Sajhamanch Archive

नेसपाको बैठक आजदेखि सुरु हुँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेसपाको बैठक आजदेखि सुरु हुँदै.

काठमाडौं । नेपाल समाजवादी पार्टी ९नेसपा०को केन्द्रीय समिति बैठक आजदेखि भक्तपुरमा सुरु हुँदैछ । बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्न लागेको हो । आज र भोलि (जेठ २५ र २६ गते)- २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप […]

बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on बिचौलियाको प्रवेश भएको भन्दै सांसदहरुको आपत्ति.

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको छ । बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर केही निश्चित व्यापारिक समूहको स्वार्थ पूरा भएको र राज्यलाई अर्बौँ रुपैयाँ घाटा लगाएको भन्दै एमालेले बैठक बस्न नदिने अडान लिएपछि बैठक ढिला सुरु भएको हो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र […]

चन्द्रको भोजपुरी फिल्ममा नीता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on चन्द्रको भोजपुरी फिल्ममा नीता.

नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तलाई पछिल्लो समय भोजपुरी फिल्म निर्देशनमा भ्याइनभ्याइ छ । भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनीत फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि उनी भोजपुरीका ठूला स्टारको समेत रोजाइमा परेका छन् । उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिँदै आएका छन् । उनको निर्देशनमा बन्न लागेको नयाँ […]

गौतमबुद्ध कपको फाइनल आज

Published: in खेलकुद by . Leave a Comment on गौतमबुद्ध कपको फाइनल आज.

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालामा जारी गौतमबुद्ध कपको फाइनल मंगलबार आज हुँदैछ । फाइनलमा राप्ती र नारायणीबीच प्रतिस्पर्धा हुँदैछ । बागमती लगातारको हार व्यहोरेर बाहिरीएसँगै फाइनलमा दुई टिम पुगेका हुन् । सोमबार भएको खेलमा राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । कोरोना महामारीपछि बन्द रहेका घरेलु क्रिकेट फेरि सञ्चालनको लागि र […]

जो बाइडनले पूरा गरे अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता

Published: in विश्व समाचार by . Leave a Comment on जो बाइडनले पूरा गरे अमेरिकी राष्ट्रपतिमा जितको औपचारिकता.

इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै जो बाइडनले अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गरेका छन् । सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ । जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली पद […]

४९ बोरा चिनीसहित चारजना पक्राउ

Published: in समाज by . Leave a Comment on ४९ बोरा चिनीसहित चारजना पक्राउ.

विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिकाबाट ४९ बोरा चिनीसहित चार जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छलेर ल्याइएको सो चिनी एक लाख ४७ हजार मूल्यबराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । सोमबार बेलुका धनपालथान गाउँपालिका–४ स्थित सुनिल राजवंशीको गोदामबाट ४९ बोरा चिनीसहित मोरङ रंगेली नगरपालिका–१ का २१ […]

झापाको बिर्तामोडमा काँग्रेसको बिरोध प्रदर्शन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापाको बिर्तामोडमा काँग्रेसको बिरोध प्रदर्शन.

बिर्तामोड । झापाको बिर्तामोडमा नेपाली कांग्रेसले बिरोध प्रदर्शन शुरु गरेको छ । वर्तमान सरकारको गरेका कामका विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णयअनुसार आज कांग्रेस कार्यकर्ता सडकमा उत्रेका हुन्। विरोध र्‍याली झापा सुरुङ्गाबाट सुरु भएको आयोजकका उमाकान्त आचार्यले बताएका हुन् । पूर्वबाट सुरुङ्गा हिँडेका कांग्रेस कार्यकर्ता चारपाने र दुर्गापुरमा रोकिएका छन्। माईपश्चिमबाट आएका कार्यकर्ता माईधारबाटै र्‍यालीमा मिसिएका […]

पुस १० देखि फिल्म हल सञ्चालन गर्ने निर्णय

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on पुस १० देखि फिल्म हल सञ्चालन गर्ने निर्णय.

नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले चलचित्र घर खुलाउन कुनै पनि चासो नदिएकाले बाध्य भएर यो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरिएको […]

विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण.

नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको हो । सो राज्यका गभर्नर अमिनु मासारीले सो […]

प्रदर्शनका क्रममा सडक बन्द भएकोमा माफी माग्छु : देउवा

Published: in राजनीति by . Leave a Comment on प्रदर्शनका क्रममा सडक बन्द भएकोमा माफी माग्छु : देउवा.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न ठाउँमा आज प्रदर्शनका क्रममा सडक केहीबेर बन्द भएकोमा माफी मागेका छन्। रहरले नभई बाध्यताले गर्दा सडक जाम गरेर प्रदर्शनमा उत्रिनु परेको देउवाको भनाइ छ। देउवा मकवानपुरमा भएको कार्यक्रममा सहभागी छन्। उनले प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै भने, ‘सडकमा प्रदर्शन गर्न यो सरकारले बाध्य बनाएको […]