नवलपरासी । पूर्वीनवलपरासीको बुलिङ्गटार गाउँपालिका–६ मा भीरबाट लडेर १ जनाको ज्यान गएको छ । भीरमा रहेको बाँस काट्ने क्रममा लडेर बालकृष्ण श्रेष्ठको निधन भएको हो । लडेर गम्भीर घाइते श्रेष्ठलाई सोमबार साँझ उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटैमा निधन भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । श्रेष्ठको शव पोष्टमार्टमका लागि चितवन मेडिकल कलेजमा राखिएको […]
चीनमा भएको आगलागीमा परी ३० जनाको मृत्यु भएको छ । दक्षिणी चीनको सिचुआन प्रान्तमा भएको आगलागीमा मृत्यु भएका तीस मध्ये २७ जना अग्नी नियन्त्रक भएको बताइएको छ । आगो निभाउन गएका तीन स्थानीय बासिन्दा सम्पर्कमा नआएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ । आइतवार राती अचानक हावाहुरी आएपछि आगलागी भएको थियो । आगलागी भएको ठाउँबाट स्थानीय […]
काठमाडौं।राष्ट्रिय ध्वा।जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ । निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ । तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ । निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ […]
हुम्ला । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी नीतिनियमविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो । तर, हुम्लाका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिकाका वडा सदस्यसम्मका जनप्रतिनिधिले दोहोरो सुविधा लिइरहेका छन् । यस्तो सुविधा लिनेमा पेन्सन र सामाजिक सुरक्षा भत्ता खाइरहेका सेवानिवृत कर्मचारी, शिक्षक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि रहेका हुन् ।नागरिक दैनिकबाट।
काठमाडौं। चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु ग¥यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री केपी शर्मा अोलीलेृ समेत उक्त कार्यक्रमका उद्घाटन सत्रमा नयाँ युगको सुरुवात भएको घोषण गरेका थिए । अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेको बजेट […]
विराटनगर । कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीय लीलम मण्डल […]
काठमाडौं । सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त […]
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाइृ सरकारले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको […]
काठमाडौँ । बारा र पर्सामा आइतबार साँझ शक्तिशाली हावाहुरी आउनुभन्दा केही समयअगाडि मात्र साँझ ६ बजे मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा नेपालको मध्य भूभागमा मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको थियो । त्यसको केही समयअघि नै आएको शक्तिशाली हावाहुरीको पूर्वानुमान भने सो महाशाखाले गर्न सकेन । सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा भने बारा र पर्सामा क्रियाशील […]
काठमाडौंं । नेपाल कम्युनिष्ट पार्टीले पार्टी स्थापना दिवस रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीको पहिलो बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मभूमि रामेछापको भङगेरीमा मनाउने निर्णय गरेको हो । तीन नम्बर प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा भङगेरीमा कार्यक्रम आयोजना गरिएको बताए । उनले […]