विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरका स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मीसँगै कर्मचारीमा संक्रमण बढ्दो छ । कोभिड नियन्त्रणका लागि अग्र मोर्चामा खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण बढ्दै गएको हो । महानगरपालिकाका अनुसार अस्पतालमा कार्यरत एक सय २१ जना स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित भइसकेका छन् । जसमा विराटनगर महानगरपालिकाका आठ स्वास्थ्यकर्मी छन् । कोशी अस्पतालमा ३१ […]
बलिउड नायिका दीपिका पादुकोणले ड्रग्स च्याटको आरोप स्विकार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । हिजो नारकोटिक्स कन्ट्रोल ब्युरोले दीपिकासँग करिब साढे ५ घन्टा सोधपुछ गरेको थियो । यस्तै, नायिका श्रद्धा कपुरसँग ६ घन्टा र अर्की नायिका साराअली खानसँग ५ घन्टा सोधपुछ गरिएको हो । नायिका दीपिका पादुकोणले ड्रग्स च्याटको आरोप स्विकार गरेकी छिन् । […]
भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंह ८२ वर्षका थिए । राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेको उनको मृत्युमा गहिरो शोक […]
नाइजेरियामा विद्रोही समूहको आक्रमणमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ । सशस्त्र विद्रोहीहरुका गतिविधिबाट विस्थापित भएकाहरु घर फर्कने क्रममा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका हुन् । नाइजेरियमा विद्रोह गरिरहेको बोको हरामका लडाकूहरुले समुद्री किनारमा माछा मार्ने क्रममा आक्रमण गरिएको दावी गरेका छन् । उनीहरुले सुरक्षाकर्मीहरु मारिएको बताएपनि सरकारी अधिकारीहरुले भने सर्वसाधारण मारिएको बताएका छन् […]
ड्रग्स मुद्दामा नाम जोडिएपछि नायिका श्रद्धा कपुर आज एनसीबीको अफिसमा बयानका लागि पुगेकी छिन् । उनलाई एनसीबीका ६ जना सदस्यले विभिन्न प्रश्न सोधेका थिए । आफ्नो बयानका क्रममा श्रद्धाले ड्रग्स लिएको कुरालाई अस्विकार गरेकी छिन् । चलचित्र ‘छिछोरे’को सफलता पार्टीमा आफू सहभागी भएको उनले स्विकार गरेकी छिन् । तर, सो पार्टीमा आफूले अल्कोहल पिएको तर […]
दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाले एउटा यस्तो कडा कानून ल्याउँदैछ जसमा छोटा कपडा लगाउने महिलाहरुलाई कारवाही गरिनेछ । १८ वर्षकी मोलिका ट्यानले जब पहिलोपटक सरकारले उक्त कानूनको मस्यौदा तयारी गरिरहेको बारेमा सुनिन् तब उनी यति चिन्तित भइन् कि त्यसविरुद्धमा एक अनलाइन अपिल नै सुरु गरिन् । प्रस्ताविक कानून अनुसार कम्बोडियाली महिलाहरुलाई ‘उत्तेजक तथा भड्काउ’ पहिरन लगाउन […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुनगर्ठनको तयारी थालेका छन् । प्रधानमन्त्री समेत रहेका ओेली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ । अध्यक्षद्वयबीच हिजो मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा झण्डै ३ घण्टा छलफल भएको थियो ।छलफलसँगै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरु भएको अध्यक्ष निकट नेताहरुको भनाइ छ ।गत आइतबार […]
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । दुवै जनाको शव शुक्रबार नेपाली सेनाको टोलीले इनारबाट निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार होटल सञ्चालकका छोरा ३० वर्षीय सुरज […]
काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटका अनुसार सप्तरीको राजविराज-३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी- १का ५५ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । भदौ २८ गते स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ७० वर्षीय […]
विश्वभरिमा कोरोनाभाइरस संक्रमितमध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ। शुक्रबार बिहान साढे ६ बजेसम्म कुल संक्रमितको संख्या ३ करोड २३ लाख ९४ हजार ८३० जना पुगेकोमा २ करोड ३९ लाख ४ हजार ६८७ जना संक्रमणमुक्त भएका हुन्। संक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ६६ जनाको मृत्यु भइसकेको छ। कुल संक्रमितमध्ये अब सक्रिय […]