काठमाडौँ। रानीपोखरीलाई पूर्ववत् अवस्थामा फर्काउन भक्तपुरका सिपालु कर्मीहरु काममा जुटेका छन् । प्राचीन प्रविधिबाटै पोखरी पुननिर्माण गर्न भक्तपुर नगरपालिकाले ४० जना प्राविधिक उपलब्ध गराएको हो । यो टोलीले करिब ५० वर्षदेखि सुकेको भक्तपुरकै भाजु पोखरीसमेत पुननिर्माण गरिरहेको छ । भूकम्प गएकै वर्षको माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरे पनि अनेकन विवादमा फस्दा […]
काठमाडौँ।नागरिकता र शैक्षिक प्रमाणपत्र विवादमा मुछिएका मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीलाई संसदीय समितिबाट अनुमोदन गर्ने कि नगर्नेमा सत्तारुढ नेकपाभित्रै विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेता अन्सारीलाई जोगाउने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेता विवादित अन्सारीलाई समितिबाट अस्वीकृत गर्ने पक्षमा छन् […]
लन्डन। स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना बिरामीको एचआईभी नै गायब भएको डाक्टरहरुले स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् । यस प्रकारको घटना दोस्रेपटक घटेको पनि तिनीहरुले जनाएका छन् । बेलायतको राजधानी लन्डन निवासी ती नाम नखुलाइएका बिरामीको क्यान्सरको उपचार हुँदै थियो । विगत १८ महिनादेखि एचआईभीको लक्षण घट्दै गएपछि उनले एचआईभीविरुद्धको औषधि सेवनसमेत […]
ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आउको तलब एकमुष्ठ फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टाराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् । उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट […]
काठमाडौं ।नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो । सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह […]
कञ्चनपुर। नेपाली सेनाको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत एक जवान गोली लागेको अवस्थामा ब्यारेकभित्रै मृत फेला परेका छन्। २३ वर्षीय वीरबहादुर खडका सोमबार राइफलको गोली लागेको अवस्थामा मृत फेला परेका हुन्। खड्काले गर्धनमा गोली लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा खड्काले आत्महत्या गरेको खुलेको प्रहरीले बताए। घटनाबारे […]
काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान)ले आज क्रिकेट अवार्ड वितरण गर्दैछ । सिप्यानले पहिलो पटक क्रिकेट अवार्ड समारोह आयोजना गर्न लागेको हो । विभिन्न पाँच विधाका क्रिकेट खेलाडी एवं क्रिकेटकर्मीलाई पुरस्कृत गर्ने सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । रुसी साँस्कृतिक केन्द्र कमलपोखरीमा आज दिउँसो २ बजेदेखि अवार्ड कार्याक्रम आयोजना हुनेछ । यसका […]
काठमाडौं ।मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् । ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ । सुरक्षा […]
काठमाडौं । वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि लाखौँ खर्चेर बनाइएको सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख विदेशिएको […]
काठमाडौं।दक्षिण कोरियामा कार्यरत नेपाली कामदारले प्रत्येक वर्ष झन्डै ४४ अर्ब रुपैयाँ हुन्डीमार्फत नेपाल पठाउने देखिएको छ । औपचारिक प्रणालीबाट कोरियाबाट नेपाल भित्रने रेमिट्यान्स र दक्षिण कोरियामा रहेका नेपालीको कुल कमाइलाई तुलना गर्दा त्यहाँबाट झन्डै आधा खर्ब रकम हुन्डीमार्फत नेपाल भित्रिने गरेको देखिएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दक्षिण कोरियाबाट आर्थिक वर्ष २०७४र७५ मा रेमिट्यान्स […]