अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै फिल्म गर्ने भएका छन् । रमेश एम.के. पौडेलको नयाँ फिल्म ‘रेड वाइन’मा यो जोडी रहने भएको छ । पल र साम्राज्ञीले यस फिल्मबाट नै पहिलो पटक स्क्रिन शेयर गर्नेछन् । पौडेलले यस अघि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरिसकेका छन् । हाल अमेरिकामा रहेका […]
नायक सुशान्त सिंह राजपुतको निधनपश्चात बलिउडका विभिन्न मुद्दाहरु सार्वजनिक भैरहेका छन् । नेपोटिज्मबाट सुरु भएको छानविन अहिले ड्रग्सको मुद्दामा पुगेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती ड्रग्सकै मुद्दामा जेलमा छिन् । उनीमाथि लागेको आरोपको छानविन चलिरहेको छ । यसैविच, नायिका दीपिका पादुकोणको नाम पनि यो मुद्दामा जोडिएको छ । नायिका दीपिका पादुकोणले आफ्नी म्यानेजरसँग ड्रग्स […]
काठमाडौं । सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारका लागि महासंघले तेजावी सुनको […]
काठमाडौं । आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने भएकाले ११ गतेसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान गरिएको छ । यद्यपि पानीको सतह सतर्कताको चिह्नभन्दा तलै रहने अनुमान छ । त्यसैले सम्भावित क्षतिबाट जोगिन असोज ११ […]
ओखलढुंगा। माप्य दूधकोशी गाउँपालिका–५ सोलुखुम्बुका वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ। सदरमुकाम सल्लेरीस्थित आफ्नै घरमा निर्माण सामग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए । उनलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको हो ।
विश्वका एक सय ५६ देशले कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा सहभागिता जनाएका छन् । कोभ्याक्स नाम दिइएको कोरोना भाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियानमा अमेरिका र चीन बाहेक विश्वभरिका दुई तिहाई जनसंख्या प्रतिनिधित्व गर्ने १ सय ५६ देशले सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको हो । कोभ्याक्स […]
काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् । प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग भएको […]
भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ […]
बलिउड नायिका मलाइका अरोडा कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । उनले, आफू कोरोना संक्रमित भएको १४ दिनपछि ठिक भएको बताएकी हुन् । सेप्टेम्बर ७ मा नायक अर्जुन कपुर र नायिका मलाइका अरोडामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । यसपछि, उनीहरु होम क्वारेन्टाइनमा रहँदै आएका छन् । मलाइकाले सामाजिक संजालमा स्टाटस लेख्दै आफू कोरोनामुक्त भएको […]
काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो । नेपालमा विज्ञापन (नियमन गर्ने) ऐन […]