काठमाडौं । ‘फ्रन्टलाइन’मा खटिएका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये सेनाका एकजनाको मृत्यु भएको छ । हालसम्म सबैभन्दा बढी नेपाल प्रहरीमा ३६ सय २६ जनामा कोरोना देखिएको छ । जसमध्ये १८ सय ९ जना डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा […]
दमक । झापाको गौरदह ९ बैगुन्धुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह ३ का २२ बर्षीय राजेश महतो र सोही ठाउँका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन । प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई गएराती पौने ११ बजे नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट १५८ […]
काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन । मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई […]
धादिङ । धादिङको गल्छीमा पेट्रोल बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको छ ।भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिएका छन् । नदीमा खसेको […]
अमेरिकामा विच्याट र टिकटक खरिदलाई अमेरिकी वाणिज्य मन्त्रालयले निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले विच्याट र टिकटक खरिदलाई निषेध गरिएको बारे प्रतिक्रिया दिँदै उक्त कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पु¥याएको बताएको छ । अमेरिकाले कुनै प्रष्ट प्रमाण नभएको विषयलाई लिएर दुई चिनियाँ प्रविधि व्यवसायमाथि […]
काठमाडौं । सरकारले बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने औपचारिक निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको मन्त्रालय स्रोतले जनाएको छ । ‘मल ल्याउने विषयमा अनौपचारिक सहमति बने पनि औपचारिक प्रकृयाका लागि सरकारले बिहीबार निर्णय गरेको हो,’ मन्त्रालय स्रातले भन्यो । सरकारको निर्णयपछि दुई महिनाभित्र मल […]
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एक रुपता ल्याउन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित किन्दा ३४ […]
काठमाडौं । विश्व फुटबलका स्टार खेलाडी लिओनल मेसीले आफ्नो नाम ट्रेडमार्कको रुपमा दर्ता गर्न पाउने भएका छन् । इयुको उच्च अदालतबाट ९ वर्षको लडाइँ जितेपछि मेसीले अब आफ्नो नाम ट्रेडमार्कका रुपमा राख्न पाउने भएका हुन् । युरोपियन कोर्ट अफ जस्टिसले स्प्यानिस साइक्लिङ कम्पनी मास्मी र इयुको बौद्धिक सम्पत्ति कार्यालयको अपिल खारेज गरेको हो । बार्सिलोनाका […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गणेशप्रसाद दाहाल आएका छन् । यसअघि बिर्तामोड आउन इच्छाएका रतुवामाई नगरपालिकाका राजेन्द्र भट्टराई र गौरादह नगरपालिकाका खेम ओझा भने अन्यत्र सरुवा भएका छन् । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरबाट दाहाल बिर्तामोडमा आएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक हान्स क्लूगले पछिल्ला केही दिनदेखि युरोपमा कोरोनाभाइरसको संक्रमणको आँकडा हेरेर यसमा निकै गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे । उनले पछिल्लो दुई हप्तामा युरोपका सदस्य राष्ट्रमा कोरोनाको नयाँ संक्रमित संख्यामा दोब्बरले वृद्धि भइरहेको बताउदै निकै गम्भीर स्थिती निम्तिने सक्ने खतरा औल्याएका हुन् । हिजो कोपेनहेगनमा बोल्ने क्रममा […]