Sajhamanch Archive

पाथीभरा बाट फर्कँदै गरेको पिकअप दुर्घटना, ११ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाथीभरा बाट फर्कँदै गरेको पिकअप दुर्घटना, ११ जना घाइते.

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ सुकेटारमा मंगलबार पाथीभरा मन्दिरबाट फर्कँदै गरेको पिकअप दुर्घटना हुँदा ११ जना घाइते घाइते भएका छन् । पाथीभरा मन्दिर दर्शन गरी राति सवा १० बजे १६ जना यात्रु लिएर फुङलिङतर्फ आउँदै गरेको मे१ज १४८६ नम्बरको पिकअप सडकबाट अन्दाजी ५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पिकअपमा सवार ११ जना […]

मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख घुस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख घुस.

राजविराज। मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजको व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् । सप्तरीमको सप्तकोसी नगरपालिका १ पत्तेपुरका मनोजकुमार साहमार्फत […]

मृतकका परिवारलाई साउदीबाट अढाइ करोड

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मृतकका परिवारलाई साउदीबाट अढाइ करोड.

काठमाडौं । रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ । लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए । साउदीस्थित नेपाली दुतावासले जनाएअनुुसार […]

६४ वर्षपछि उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ६४ वर्षपछि उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली.

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । गौतमले सन् २०११ मा निजामती कर्मचारी […]

ललिता निवास जग्गा हिनामिना स् ठुलाबडाकै संलग्नता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ललिता निवास जग्गा हिनामिना स् ठुलाबडाकै संलग्नता.

काठमाडौं। मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको पनि जग्गा रहेको खुलेको छ । व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ । सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो […]

मलेसियाको श्रम स्वीकृति सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मलेसियाको श्रम स्वीकृति सुरु.

काठमाडौँ । मलेसियाको ‘कलिङ भिसा’ आएकामध्ये १९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । कलिङ भिसा आइसकेका र वैदेशिक रोजगार व्यवसायी सङ्घको सिफारिसहित आएकाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहचलस्थित श्रम रोजगार कार्यालयले सोमबार दुई र मङ्गलबार १७ जना गरी १९ जनालाई अन्तिम श्रम स्वीकृति दिएको जनाएको छ । श्रम […]

अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु.

काठमाडौं । अफगानिस्तानमा भएको बम बिस्फोटमा तीन अमेरिकी कर्मचारी र एक कन्ट्राक्टरको मृत्यु भएको छ । बागराम हवाई बेस क्याम्प नजिक भएको विस्फोटमा अन्य तीन जना घाइते भएका छन् । त्यसैगरी पूर्वी शहर जलाहवादमा भएको अर्को विस्फोटमा तीन जनाको मृत्यु भएको छ । अमेरिकामा तालिवानी समूहले विस्फोटका घटना गराउँदै आएको छ । अफगानिस्तानमा १४ हजार […]

चट्याङ लागेर एकजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चट्याङ लागेर एकजनाको ज्यान गयो.

डोटी ।चट्याङ लागेर अछाममा एकजनाको ज्यान गएको छ सोमबार राती करिब ७ बजेतिर चट्याङ लागेर अछाममा एकजनाको ज्यान गएको अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर ज्यान गुमाउनेमा पञ्चदेवल बिनायक नगरपालिका ७ बस्ने प्रसाद रावलको १४ वर्षीय छोरा जनक रावल रहेका छन् । घरमा बसिरहेको समयमा चट्याङ […]

स्थानीय तहमा खटिएका कर्मचारी फिर्ता

Published: in मिडियाबाट साभार by . Leave a Comment on स्थानीय तहमा खटिएका कर्मचारी फिर्ता.

काठमाडौं । समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका छन् । विभिन्न स्थानीय तहले आवश्यक कर्मचारी रहेकाले मन्त्रालयबाट खटाइएका बिना दरबन्दीका कर्मचारीहरूलाई हाजिर गराउन नसकिने कारण देखाई हाजिरै नगरी फर्काइदिएका हुन् । काठमाडौं महानगरले त समायोजन भएर आएका कर्मचारी राख्न नसक्ने भन्दै फिर्ता गरेको पत्र नै पठाएको थियो […]

आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आन्दोलित डाक्टरलाई सरकारले कारबाही गर्ने चेतावनी.

काठमाडौं ।समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ । संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिलसमेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरमा मात्र बस्छु […]