अख्तियारः भ्रष्टाचारको आरोपमा को–को परे ?.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो । तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए । यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो । लोकमानसिंह कार्की प्रवृत्तिबाट जनविश्वास गुमाएको अख्तियारमा घिमिरे प्रमुख आयुक्त भएसँगै आशाको सञ्चार भएको थियो । ठीक त्यति बेलै आयुक्त पाठकले घुस लिएको […]