कनकाई । कनकाई नगरपालिकामा कोरोना संक्रमण दर तिब्र रुपमा बढ्न थालेको छ । कनकाई नगरपालिका वडा नं. ३ का एक घरमा एउटै परिवारका ११ जनामा कोरोना संक्रमण देखिएको छ । एउटै परिवारका ११ जना सदस्यमा कोरोना देखिएको झापा पहिलो घटना भएको कनकाई नगरपालिका सुचना समितिका सदस्य लक्ष्मी अधिकारीले जानकारी दिए । कनकाई नगरपालिकाले कोराना संक्रमण […]
काठमाडौँ । यातायात मजदुर सङ्गठन र नेपाल यायायात राष्ट्रिय महासङ्घले असोज १ बाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् । यातायात व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने बताएका हुन् । असोज १ बाट सुरक्षा सावधानी अपनाएर आफूहरूले गाडी चलाउने र सरकारले रोक लगाए गाडी […]
प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा आज (बिहीबार) भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ । मौसममा सामान्य बद्ली भई केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । […]
काठमाण्डौ । उद्योगी व्यवसायीले कर तिर्ने समय सार्न माग गरे पनि सरकारले भने २५ गतेभित्रै कर तिरिसक्नुपर्ने जनाएको छ । लकडाउन र निषेधाज्ञाका कारण व्यापार व्यवसाय चौपट भएको र कर तिर्न जान पनि समस्या भएकाले उद्योगी व्यवसायीले भाका सार्न माग गरिरहेका छन् । तर आन्तरिक राजश्व विभागले भने साउन महिनाको भ्याट र अन्तस्शुल्क भदौ २५ […]
शिवसेनाको आइटी सेलले नायिका कंगना रनावतविरुद्ध उजुरी दर्ता गरेको छ । श्रीनगरको प्रहरी स्टेशनमा कंगनाको एक बयानलाई लिएर उजुरी दर्ता भएको हो । कंगनाले केही दिन अगाडि मुम्बइलाई पाकिस्तानले कब्जा गरेको कश्मिर(पीओके)सँग तुलना गरेकी थिइन् । शिवसेनाको यो मागमा प्रहरीले कानुनी सल्लाहा लिइरहेको छ । यस्तै, सोमबार बीएमसीले नायिका कंगना रनौतीको अफिसमा अवैध निर्माणको नोटिस […]
चितवन । चितवनमा १८ महिनाको बालकसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २३ गते २५७ नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा उल्लेख छ । भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ९ […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो । राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने […]
काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमणबाट आठ लाख ९६ हजार ५९९ जनाको मृत्यु भएको छ । विश्वमा दुई करोड ७४ लाख ७६ हजार ९२० जना कोरोनाभाइरस संक्रमित भएका छन् । यद्यपि, विश्वमा कोरोनाभाइरस संक्रमित एक करोड ९५ लाख ६९ हजार ९९३ व्यक्ति कोरोनामुक्त भएका छन् । हाल विश्वमा ७० लाख २९ हजार २०६ व्यक्ति कोरोनाभाइरस संक्रमित […]
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल […]
बलिउड अभिनेता अर्जुन कपुर कोरोनाद्वारा संक्रमित भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । अर्जुन चाँडै नै यसबारे घोषणा गर्ने तयारीमा रहेको स्रोतले बताएको छ । स्रोतका अनुसार अर्जुनको कोरोना परीक्षणको रिपोर्ट आइतबार बिहान मात्रै आएको हो । अभिनेताले दिउँसो आफ्नो आधिकारिक बयान जारी राख्ने पनि स्रोतले दाबी गरेको छ । अर्जुन कपुर निखिल […]