Sajhamanch Archive

नेपाल एयरलाइन्सको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल एयरलाइन्सको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त.

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रवन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रस्तावमा पौडेललाई महाप्रवन्धकमा नियुक्ती गरिएको हो । पेशाले चार्टर्ड एकाउन्टेन्ट पौडेल हाल निगमको संचालक समितिका सदस्य थिए । उनी सत्तारुढ नेपाल […]

पेरिस भनेर हनिमून मनाउन यो ठाउँमा गएका थिए शाहरुख खान

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on पेरिस भनेर हनिमून मनाउन यो ठाउँमा गएका थिए शाहरुख खान.

भारतीय अभिनेता शाहरुख र गौरी खानको जोडी निकै चर्चित जोडी हो । दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुले परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए । ८ अक्टुबर १९७० मा जन्मिएकी गौरी खानको बिहीबार जन्मदिन हो । गौरी ५० बर्षकी भएकी छन्। सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको […]

ताप्लेजुङमा एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ताप्लेजुङमा एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार.

ताप्लेजुङ । ताप्लेजुङमा एक गर्भवतीको हेलिकप्टरद्वारा उद्धार गरिएको छ । राष्ट्रपति निःशुल्क उद्धार कार्यक्रमअन्तर्गत आठराई त्रिवेणी गाउँपालिका-३ हाम्पाङकी सुत्केरी हुन नसकेकी ३५ वर्षीया चन्द्रकला विकको उद्धार गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले बताए । विकलाई हिजो बेलुका उद्धार गरी थप उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएको छ ।ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर […]

सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ.

काठमाण्डौ  । सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ । आज तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ […]

तत्काल रोजगारीमा जान नपर्नेले अबको दुई हप्ता पुनः श्रम स्वीकृतिका लागि आवेदन नदिन अनुरोध

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on तत्काल रोजगारीमा जान नपर्नेले अबको दुई हप्ता पुनः श्रम स्वीकृतिका लागि आवेदन नदिन अनुरोध.

काठमाण्डौ । तत्काल वैदेशिक रोजगारीमा जान नपर्नेले अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन सरकारले अनुरोध गरेको छ । कोरोना महामारीका कारण दूरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले तत्काल रोजगारीका लागि जान नपर्ने भएमा कम्तिमा अबको दुई हप्ता निवेदन नदिन वैदेशिक रोजगार कार्यालयले अनुरोध गरेको हो । कोरोना महामारीलाई मध्यनजर […]

अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए.

काठमाडौं । कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किएका छन् । आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फीर्कएका छन् । उनले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य मापदण्ड र आईसोलेसनको नियम तोड्का हुन् । उनका चिकित्सक सिन कोन्लेका अनुसार […]

आलियाको ‘गंगूबाई काठियावाडी’ को छायांकन रातमा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on आलियाको ‘गंगूबाई काठियावाडी’ को छायांकन रातमा.

कोरोना कहरको समयमा फिल्मको छायांकन सुरु गर्ने कलाकारको सूचीमा अभिनेत्री आलिया भट्ट पनि थपिएकी छन् । उनले सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ को छायांकन सुरु गरेकी छन् । यो फिल्मको छायांकन जनवरीभित्र पूरा गर्ने तयारी गरिएको छ । भारतीय मिडियाका अनुसार, अहिले फिल्मको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको छ । छायांकनको क्रममा कलाकार र […]

ताप्लेजुङको ओलाङ्चुङगोलामा बिओपी स्थापना

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ताप्लेजुङको ओलाङ्चुङगोलामा बिओपी स्थापना.

ताप्लेजुङ । चीनसँगको सिमावर्ती क्षेत्र फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार बिओपी उद्घाटन गरेका हुन् । नेपाल चीनको सिमाना टिप्तालाभञ्ज्याङ नजिकै मौवाटारमा राख्ने बिओपी संरचना निर्माण नभएसम्मका लागि ओलाङ्चुङगोलामा राखिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले बताए । भवनसहित संरचना […]

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा.

काठमाडौं । नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने गरेको दाबी […]

उपत्यकावासीलाई सरकारको आग्रह : कोरोनाको उच्च जोखिम छ, सतर्कता अपनाऔं

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उपत्यकावासीलाई सरकारको आग्रह : कोरोनाको उच्च जोखिम छ, सतर्कता अपनाऔं.

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताए । स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै […]