Sajhamanch Archive

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट.

काठमाडौं। शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रतियोगितामा १२ वटै बी डिभिजन क्लब सहभागी हुँदैछन् । १२ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइँदैछ । समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब […]

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका यी १२ जनालाई झटका

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका यी १२ जनालाई झटका.

काठमाडौं,  । उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या अपराधका १२ अभियुक्तलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ । दुई अभियुक्तलाई भने जनही १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न अन्तिम आदेश सुनाएको छ । उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश लेखनाथ घिमिरेको संयुक्त इजलासले सो आदेश दिएको हो । अदालतका रजिस्ट्रार […]

कृषिप्रधान देशमा ७ अर्बको तरकारी आयात, ११ करोडको निर्यात

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कृषिप्रधान देशमा ७ अर्बको तरकारी आयात, ११ करोडको निर्यात.

काठमाडौं ।  पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेँडा र सवा करोडको बन्दा–काउली आयात । तर, बजारमा ४० रुपैयाँ किलो पर्ने बन्दा बिचौलियाले दुई रुपैयाँमा पनि नकिनेपछि किसान आफैं तरकारीबारीमै डोजर लगाउँछन् आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने भारत र बंगलादेशबाहेक चीन, बेल्जियम, […]

भेनेजुएलाको राजनीतिक संकटले नेकपामा दुई धार

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भेनेजुएलाको राजनीतिक संकटले नेकपामा दुई धार.

काठमाडौं।  भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि भनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् । दाहालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी […]

जानकी मन्दिरमा ‘अश्लिल’ नृत्य प्रदर्शन भएपछि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जानकी मन्दिरमा ‘अश्लिल’ नृत्य प्रदर्शन भएपछि.

जनकपुरधाम । जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्राङ्गणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लिल गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भईरहेको छ । प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरुको पनि आलोचना भएको छ । कार्यक्रममा उद्योग वन तथा […]

दिल्ली पुगेको विमान आकस्मिक काठमाडौंमा अवतरण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दिल्ली पुगेको विमान आकस्मिक काठमाडौंमा अवतरण.

काठमाडौं । काठमाडौंबाट १ सय ६ जना यात्रु बोकेर दिल्ली पुगेको नेपला वायुुुसेवा निगमको एयरबस ३२० खराब मौसमका कारण अवतरण गरी काठमाडौं फर्किएरको छ । निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको खराब मौसमका कारण विमान अवतरण हुन नसकेको हो । ‘आधी र हावाहुरीका कारण विमान काठमाडौं फर्किएको हो,’ उनले भने । […]

विप्लव निकट माओवादीका १ जना कार्यकर्ता छुटाउन ८० लाखको पढाइ अवरुद्ध

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on विप्लव निकट माओवादीका १ जना कार्यकर्ता छुटाउन ८० लाखको पढाइ अवरुद्ध.

काठमाडौं । नेत्र विक्रम चन्द( विप्लव )निकट नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीबाट छुटाउन ८० लाख विद्यार्थीलाई पढ्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गरिएको छ। विद्यार्थीको पढ्न पाउने अधिकार पटकपटक हनन् हुँदा पनि सरकार भने निरीह देखिएको छ। राजनीतिक स्वार्थपूर्तिका लागि विद्यालय तथा कलेज बन्द गर्ने समूहलाई कारबाही गर्न नसक्दा यस्तो प्रवृत्ति झन्झन् मौलाइरहेको छ। बिहीबार […]

प्रगति वनका अतिक्रमित संरचना हटाइने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रगति वनका अतिक्रमित संरचना हटाइने.

बिर्तामोड।  प्रगति सामुदायिक वनभित्र रहेका सवै संरचना हटाइने भएको छ । प्रगति सामुदायिक वनभित्र रहेको सवै आयोजनामा विभिन्न सरोकारवाला समितिसँग छलफलबाट यस्तो गरिएको हो । छलफल डिभिजन वन कार्यालयका प्रमुख बिष्णुलाल घिमिरे, मेचिनगर नगरपालिका प्रमुख बिमल आचार्या, उपप्रमुख मीना उप्रेती, इलाका प्रहरी कार्यालय धुलबारी प्रमुख टीका कार्की, मेचीनगर —१३ का वडाध्यक्ष कृष्णराज सिग्देल, पशुर्राम राजवंशी […]

सहमतिमा झापा बारको नयाँ नेतृत्व

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सहमतिमा झापा बारको नयाँ नेतृत्व.

भद्रपुर । प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका लेखनाथ निरौलाको अध्यक्षतामा नेपाल बार एसोसिएसन झापाको नयाँ कार्य समिति चयन भएको छ । आगामी दुईवर्षे कार्यकालका लागि यही माघ २६ लाई तय गरिएको निर्वाचन अगावै सहमति गठन गरिएको हो । झापाका प्रगतिशील कानुन व्यवसायी एसोसिएसन र प्रजातान्त्रिक कानुन व्यवसायी एसोसिएसन बीच भएको सहमति बमोजिम एसोसिएसनको सभाहल चन्द्रगढीमा सम्पन्न भेलाबाट […]

बहुविवाह सजायमा महिला र पुरुषबीच विभेद

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on बहुविवाह सजायमा महिला र पुरुषबीच विभेद.

काठमाडौं । मुलुकी देवानी संहिताले पुरुषलाई पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेमा सजायको व्यवस्था गरेको छ । तर महिलाले भने सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गर्दा पनि पहिलो विवाह स्वतः बदर भई दोस्रो विवाहले मान्यता पाउने व्यवस्था छ । यस्तो व्यवस्थाले महिलालाई राहत हुने वा नहुने भन्ने विषयमा सरोकारवालाहरुको मत बाझिएको छ । […]