काठमाडौं । आफूहरूलाई संघअन्तर्गत राख्न माग गर्दै आन्दोलनमा रहेका सरकारी चिकित्सकहरूले शुक्रबार पनि त्रिपालमुनि बसेर बिरामीलाई सेवा दिने भएका छन्। समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै यसअघि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेका चिकित्सकहरुले बिरामी मर्कामा परेको भन्दै अस्पताल बाहिरका खाली ठाउँमा त्रिपाल टाँगेर उपचार सेवा सुरु गरेका थिए। यो सेवा आज पनि जारी रहने सरकारी चिकित्सक संघ […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेको अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्यले बताए । ‘हामीले छिटोभन्दा छिटो मिति घोषणा गरेर […]
काठमाडौँ । हङकङबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको एयरबस ३२० (नेपाली नाम सगरमाथा)विमानलाई होल्डमा फन्को लगाउँदा चाहिने पर्याप्त इन्धन अभाव देखिएपछि एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले प्रायोरिटी ल्यान्डिङ (प्राथमिकतामा राखेर अवतरण) गराएका छन् । निगम स्रोतका अनुसार बिहीबार बेलुकी उडान नम्बर आरए४१० विमानमा १ सय ५० यात्रु सवार थिए । उक्त विमानका चालक दलले नेपालभित्र पसिसकेपछि […]
विराटनगर । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका शिक्षक भने नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेर मोबाइल बन्द गरेर बसेका छन् । यहाँको पोखरीया उच्च माविले नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यालयको कोटाभन्दा पाँच गुणा बढीले आवेदन फारम भरेपछि प्रवेश परीक्षा […]
कपिलबस्तु। संकटापन्न कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको छ । गरुडले लुम्बिनी उपवनको पोखरीमा बचेरा स्याहार गरिरहेको छ । मायादेवी मन्दिरपूर्व, उत्तर र पश्चिम क्षेत्रको पोखरीमा एउटा बच्चासहित एक जोडी गरुड देखिएको हो । नेपालमा पाइने आठ प्रजातिका गरुडमा यो सबै भन्दा राम्रो र आर्कषक मानिन्छ । कालो शरीरमा छाती र प्वाँख सेतो हुन्छ । […]
काठमाडौं ।उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । उनीहरुसँग चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् । भने लालबहादुर घिसिङ केही महिनाअघि जेलबाट छुटेका छन् । […]
काठमाडौ । बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न थालेका छन् । समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए । सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्सक आन्दोलनमा नाममा बिरामीलाई बिचल्लीमा पारेको […]
काठमाडौं ।नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो । नीतिमा सेना प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था छ । सरकारले स्वीकृत गरिसकेको सुरक्षा नीति कार्यान्वयन गर्न छलफल भइरहेको छ । सुरक्षा निकायको पुनः संरचना […]
काठमाडौँ ।महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० भण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रुपमा महसुल छुट दिएको’ भेटिएको हो । छानबीन गरी झण्डै आठ महिना गोप्य राखिएको प्रतिवेदनमा ‘बिलिङमा भएको गडबडीले नोक्सान भएको रकम ४ अर्ब २९ करोड […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रोपेका फलफूलका विरुवा जोगाउनै मुस्किल भएको छ । गत जेठ २२ गते प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’ सुरु गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एभोकाडो र लिची रापेका थिए । उक्त अभियानअन्तर्गत २८ लाख ९० हजार ९ सय १९ विरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता […]