Sajhamanch Archive

अब एक विद्यालय, एक नर्स कार्यक्रम हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अब एक विद्यालय, एक नर्स कार्यक्रम हुने.

काठमाडौ । यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो । बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरूलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सबै सामुदायिक […]

वायुसेवा निगमले माग्यो ५० पाइलट

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वायुसेवा निगमले माग्यो ५० पाइलट.

काठमाडौँ।  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त रहेका पदपूर्ति गर्न ५० पाइलट माग गरेको छ । १३ जना सिनियर क्याप्टेन , १५ जना जुनियर क्याप्टेन, नौ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट गरेर ५० जना पाइलट माग गरेको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४ थान जहाज छन् । निगमका अनुसार […]

मल खरिद गर्न सरकारले ३ अर्ब नदिए अभाव हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मल खरिद गर्न सरकारले ३ अर्ब नदिए अभाव हुने.

काठमाडौं।  कृषि सामग्री लिमिटेडले रासायनिक मल खरिद गर्न भन्दै सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको छ । कम्पनीले रासायनिक मल आयात गर्न थप ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष किसानले रासायनिक मलको अभाव खेप्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ माग गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक अमरराज खैरले मन्त्रालयले तत्काल ३ अर्ब […]

जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग, खाल्डोमा परी दिनहुँ दुर्घटना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जीर्ण बन्दै पूर्व–पश्चिम महेन्द्र राजमार्ग, खाल्डोमा परी दिनहुँ दुर्घटना.

काठमाडौँ । समयमा मर्मत नहुँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग जीर्ण बनेको छ । राजमार्गको कोहलपुर– लमही खण्ड जीर्ण बनेको छ । लामो समयदेखि मर्मत नहुँदा राजमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी देखापरेका छन् । यिनै खाल्डोमा परी दिनहुँजसो दुर्घटना हुने गरेको छ । सोही राजमार्ग भएर केन्द्रीय राजधानी काठमाडौँसहित मुलुकका विभिन्न जिल्लाका लागि दैनिक रुपमा हजारौँको संख्यामा साना तथा […]

२० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष आए, तर मेलम्चीको पानी आएन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on २० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष आए, तर मेलम्चीको पानी आएन.

काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन । अझै अन्योलमै छ । समिति […]

सचिवले किन गरे झुटो दाबी ? विद्युतीय बस चीनमै बनेको पाइयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सचिवले किन गरे झुटो दाबी ? विद्युतीय बस चीनमै बनेको पाइयो.

काठमाडौं ।  पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ । नागरिकलाई प्राप्त विभिन्न कागजात तथा मन्त्रालयबाट प्राप्त पत्रले बस चीनमै बनेको देखिन्छ । यसले मन्त्रालयका अधिकारीको भनाइलाई गलत साबित गर्छ। मन्त्रालयका सचिव कृष्ण देवकोटाले बिहीबार बिदाइ कार्यक्रममा भाषण […]

बि एण्ड सीका कार्यकारी निर्देशक प्रसाई सम्मानित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बि एण्ड सीका कार्यकारी निर्देशक प्रसाई सम्मानित.

बाह्रदशी । यहाँस्थित कञ्चनगढ एजुकेशन फाउण्डेसनले स्वास्थ्य तथा स्वास्थ्य शिक्षाका लागि संघर्षरत बिर्तामोडको बि एण्ड सी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सम्मान गरेको छ । फाउण्डेसनको १३औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर आज शनिबार प्रसाईलाई सम्मान गरिएको हो । झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका […]

विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता.

झापा । अष्ट्रेलियास्थित विश्वविद्यालयहरुमा अध्ययनका लागि विद्यार्थी पठाउने अग्रणी शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको जनाएको छ । सो प्रतिष्ठानले हिजो प्रेस विज्ञप्ती जारी गरेर खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन […]

परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा जाँदै.

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौँ बैठकमा भाग लिन शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा जाँदै छन्। उनी बेलुकी सवा ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्। आउँदो सोमबार हुने परिषदको उद्घाटन सत्रमा सहभागी हुन मन्त्री ज्ञवाली त्यसतर्फ जान लागेका हुन्। मंगलबार उनले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल […]

बसको ठक्करबाट शिक्षकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट शिक्षकको मृत्यु.

काठमाडौं । बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा ४ ख ८४०७ नम्बरको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा ५५ प २९९ नम्बरको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते […]