काठमाडौँ । कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो । ‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अनुशासन समितिका सदस्य धनराज गुरुङले नयाँ पत्रिकासँग भने, ‘पार्टी छाड्नेको रेकर्ड नै […]
काठमाडौं । टिभी एंकर लरेन सान्चेज तथा उनका पति प्याट्रिक वाइटसेलले शुक्रबार सम्बन्ध विच्छेदनको आवेदन दिएका छन् । लरेन विश्वकै धनी व्यक्ति जेफ बेजोससँगको सम्बन्धमा रहँदै खाएकी छन् । बेजोस र म्याकेन्जीको सम्बन्ध विच्छेदको सम्झौता आपसी सहमतिमा बिहीबार तय भइसकेको छ । अदालतले पनि यसको मन्जुरी दिइसकेको छ । लरेनका पति वाइटसेल हलिउड एजेन्सी डब्लुएमईका […]
काठमाडौँ ।मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले मेलम्ची आयोजनालाई फास्ट ट्र्याक प्रणालीबाट निर्माण गर्ने प्रस्ताव खानेपानी तथा सरसफाइ मन्त्रालयमा पेश गरेको छ । समितिको गत बुधबार बसेको बोर्ड बैंठकले मेलम्ची आयोजनालाई तत्कालै अघि बढाउन फास्ट ट्र्याक प्रणालीबाट अघि बढाउनुपर्ने निर्णय गरेर विभागीय मन्त्री बिना मगरलाई पेश गरेको हो । खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको अध्यक्षतामा […]
काठमाडौं ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संंगाठनिक संरचना खुम्चिदै गएको छ । दुई वर्षअघि थवाङ महाधिवेशनमा निर्वाचित केन्द्रीय समितिका झन्डै दुई दर्जन नेता केन्द्रीय समितिमा छैनन् । दर्जन नेता सत्तारुढ नेकपामा छिरिसकेका छन् भने केही निष्कृय छन् । महासचिव विप्लव र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) बीच अन्तरविरोध बड्दो छ । विप्लवका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि […]
काठमाडौं । चार जना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन न्याय तथा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव हुनुहुन्छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वबसाइट सर्च गर्दा उहाँहरुको सम्पत्ति विवरण नबुझाएको नदेखिएको हो । स्मरणीय छ, मन्त्री भएको […]
काठमाडौं।नायब सुब्बा निजामती सेवामा सानै पद मानिन्छ । यिनको तलब २४ हजार ५ सय मात्रै छ । तर, अकुत सम्पत्ति र आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन् । ठुलाठुला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहरु बढी संलग्न रहेको पुष्टि हुन्छ । यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल (सुब्बा) करोडौँको भ्रष्टाचार मुद्दा खेपिरहेका छन् […]
काठमाडौं।काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच५एन१ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय काग मरेका छन्, नमुना परीक्षण गर्दा बर्डफ्लु एच५एन१ […]
बैतडी । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका ३ दिनका लागि बन्द हुने भएका छन् । यही चैत्र २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द […]
काठमाडौं। नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नादिर पटेल एभरेस्ट बेसक्याम्पमा ट्रेकिङ गर्न लुक्ला प्रस्थान गरेका छन् । दिल्लीबाट काठमाडौं उत्रेका उनी शुक्रबार बिहान लुक्लातर्फ लागेका हुन् । लुक्लाबाट आधार शिविरसम्म ट्रेकिङ गर्ने सोचका साथ उनी त्यसतर्फ लागेको हुन् । विश्वकै अग्लो शिखरको काखमा दुई साता बिताउने र त्यो दृष्य क्यानडा पु¥याउने उनले बताए । ‘कैयन […]
काठमाडौं।ठेचोस्थित पिंन पोखरीको जमिनको भागमा स्थानीय उपभोक्ता समितिले ३ दिनअघि ढलान सुरु गरेको छ । लिच्छविकालीन मानिएको यो पोखरीमा अहिले भावन बनाउन धमाधम डन्डी बिछ्याउने काम भइरहेको छ । गोदावरी नगरपालिका र प्रदेश ३ सरकारको आर्थिक सहयोगमा पोखरीमाथि धमाधम वृद्धाश्रम बनाउन लागिएको हो । प्राचीन पोखरी मासेर भवन बनाउन थालेपछि सम्पदा संरक्षण अभियान्ताले विरोध गरेका […]