Sajhamanch Archive

उर्मिला सफ्ट पोर्न स्टारः कंगना रनावत

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on उर्मिला सफ्ट पोर्न स्टारः कंगना रनावत.

नायिका कंगना रनावतको सम्बन्ध बलिउडका अधिकांश कलाकारसँग विग्रिएको छ । आफूमाथि टिप्पणी गर्ने हरेक कलाकारको आलोचना गर्दै आएकी कंगनाले अब नायिका उर्मिला मातोण्डकरमाथि कडा टिप्पणी गरेकी छिन् । एक अन्तरवार्तामा उर्मिलाले भनेकी थिइन्–‘यदि, कंगना बलिउडमा ड्रग्सको खतरालाई लिएर चिन्तित छिन् भने, उनले आफ्नो राज्य हिमाञ्चल प्रदेशबाट यसको सुरुवात किन गर्दिनन् । किनकी, भारतमा ड्रग्सको सुरुवात […]

केही हप्ताभित्रै खोप वितरणका लागि तयार हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on केही हप्ताभित्रै खोप वितरणका लागि तयार हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी.

केही हप्ताभित्रै खोप वितरणका लागि तयार हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ताभित्रै आमरूपमा वितरणका लागि कोरोना विरुद्धको खोप तयार हुने दाबी गरेका छन् । तर सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आम नागरिकमा खोप उपलब्ध हुनसक्ने बताउनुभएको छ । कोरोना […]

काँग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा परे

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on काँग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा परे.

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् ।  सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको बताए […]

कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोशी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि.

विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका- ६ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो । मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो । कोशी […]

८१ हजार डलरमा बिक्यो अब्राहम लिंकनको कपाल

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on ८१ हजार डलरमा बिक्यो अब्राहम लिंकनको कपाल.

संयुक्त राज्य अमेरिकाका १६ औं राष्ट्रपति अब्राहम लिंकनको कपालको टुक्रा ८१ हजार अमेरिकी डलर (९५ लाख रुपैयाँ)मा बिक्री भएको छ । लिंकनको रगतमा लतपतिएको एक टेलिग्राम पत्रसँगै रहेको उनको कपालको टुक्राको झुप्पो झण्डै ९५ लाख रुपैयाँमा लिलामी भएको हो । सन् १८६५ मा हत्या गरिएका लिंकनको शवको पोष्टमार्टका क्रममा काटेर निकालिएको उक्त कपालको झण्डै २ […]

आज देशभरका अदालत बन्द

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आज देशभरका अदालत बन्द.

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिइएको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको […]

विश्वमा संक्रमित संख्या तीन करोड नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा संक्रमित संख्या तीन करोड नाघ्यो.

पछिल्लो २४ घण्टामा दुई लाख ९७ हजार तीन सय ८८ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड १५ हजार पाँच सय ३० पुगेको हो । कोरोना संक्रमित नौ लाख ४४ हजार चार सय ८८ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ हजार एक जनाले ज्यान गुमाए । दुई करोड १७ लाख ६९ हजार ३८ […]

गाउँका ठालुले उजुरी दिन रोकेपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गाउँका ठालुले उजुरी दिन रोकेपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या.

सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ। सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् उनका अनुसार आरोपित चार जनाविरुद्ध […]

सुगा बने जापानका नयाँ प्रधानमन्त्री

Published: in विश्व समाचार by . Leave a Comment on सुगा बने जापानका नयाँ प्रधानमन्त्री.

योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्। बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी)का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन्। उनले खसेको ४६२मध्ये ३१४ मत पाएका छन्। पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले विजयी भएका थिए।उनी यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी थिए। सुगालाई […]

थप ४ स्यानिटाइजर उद्योगलाई कारबाही

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप ४ स्यानिटाइजर उद्योगलाई कारबाही.

काठमाण्डौ । औषधि व्यवस्था विभागले थप दुई स्यानिटाइजर उद्योगलाई कारबाही गरेको छ । दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएकाले कारबाही गरेको विभागले जनाएको छ । चीन, भारत, काठमाण्डौ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको छ ।विभागका […]