Sajhamanch Archive

महिला टी–२० विश्वकप छनोट : टस हारेर ब्याटिङ गर्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on महिला टी–२० विश्वकप छनोट : टस हारेर ब्याटिङ गर्दै.

महिला विश्वकपका लागि एशियाली छनोटको आफ्नो अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको बैंककस्थित एशियन इन्टिच्युड टेक्नोलोजी मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दैछ । कुवेत प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । उसले यसअघिका पाँचै खेलमा पराजय ब्यहोरेको छ । नेपालले यसअघिका ४ खेलमा जित निकालेको थियो भने थाइल्याण्डसँग पराजित भएको थियो । आजै […]

भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु.

पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै स्थानमा दुई देशका सुरक्षाबलबीच गोलीबारीको खबर सार्वजनिक भइरहेका छन् । भारत र पाकिस्तान दुबैले एक–अर्कामाथि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामाथि संघर्ष विरामको उल्लंघनको आरोप लगाइरहेका छन् । मंगलबार बेलुकी कोटली सेक्टरमा भारतीय सुरक्षाबलको गोलीबारीमा चारको मृत्यु […]

सेनालाई १ अर्बका हरियार किनिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सेनालाई १ अर्बका हरियार किनिने.

काठमाडौँ। सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ । ‘सेनालाई स्रोतसाधनसम्पन्न बनाउन लागिपरेका छौँ, एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने, ‘सेना राख्ने हो भने हतियार त चाहियो नि ।’ तर, सार्वजनिक खरिद ऐन बाधक […]

सामान बोक्ने कार्गोमा पनि विदेशी लगानी, नेपाली व्यवसायीको विरोध

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सामान बोक्ने कार्गोमा पनि विदेशी लगानी, नेपाली व्यवसायीको विरोध.

काठमाडौं । मुलुकमा ठुलो परिमाणमा विदेशी लगानी आवश्यक परिरहेको बेला सरकारले भने स्वदेशी व्यवसायीलाई नै असर पर्ने गरी कार्गो क्षेत्रमा लगानी स्वीकृत गरेको छ । उद्योग विभागले ५० लाख २ करोड रुपैयाँसम्मका पुँजी भएको कार्गो कम्पनीलाई स्वीकृति दिएको पाइएको छ । हालसम्म आधा दर्जन भारतीय तथा चिनियाँ कम्पनीलाई यस्तो स्वीकृति दिइसकेको पाएपछि स्वदेशी व्यवसायीले भने […]

अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकी उपरक्षामन्त्रीलाई चिनियाँ राजदूतले थर्काइन्.

काठमाडौं । छिमेकमा चिनियाँ लगानीबारे अमेरिकाले पारदर्शिताको प्रश्न उर्ठापछि चीनले असन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौँ टाढा रहेको मुलकले छिमेकमा अविश्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदीनालाले जोडिएको नेपाल चीन वर्षौदेखिका दुःख सुखका छिमेकी भएको उनको भनाई छ । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा […]

त्रिपुरेश्वर–नागढुङ्गा सडकः वैशाखभित्र कालोपत्रे गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिपुरेश्वर–नागढुङ्गा सडकः वैशाखभित्र कालोपत्रे गरिने.

काठमाडौँ। लामो समयदेखि नाजुक रहेको त्रिपुरेश्वर– कलङ्की– नागढुङ्गा सडकमा अब चाँडै कालोपत्रे देखिने भएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले कामलाई तिब्रता दिएसँग आउँदो वैशाखभित्र कालोपत्रे हुने भएको हो । साढे तीन वर्ष पहिले नै निर्माण सम्झौता भएको १६ किलोमिटर लामो उक्त सडक विस्तार जग्गा अधिग्रहण विवादले समयमै काम हुन नसक्दा सर्वसाधारणले सास्ती ब्यहोर्नुपरेको […]

मोबिलाइजेसनमा मनपरीः राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मोबिलाइजेसनमा मनपरीः राज्यको साढे २३ अर्बमा ठेकेदारको रजाइँ.

काठमाडौँ । सरकारी निकायले फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकेदारहरुले रजाइँ गरेका छन् । आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन सरकारले ठेकेदारलाई ‘मोबिलाइजेसन’ का नाममा सुरुमै रकम दिनुपर्ने कानुनी व्यवस्था छ । ठेकेदारले यही मोबिलाइजेसनबापत राज्यको २३ अर्ब ६० करोड रुपैयाँ लगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान […]

गाउँलेले गरे मकैको विवाह

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाउँलेले गरे मकैको विवाह.

गोरखा । दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो मकैको । बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइत जुराएका थिए । कटुवालले गाउँभरि खबर […]

अन्सारीलाई योग्य देखाउन नेकपाको चलखेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अन्सारीलाई योग्य देखाउन नेकपाको चलखेल.

काठमाडौँ ।  मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ । संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ । निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ । अन्सारीले […]

एग्रो फार्मबाट दैनिक २ लाख अण्डा उत्पादन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एग्रो फार्मबाट दैनिक २ लाख अण्डा उत्पादन.

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका ७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । केके एग्रो ग्रपअन्तर्गत सञ्चालित यस फर्मले ब्याट्री केज (जर्मन प्रविधि) अनुसार अण्डा उत्पादन गर्दै आएको हो । ५०र५० हजार क्षमताका ४ वटा वातावरणीय अनुकुलन ९ईसी हाउस० बाट अण्डा उत्पादन हुँदै आएको छ । उत्पादन […]