Sajhamanch Archive

लिङ्देनलाई मार्ने धम्की दिनेको ‘कनेक्सन’ झापाकै नेतासँग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लिङ्देनलाई मार्ने धम्की दिनेको ‘कनेक्सन’ झापाकै नेतासँग.

काठमाडौं ।झापा ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको संलग्नता झापाकै नेतासँग रहेको दाबी गरेका छन् । राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले भने, ‘मलाई धम्की आइरहेका दुई वटा मोबाइल नम्बर मेरै निर्वाचन क्षेत्रका नेतासँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट देखाएको छ ।’ सातादेखि अज्ञात व्यक्तिले आफ्नो ज्यान मार्न ५० लाख रुपैयाँको सुपारी लिएको भन्दै […]

भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान.

काठमाडौँ ।भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन । यतिबेला भने सारा […]

मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानाीमा सवा दुई अर्ब भ्रष्टाचार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मेलम्चीका १७ वर्ष : २५ अर्ब लगानाीमा सवा दुई अर्ब भ्रष्टाचार.

काठमाडौं ।मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखामा सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ । आयोजना सञ्चालन अवधिमा थप १६ करोट २८ लाख रुपैयाँ अनियमितता […]

प्रहरी क्याम्प बन्यो वीर अस्पताल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रहरी क्याम्प बन्यो वीर अस्पताल.

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले देशभरका सरकारी अस्पतालमा सेवा सञ्चालन भए–नभएको तथ्यांक मागेका छन् । समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी डाक्टरले सेवा अवरुद्ध पारेको ६ दिन भइसकेको छ । तर, अस्पताल विकास समितिका चिकित्सकले बुधबार भने दैनिक एकदेखि दुई घन्टा सेवा सञ्चालन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका तीन सय सरकारी स्वास्थ्य संस्थामा आंशिक […]

७५ प्रतिशत डाक्टर सेवा प्रवेशका लागि योग्य ठहरिएनन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ७५ प्रतिशत डाक्टर सेवा प्रवेशका लागि योग्य ठहरिएनन्.

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन् । शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए । ८ सय ३५ जना फेल भएका छन् । काउन्सिलले बीडीएस उत्र्तीणका लागि शनिबारै […]

फ्लाई दुबईलाई नियमविपरीत उडान अनुमति

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on फ्लाई दुबईलाई नियमविपरीत उडान अनुमति.

काठमाडौं । नेपाल वायुसेवा निगमलाई ४ मिनेट नदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई भने नियमविपरीत १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार राति साढे ८ बजे विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई ९ बजे नै फर्किनु पर्ने थियो । तर उसले अन्तर्राष्ट्रिय नियमविपरीत विमानस्थल बन्द नोटाम अर्थात नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी […]

पानी जमेको खाल्डोमा डुबेर दुईजना बालिकाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पानी जमेको खाल्डोमा डुबेर दुईजना बालिकाको ज्यान गयो.

सर्लाही । पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति सर्लाहीको हरिवन –४ मा दुईजना बालिकाको ज्यान गएको छ । गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो। मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर स्थानीयले पानीमा […]

तातोपानी नाका जेठबाट सञ्चालनमा आउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on तातोपानी नाका जेठबाट सञ्चालनमा आउने.

सिन्धुपाल्चोक । नेपाललाई चीनसित जोड्ने तातोपानी नाका जेठको मध्यबाट पुनः सञ्चालनमा आउने भएको छ । २०७२ सालको भूकम्पले यो नाका बन्द भएको थियो । ‘‘तातोपानी नाका आगामी जेठ १७ बाट सञ्चालन गर्ने तयारी भएको छ ,’’ मङ्गलबार सरकारी उच्चस्तरीय टोलीसहित स्थलगत निरीक्षणमा पुगेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले बताए । मुलुकको रणनीतिक महत्वको सो […]

सम्बन्धविच्छेदन गर्दा अंश लिदैनन् महिला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सम्बन्धविच्छेदन गर्दा अंश लिदैनन् महिला.

विराटनगर। सम्बन्धविन्छेदन गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमानबाट अंश लिने गरेका छैनन् । आइतबार जिल्ला अदालत मोरङमा ६ जोडीले सम्बन्धविच्छेदन गरे । तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्रै थिए । सम्बन्धविच्छेदन गर्ने महिला कसैले पनि श्रीमानबाट अंश लिएनन् । […]

सरकारकै अनुमतिमा त्रिस्चियन धर्म प्रचार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारकै अनुमतिमा त्रिस्चियन धर्म प्रचार.

काठमाडौं ।सरकारको अनुमतिमा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसद्को लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायतलगायत आईएनजीओले समाजकल्याण परिषद्बाट स्वीकृति लिई क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । यसबारे […]