Sajhamanch Archive

उपत्यकामा आउजाउ बढ्यो, कोरोना गाउँगाउँ पुग्ने डर

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on उपत्यकामा आउजाउ बढ्यो, कोरोना गाउँगाउँ पुग्ने डर.

काठमाडौँ । दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् । सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ । विगतका वर्षहरुमा दशँै आउनुभन्दा १५ दिनअघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक रुपमा […]

भारतमा कोरोनाबाट एक लाख दुई हजारभन्दा बढीको मृत्यु, संक्रमित ६६ लाख पुगे

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोनाबाट एक लाख दुई हजारभन्दा बढीको मृत्यु, संक्रमित ६६ लाख पुगे.

भारतमा पछिल्लो २४ घन्टनमा ७४ हजार चार सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । साथै यस अवधिमा नौ सयजनाको मृत्यु भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कुल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमणबाट हालसम्म एक लाख दुई हजार ६ सय ८५ जनाले ज्यान गुमाइसकेका […]

नेकपाको सचिवालय बैठक भोलि

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको सचिवालय बैठक भोलि.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच भेट भएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक बोलाइएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु […]

केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छः कांग्रेस

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छः कांग्रेस.

काठमाडौँ । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दापनि वार्ताका लागि तयार नभएको सरकारले भोलि निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाई छ । प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह […]

कोरोना महामारीपछि फिल्म बनाउँछु : राजेश हमाल

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on कोरोना महामारीपछि फिल्म बनाउँछु : राजेश हमाल.

एक समय नेपाली फिल्ममा एकछत्र आफ्नो प्रभुत्व जमाएका अभिनेता राजेश हमाल विगत ४ वर्षदेखि काँचको पर्दाबाट टाढा छन् । आफूले आश गरेका दुई फिल्म ‘बागमती’ र ‘शकुन्तला’ को असफलतापछि फिल्म छनोटमा गम्भीर भएका उनी अब हतारमा फिल्म गरेर फुर्सदमा पछुताउने पक्षमा छैनन् । यसैले उनी आफ्नो भूमिका शक्तिशाली भएको फिल्म कुरेर बसेका छन् । चार […]

आजदेखि पुनः श्रम स्वीकृति पाइने, कार्यालय जाँदा यी कुरामा ध्यान दिनुहोस्

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजदेखि पुनः श्रम स्वीकृति पाइने, कार्यालय जाँदा यी कुरामा ध्यान दिनुहोस्.

काठमाण्डौ । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द भएको थियो । तर भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसरी रोजगारी गुमाउने अवस्थामा रहेको श्रमिकको समस्यालाई ध्यानमा राखी आज सोमबारदेखि […]

बाजुरामा एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाजुरामा एकै परिवारका ५ जना ४ दिनदेखि बेपत्ता.

कैलाली । बाजुराको हिमाली गाउँपालिका-५ स्थित कवाडीमा शुक्रबार बेपत्ता भएका एकै परिवारका ५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । कवाडीमा बस्दै आएकी ३० वर्षीया सत्ता नेपाली शुक्रबार साँझ ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मतीसहित बेपत्ता भएकी थिइन् । छोराछोरीसहित कवाडी नदीमा नुहाउन […]

सुनको मूल्यमा सामान्य गिरावट

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको मूल्यमा सामान्य गिरावट.

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकमा अनुसार आइतबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन सोमबार घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबा भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार चाँदीको मूल्य स्थिर […]

छाती दुख्ने समस्यामा घरेलु ओखती

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज by . Leave a Comment on छाती दुख्ने समस्यामा घरेलु ओखती.

छाती दुख्नुलाई कतिपयले गंभिर समस्याको संकेतको रुपमा पनि बुझ्छन् । खासगरी हृदयघात वा मुटु सम्बन्धी समस्याको भयले । मुटुको धमनीमा अवरोध भएमा, मुटु सुन्निएमा, मुटुको मांसपेशीमा समस्या भएमा, घाउ भएमा पनि छाती दुख्छ । त्यस्तै ब्रोनकाइटीस,–निमोनिया, वायु नलीमा संंकुचन एवं फोक्सोको समस्यामा समेत छाती दुख्छ । यद्यपि सामान्य अवस्थामा पनि छाती दुख्ने गर्छ । कहिलेकाहीँ […]

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट आजै डिस्चार्ज हुनसक्ने

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट आजै डिस्चार्ज हुनसक्ने.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थामा सुधार भइरहेको अस्पतालले जनाएको छ । उनका आजै अस्पतालबाट डिस्चार्ज हुनसक्ने चिकित्सकहरुले जानकारी गराएका छन् । उपचारमा सलग्न डा. सिन कोन्लेले कोरोना पुष्टि भएयता राष्ट्रपतिको अक्सिजन लेभल घटेसंगै अक्सिजन दिएको र डेक्सामेथासोन नामक स्टेरोइड चलाइएको बताएका छन् । उनलाई शुक्रबार अस्पताउन लानु अघि नै मिश्रित औषधियुक्त इन्जेक्सन […]