बारा। गएराति आएको भीषण आँधीमा परी बारा र पर्साका विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । रातको समयमा घटना भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको भन्दै यो संख्या अझै बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । ४ सय भन्दा धेरै मानिस घाइते भएका छन् । असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले गठन गरेको नगरस्तरीय खेलकुद समिति बिर्तामोड खेलकुद विकास निर्देशिकाविपरीत भएको खुलेको छ । स्थानीय राजपत्रमा प्रकाशित बिर्तामोड खेलकुद विकास निर्देशिका २०७५ को मर्म र नियमलाई कुल्चिँदै नगरपालिकाले गत फागुन २८ गते १३ सदस्यीय खेलकुद समिति गठन गरेको थियो । नगर कार्यपालिकाको बैठकले आफैंले बनाएको निर्देशिकाको खिल्ली उडाउँदै समिति बनाएपछि एकजना सदस्यले […]
नारी ईश्वरको अद्वितिय, सुन्दर र रहस्यमयी रचना हो । भनिन्छ, नारीलाई बुझ्न असंभव छ । के भनाई छ भने, भगवानले समेत नारीलाई बुझ्न सक्दैनन् । अर्थात नारी रहस्य हुन् । जहाँ रहस्या हुन्छ, त्यहाँ बढी उत्सुकता हुन्छ । आकर्षण हुन्छ । यही कारण हो कि, नारीले सधै पुरुषलाई आफुतिर आकषिर्त गरेर राखेको छ । भनिन्छ, […]
बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको सम्वन्ध संकटमा परेको समाचार एक अमेरिकी म्यागजिनले प्रकाशित गरेको छ । तीन महिना अगाडि मात्र बिहे गरेका उनीहरु डिभोर्सको लागि अघि बढिसकेको दावीसमेत समाचारमा गरिएको छ । ओके नामक म्यागजिनले लेखेको छ, ‘उनीहरुबीच छोटो समयमै एक–अर्काप्रति वितृष्णा उत्पन्न भएको छ र दुवै डिभोर्स गर्ने विषयमा सहमतिमा […]
बर्दिया । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका-९ वनगाँई ग्याङ नदी नजिक मोटरसाइक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प ६९६८ र विपरीत दिशाबाट आइरहेको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएको हो। मृत्यु हुने बर्दिया मधुवन–१ का २१ वर्षीय सुरज चौधरी १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का […]
काठमाडौं। बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिउ चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो । अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई […]
डडेलधुरा। भागेश्वर गाउँपालिका, १ का स्थानीयले ८० रुपैयाँको विद्युतको बिल तिर्न २ हजार खर्र्च गर्नु परेको छ । सोही स्थानकी द्रोपती टमठादे ८० रुपैयाँ बिजुलीको महसुल बुझाउन जिल्ला सदरमुकाम आउँदा जाँदा मात्रै १५ सय रुपैयाँ खर्च भएको बताइन् । भागेश्वरबाट जिल्ला सदरमुकाम रहेको नेपाल विद्युत प्राधिकरणको महसुल काउन्टरसम्म आउन जिपको साढे ३ सय एकतर्फी भाडा […]
नेपालगञ्ज । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ । प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन् । पक्राउ […]
काठमाडौं ।चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यषे कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेका छन् । जब दम्पत िआफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो । डीएनए […]
काठमाडौं । गत माघ १८ गते एकता भएर नयाँ पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को पार्टी वैधानिकतामा प्रश्नचिन्ह लागेको छ । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइए पनि उक्त दलले अहिलेसम्म बैधानिकता पाएको छैन । समाचारस्रोतका अनुसार पार्टीले बुझाएको कागजात अपुग छ । पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक)र डा। प्रकाशचन्द्र लोहनी अध्यक्ष […]