काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको संख्या थप गर्न अनुमति दिएको छ ।लामो समयको लकडाउनपछि हवाइ तथा स्थल यातायात सेवा सुचारु भएसँगै यात्रुको चाप बढेपछि प्राधिकरणले आन्तरिक उडानको संख्या थप्न अनुमति दिएको हो । निजी हवाई सेवा प्रदायकहरुले यात्रुको चाप बढेको भन्दै उडान संख्या बढाउन माग गर्दै आएका थिए ।आजदेखि आन्तरिक हवाई उडान […]
तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता केशव भट्टराइको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । भट्टराइको निधन भएपछि उनको परिवारलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ गठन भएको ‘स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितीले’ सहयोग रकम हिजो एक कार्यक्रम गर्दै उनको परिवारलाई हस्तान्तरण गरेको हो । भट्टराइकी धर्मपत्नी नीता भट्टराइलाई सहयोगबाट उठेको ३४ लाख रुपैयाँ हस्तान्तरण […]
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल भारतको सीमाबाट दुई किशोरीलाई बुधबार प्रहरीले उद्दार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट उद्दार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारततर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्दार गरेको नायव उपरीक्षक […]
काठमाडौं । नेपाली बजारमा बुधबार पहेंलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको […]
नायिका साराअली खानले चलचित्र ‘केदारनाथ’ सुटिङका क्रममा नायक सुशान्त सिंह राजपुतसँग आफ्नो प्रेम रहेको बताएकी छिन् । एनसीबीसँगको बयानका क्रममा सुशान्त र आफू केही समय प्रेममा रहेको बयान साराले दिएको भारतीय मिडियाले दाबी गरेका छन् । उनीहरु सन् २०१९ को जनवरीमा अलग भएका थिए । साराले एनसीबीसँगको बयानका क्रममा चलचित्र छायांकनका क्रममा सुशान्तको घर केप्रीमा […]
काठमाडौ । मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख असुल गरेकाे आराेपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे छ । केन्द्रीय अनुसन्धान ब्युराेकाे टाेलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेकाे हाे । श्रेष्ठले मलेसियामा श्रीमतीसहितकाे सहयाेगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुल गरेको पाइएको ब्यूरोका प्रमुख सहकुल थापाले […]
मुकेश अम्बानीले पछिल्लो ६ महिनादेखि हरेक घण्टा ९० करोड भारु कमाइरहेका छ । त्यो पनि यस्तो समयमा जब कोरोनाका कारण आर्थिक गतिविधि ठप्प भइरहेको छ । यो जानकारी इन्डिया र आइआइएफएल वेल्थ म्यानेजमेन्ट लिमिटेडले आफ्नो रिपोर्टमा दिएको छ । आइआइएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट–२०२० को नवौं संस्करण मंगलबार जारी गरिएको छ । ३१ अगस्ट […]
सन् २०२० को तेश्रो त्रैमासिकमा दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले साढे ५४ अर्ब अमेरिकी डलर आम्दानी गर्ने एक रिपोर्टले देखाएको छ । योनहाप इन्फोम्याक्सले सार्वजनिक गरेको प्रक्षेपण अनुसार वर्षको तेश्रो त्रैमासिकमा कम्पनीले आफ्ना प्रडक्टहरुको बिक्रीबाट हुने आम्दानीमा अघिल्लो त्रैमासिकको तुलनामा उल्लेख्य वृद्धि गर्नेछ भने मुनाफामा पनि वृद्धि हुनेछ । कम्पनीको आम्दानीको मुख्य व्यवसायको रुपमा रहेको […]
विर्तामोड । औषधी व्यवस्था विभागले तोकेको मापदण्ड पुरा गर्न नसक्ने मोरङका सेनिटाइजर उद्योग बन्द भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका स्थित महेश सोनीले सञ्चालन गरेको सेनिटाइजर उत्पादन गर्ने ‘पपुलर प्रोडक्स प्रालि’ बन्द भएको हो । मदिरा उत्पादन गर्दै आएका सोनीले लकडाउन सुरू भएपछि बुढीगंगा गाउँपालिकामा सेनिटाइज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका थिए । बजारमा विषाक्त […]
रुसमा बनेको कोभिड १९ विरुद्धको खोप नेपाल ल्याइने भएको छ । रुसले २ करोड ५० लाख डोज खोप नेपाललाई दिने भएको हो । यससम्बन्धी रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत […]