Sajhamanch Archive

भारतलाई अफगान विदेशमन्त्रीद्वारा धन्यवाद ज्ञापन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतलाई अफगान विदेशमन्त्रीद्वारा धन्यवाद ज्ञापन.

अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हानिफ अतमरले भारतले अफगानिस्तानको शान्तिका लागि ऐक्यबद्धता जनाएकोमा भारतलाई धन्यवाद दिएका छन् । अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि अफगान सरकार र त्यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानीका बीचमा कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ । शनिबार शुरु भएको सो वार्तालाई सफल बनाउन भारतीय विदेशमन्त्री एस जयशंकरले पनि शुभकामना दिँदै भारत सधैँ अफगानिस्तानको […]

बैगुनधुरामा हात्तीडुब्बा सिमसार बन्दै , खड्काको अध्यक्षतामा नयाँ समिति गठन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on बैगुनधुरामा हात्तीडुब्बा सिमसार बन्दै , खड्काको अध्यक्षतामा नयाँ समिति गठन.

बैगुनधुरा ।  चन्द्र बहादुर खड्कालाई अध्यक्षमा चयन गर्दै झापाको गौरादह ९ बैगुनधुरामा रहेको हातीडुब्बा सिमसार तथा पर्यटकिय बिकास केन्द्रको प्रथम साधारणसभा आइतबार सम्पन्न भएको छ । प्राचीन पानीको दह ‘होली’ रहेको स्थानलाई सिमसारको रुपमा बिकास गर्दै पर्यटकीय केन्द्र बनाउने उदेश्यले केन्द्रको गठन गरिएको हो । सिमसार परिसरमा आयोजित उपभोक्ता भेलाले यसअघिको तदर्थ समिति बिघटन गरि […]

सातमध्ये एक आमालाई प्रसूतिपछि डिप्रेसन हुन सक्छ

Published: (Updated: ) in टिप्स/जानकारी, समाज, स्वास्थ्य by . Leave a Comment on सातमध्ये एक आमालाई प्रसूतिपछि डिप्रेसन हुन सक्छ.

नवजात शिशुको जन्मपछि आमाहरूले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ।शिशुको जन्मपछि निद्राको कमी, नयाँ जिम्मेवारी, वा स्तनको दुखाइ सामान्य हुन् । पोस्टपार्टम डिप्रेसन गर्भावस्था र बच्चाको जन्मसँग सम्बन्धित क्लिनिकल डिप्रेसनको गम्भीर रूप हो । भर्खर बच्चा जन्माएका दस हजार आमालाई समावेश गरिएको एउटा अध्ययनले सातमध्ये एक आमालाई प्रसूतिपछि डिप्रेसन हुने पत्ता लगाएको छ । बच्चा […]

आलोचकलाई आँचलको ‘लभ यू’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आलोचकलाई आँचलको ‘लभ यू’.

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको […]

कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नं. ५ […]

ड्रग्स मुद्दामा के रियाले लिएकी हुन् सारा र रकुलको नाम ?

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ड्रग्स मुद्दामा के रियाले लिएकी हुन् सारा र रकुलको नाम ?.

बलिउड नायक सुशान्त सिंहको निधनको मुद्दा अहिले ड्रग्समा मोडिएको छ । नायक सुशान्त र उनकी प्रेमिका रिया चक्रवर्तीले ड्रग्स लिदै गरेको भिडियो नै भारतीय मिडियाले सार्वजनिक गरिसकेका छन् । नायिका चक्रवर्ती केही दिनदेखि जेलमा छिन् । उनले एनसीबीसँगको बयानमा बलिउडका करिब २५ जना बलिउडकर्मीले ड्रग्स लिने गरेको खुलाएकी थिइन् । भारतीय मिडियाले सार्वजनिक गरेको केही […]

सर्लाहीबाट ३०९ किलो गाँजा बरामद

Published: in समाज by . Leave a Comment on सर्लाहीबाट ३०९ किलो गाँजा बरामद.

सर्लाही । सर्लाही प्रहरीले ट्रकमा लोड गरिएको ३ सय ९ किलो गाँजा बरामद गरेको छ । ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा पर्सा गाउँपालिका वडा नम्बर ५ डोमोवा टोलबाट शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिए । उनका […]

बाह्रबिसे पहिरो अपडेट: ७ जनाको शव भेटियो, २४ अझै बेपत्ता

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on बाह्रबिसे पहिरो अपडेट: ७ जनाको शव भेटियो, २४ अझै बेपत्ता.

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ मा पहिरो जाँदा बेपत्ता भएकामध्ये सात जनाको शव फेला परेको छ। बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार आइतबार बिहान पहिरो जाँदा बेपत्तामध्ये सात जनाको शव फेला परेको हो। पहिरोमा अझै २४ जना हराइरहेको शेर्पाले बताए। शेर्पाका अनुसार उक्त वडाको नाकचुच्चे भन्ने ठाउँबाट पहिरो गएको हो। नागपुजेबाट बर्खर्कसम्म ठाउँ-ठाउँमा पहिरो गएको […]

जसले जम्मा गरे ३ हजार क्यामरा, बन्दैछ क्यामरा संग्रहालय

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on जसले जम्मा गरे ३ हजार क्यामरा, बन्दैछ क्यामरा संग्रहालय.

कुनैपनि एकजना मानिसले आफूसँग कतिवटा क्यामरा राख्ला । मान्छेले आफ्नो जीवनकालमा कतिवटा सम्म क्यामरा खरीद गर्छ होला ? स्कटकल्याण्डका एकजना व्यक्तिले चाहिँ आफ्नो जीवनकालमा ३ हजारवटा फरक–फरक मोडेलका क्यामरा खरीद गरे । स्कटल्याण्डको फिफे क्षेत्रमा पर्ने एउटा गाउँमा रहेको उक्त व्यक्तिगत क्यामरा संग्रह विश्वमा कुनैपनि व्यक्तिले गरेको सबैभन्दा धेरै क्यामराको संग्रह हो । तथापि यसको […]

लागूऔषधसहित सात पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on लागूऔषधसहित सात पक्राउ.

झापा। प्रहरीले प्रतिबन्धित लागू औषधसहित एकै दिन सातजनालाई पक्राउ गरेको छ । दमक नगरपालिकाबाट चार केजी गाँजासहित शनिबार इलाम, माङ्सेबुङ–६ घर भई दमकमा डेरा गरी बस्ने २६ वर्षीय अर्पण राईलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीको विशेष टोलीले चार केजी २५ ग्राम गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले […]