Sajhamanch Archive

करको दायरा विस्तारका लागि प्रकिया सुरु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on करको दायरा विस्तारका लागि प्रकिया सुरु.

काठमाडौं । सरकारले कर प्रणालीमा सुधार र करको दायरा विस्तारका लागि आवश्यक प्रक्रिया शुरु गरेको छ। राजश्व नीतिनिर्माण तथा वित्तीय सुधार, करसम्बन्धी कानूनमा गर्नुपर्ने समयानुकूल परिवर्तन, करका दरको पुनरवलोकन, राजश्व प्रशासनको सङ्गठन संरचनालगायत विषयलाई समेट्ने तयारी गरिएको हो। राजश्व परामर्श समितिको बैठकमार्फत दश विषयगत समिति गठन गरी आवश्यक काम आरम्भ भएको अर्थ मन्त्रालयले जनाएको छ। […]

राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक.

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी र आफनो लोगो सार्वजनिक गरेको छ। सोमबार काठमाडौंमा कार्यक्रम गरी एन्फाले राष्ट्रिय टोलीका लागि नयाँ जर्सी सार्वजनिक गरेको हो। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशबकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपाल प्रहरीका एआइजी धिरु बस्न्यात, केल्मीका प्रदिप नेपाललगायत एन्फाका पदाधिकारीले जर्सी र लोगो सार्वजनिक […]

नेकपाले फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै दिवंगत भएका दुई नेताहरु भरतमोहन अधिकारी, रवीन्द्र अधिकारी र हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ । महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले कम्तिमा २० हजारको उपस्थितिमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो । सभालाई […]

बेहुली आँखा छलेर फरार भएपछि…………….

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बेहुली आँखा छलेर फरार भएपछि……………..

धनुषा। विवाहको मूल विधि हुनेबेला नै बेहुली आँखा छलेर फरार भएपछि बेहुला र जन्ती अन्योलमा परेका छन् । धनुषाको शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही समयपछि बेहुली फरार हुँदा धनुषाको सबैलाबाट आएको बेहुलासहितको जन्ती बिचल्लीमा परेका छन् । […]

नेपालले जापानसँग माग्यो कामदारको लागि भाषा परीक्षाको ‘कोर्स’

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपालले जापानसँग माग्यो कामदारको लागि भाषा परीक्षाको ‘कोर्स’.

काठमाडौं । नेपालले कामदारका लागि भाषा परीक्षाको ‘कोर्स’ स्पष्ट गरिदिन जापानसँग आग्रह गरेको छ । जापानी भाषा सिकाउने इन्स्टिच्युटले यसका नाममा ठगी गर्न सक्ने र कामदारलाई पनि अन्योल हुने भएकाले भाषा परीक्षाको सम्भावित कोर्स उपलब्ध गराउन नेपाल सरकारले आग्रह गरेको हो । जापानले पठाएको समझदारीको मस्यौदामा जापानले भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारका रुपमा […]

सगरमाथा चढ्ने महिलाको बायोपिकमा आलिया

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on सगरमाथा चढ्ने महिलाको बायोपिकमा आलिया.

बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिलाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी हुन् ।अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा एक किताब प्रकाशित गरेकी छिन् । ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन संघर्ष उतारेकी छिन् । यो किताब अहिले […]

सेना दिवस समारोहमा ‘फ्रि–फल’ को क्रममा एक सैनिक घाइते

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सेना दिवस समारोहमा ‘फ्रि–फल’ को क्रममा एक सैनिक घाइते.

काठमाडौं । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि(फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा सेनाका पूर्णबहादुर भण्डारी घाइते भएका हुन् । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । ‘प्राविधिक कारणले सही रूपमा ल्याण्ड नभएको हो’, ढकालले […]

अमेरिकामा तुफान, कम्तिमा २२ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकामा तुफान, कम्तिमा २२ जनाको मृत्यु.

अमेरिकामा तुफानका कारण कम्तिमा २२ जनाको ज्यान गएको छ । अलाबामा राज्यको ली काउन्टीमा तुफानका कारण कम्तिमा २२ जनाको ज्यान गएको र यसमा केही बालबालिका पनि रहेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । तुफानले घर तथा भवन भत्काएको र भग्नावशेषमा स्थानीय बासिन्दा फसेको जनाइएको छ । अहिले पनि भग्नावशेषमा फसेकाहरुको उद्धार गरि अस्पताल लैजाने काम […]

दुर्लभ जन्तु गैंडाका बच्चा जोगाउनै कठिन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दुर्लभ जन्तु गैंडाका बच्चा जोगाउनै कठिन.

काठमाडौं। दुर्लभ वन्यजन्तु गैंडाका केटाकेटी जोगाउन धौधौ हुन थालेको छ । भदौयता दुई सातादेखि दुई वर्षभित्रका सात केटाकेटी मृत फेला परेका छन् । भाले गैंडा, बाघ र गाहीका कारण केटाकेटी मारिएको हुन सक्ने निकुञ्जका अधिकारीले बताए । चोरीसिकार रोकिए पनि अरु कारणले केटाकेटी मर्ने क्रम बढेको छ । केटाकेटी जोगाउन नसक्दा संरक्षणकर्मी चिन्तित छन् । […]

काठमाडौँका स्कुलको नाम अनिवार्य रुपमा नेपालीमा हुनुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँका स्कुलको नाम अनिवार्य रुपमा नेपालीमा हुनुपर्ने.

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ । स्कुलको साइनबोर्डमा सर्वसाधारणले बुझ्ने गरी नेपालीमा नाम लेख्नुपर्नेछ । महानगरपालिका शिक्षा समितिको आइतबारको बैठकले नेपाली नाम राख्नुपर्ने निर्णय गरेको हो । निर्णय नमान्ने विद्यालयलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी महानगरपालिकाले दिएको छ । संविधानको धारा ७ […]