खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । चार वटा मोटरसाइकल किनेको छ । ‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका केन्द्रसम्म […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ । […]
काठमाडौं। मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन । भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव […]
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्द बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ । इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि […]
काठमाडौं । चेकिङमा खटिएका प्रहरीलाई घुस दिने दुईजना टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त कालीकमाटीबाट खटिएको प्रहरी टोलीले चेकिङका क्रममा बल्खुबाट बा४ख ६७७१ र बा३ख ६५६८ नम्बरको टिपरका चालक २३ वर्षे ओमबहादुर कार्की र २४ वरषीय लक्ष्य पन्तलाई नियन्त्रणमा लिएको हो । शनिबार राति करिब १ बजे चेकजाँचका क्रममा काजपत्र नभेटिपछि […]
पाँचथर । शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो । चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन् । घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिश […]
भोजपुर । मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई समृद्ध बनाउनेतर्फ प्रदेश सरकारले योजनावद्ध काम गरिरहेको दावी गरेका छन् । अब देशमा राजनीतिक स्थिरता भइसकेकाले कहिँ कतै अलमलिने ठाउँ नभएको भन्दै उनले प्रदेश र यहाँका जनतालाई सबै हिसाबले अब्बल बनाउनेतर्फ आफू केन्द्रित भएको बताए । भोजपुरको पौवादुङ्मामा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले पहाडी तथा हिमाली जिल्लाबाट बढ्दो […]
काठमाडौं । भद्रकाली नजिकै बसले मोटरसाइकललाई ठक्कर दिंदा दुईजना घाइते भएका छन् । बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी)काजीकुमार आचार्यले जानकारी दिए । मोटर साइकल चालक भने […]
काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ । संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक कांग्रेस सांसदहरुले बहिस्कार गरेका हुन् । १५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन् । कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्याई विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको […]
काठमाडौँ। भ्रष्टाचारको शून्य सहनशीलताको बारम्बार भाषण गर्दै हिडिरहेको दुई तिहाइको सरकारले चर्चित लोकदोहोरी गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको नयाँ लोकदोहोरी गीतमाथि प्रतिबन्ध लगाएको छ। भ्रष्टाचार, समाजको बेथितिहत्या, हिंसा र बलात्कार जस्ता विषयलाई व्यंग्य गर्दै गीत सार्वजनिक गरेपछि सरकारले ‘लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीतलाई […]