विश्वका विष्फोटक ब्याट्सम्यानका रुपले परिचित वेष्ट इन्डिजका क्रिकेट खेलाडी क्रिस गेलले विश्वकपपछि सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय गेलले यसै वर्ष इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेटपछि सन्यास लिने घोषणा गरेको बीबीसीले जानकारी दिएको छ । विश्वकप २०१९ को मे ३० देखि जुलाई १५ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ । क्रिस गेल […]
पाँचथर । दोश्रो बिबाह गर्ने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने भोजपुरको साल्पालिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमतीका रुपमा भित्रीने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो । श्रीमानले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग […]
बझाङ। बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार […]
काठमाडौं । तपाईं लोभलाग्दो र हेर्दै खाऊँ खाऊँ लाग्ने खानेकुरा किनेर खानुहुन्छ भने होस पु¥याउनुहोला, त्यहा विषादी पनि मिसाइएको हुन सक्छ । यस्तो खानेकुरा खाँदा तपाईंको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । पछिल्लो समयमा बजारमा विषादी प्रयोग भएका खानेकुरा छ्यापछ्याप्ती पाइने गरेको छ । यस्ता खानेकुराका कारण विभिन्न डरलाग्दा रोग लाग्नेदेखि ज्यानसम्म जाने सम्भावना उच्च […]
हैदराबाद। भारतको हैदराबादस्थित एक सपिङ मलले भारतीय दस रुपैयाँमा साडी बिक्री शुरु गरेपछि भागदौड भएको छ । अधिकारीका अनुसार सिद्दिपेटको सीएमआर सपिङ मलले साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको अत्याधिक भीड लागेको थियो । किनबेचका क्रममा भएको भाडदौडमा दर्जनौं मानिसहरु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार एक महिलाले भागदौडका क्रममा ५ तोलाको सुनको सिक्री, […]
म्याग्दी । बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्छा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत […]
काठमाडौं। छाया कम्पेक्स निर्माण गरिएको ठमेलस्थित कमलपोखरीको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ । राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडैं महानगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो । कमलपोखरीको जग्गामा मोही कायम गर्ने प्रकरणमा गुठी संस्थान, जग्गाधनी पुर्जा दिने मालपोत कार्यालय […]
काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्ग निर्माण प्रक्रिया विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को चरणमा प्रवेश गरेको छ । त्यसका लागि दुई देशका अधिकारीबीच वार्ता प्रक्रिया थालनी भएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनका अनुसार दुई देशका अधिकारीबीच २०७६ असारसम्म चीनमा तेस्रो वार्ता हुनेछ । यसअघि पहिलो वार्ता चीन र दोस्रो वार्ता मंसिरमा नेपालमा भइसकेको […]
काठमाडौँ । घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ । आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयेगको बोर्ड बैठकले […]
काठमाडौं । विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् । त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय […]