Sajhamanch Archive

‘हुर्रे’ निर्देशकको फिल्ममा स्वेता

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘हुर्रे’ निर्देशकको फिल्ममा स्वेता.

नायिका स्वेता खड्काले केही बर्षपछि नयाँ चलचित्रमा काम गर्ने तयारी गरेकी छिन् । उनले, निर्देशक यम थापाले निर्देशन गर्न लागेको चलचित्रमा काम गर्न लागेकी हुन् । नायिका खड्काले यो बिषयमा भनिन्–‘उहाँले पहिले मलाई एउटा अतिथी भूमिकाका लागि अफर गर्नुभएको थियो । मैले त्यो चलचित्र गर्दिनँ भने । यसपछि, नयाँ कथा सुनाउनुभयो । मलाई कथा निकै […]

एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षण.

बिर्तामोड । कोरोना संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिकाले एतिहासिक तवरबाट कार्य गरिरहेको पाइएको छ । यसको पछिल्लो उदाहरणका लागि सिटी रिक्सा चालकहरुको सामुहिक पिसिआर परीक्षण गरिनुलाई लिन सकिन्छ । एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताएका छन् । टेम्पो चालकहरु धेरै […]

आजदेखि सोह्र श्राद्ध सुरु

Published: in समाज by . Leave a Comment on आजदेखि सोह्र श्राद्ध सुरु.

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो […]

विराटनगरमा पीसीआर मेसिन थपियो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विराटनगरमा पीसीआर मेसिन थपियो.

विराटनगर । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमाा कोरोना जाँचका लागि नयाँ मेसिन थपिएपनि परीक्षणको दर घटेको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले कोरोना जाँचमा प्रदेश र संघीय सरकारले असहयोग गरेको गुनासो गरेपछि विराटनगरको निजी क्षेत्रले पीसीआर मेसिन खरिद गरेर उपलब्ध गराएको थियो । नयाँ पीसीआर मेसिन जडान भए पनि परीक्षण दायरमा भने घटेको हो । ८ […]

कोरोना संक्रमित नै आइसोलेसन उद्घाटनमा सहभागी

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित नै आइसोलेसन उद्घाटनमा सहभागी.

चितवन । भदौ १४ गते भरतपुर महानगरपालिका–१ बागेश्वरीस्थित योगी नरहरीनाथ योग तथा प्राकृतिक चिकित्सालयमा महानगरपालिकाले बनाएको भनिएको आइसोलेनस सेन्टरको उद्घाटन गरियो । एकै कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुन सरकारले गरेको आग्रहलाई समेत लत्याउँदै ठूलो भिडका साथ गरिएको आइसोलेसन सेन्टरको उद्घाटन कार्यक्रममा कोरोना संक्रमित नै सहभागी भएको खुलेको छ । जिल्लाभर निषेधाज्ञा लागे पनि औपचारिक […]

केन्द्रीय कारागारमा रहेका एक कैदीको कोरोना संक्रमणबाट मृत्यु

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on केन्द्रीय कारागारमा रहेका एक कैदीको कोरोना संक्रमणबाट मृत्यु.

काठमाडौं। कोरोना संक्रमणबाट केन्द्रीय कारागारका एक कैदीको मृत्यु भएको छ। मंगलबार मृत्यु भएका तीन कैदी मध्ये एकमा कोरोना पुष्टि भएको छ। दुई जनाको सोमबार र एक जनाको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएका मध्ये एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको केन्द्रीय कारागारका प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। मृत्यु भएकामध्ये एक ४० वर्षीय कैदीमा कोरोना पुष्टि भएको हो। […]

नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव फेला.

लन्डन । नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । गत मे ६ देखि बेपत्ता मोरिसको शव एलिस होल्ट जंगलमा फेला परेको बीबीसीले जनाएको छ । उनको खोजीमा जुटेको ह्याम्पशायर प्रहरी शव फेला पारेको हो । बेलायतको फार्नहमनजिक बेन्टली क्षेत्रमा बस्दै आएका ५२ वर्षीय पूर्व राजदूत मोरिस गत मे ६ तारिख बिहान […]

सिटिइभिटीका तालिम खारेज गरिएकोमा नेविसंघको विरोध

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सिटिइभिटीका तालिम खारेज गरिएकोमा नेविसंघको विरोध.

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सन्चालित चिकित्सा शिक्षा सम्बन्धी विषयहरु खारेज गरिएकोमा नेविसंघले विरोध जनाएको छ । भावी योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि सन्चालित सीएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद, टी–एसएलसी र एसईई स्तरका १८ महिने तालिमहरु बन्द गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले विरोध जनाएको हो । […]

टिकटक खरिद गर्ने वालमार्टको इच्छा

Published: in लोकप्रिय, विविधा by . Leave a Comment on टिकटक खरिद गर्ने वालमार्टको इच्छा.

काठमाडौं । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ । टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो । बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप […]

विश्वमा १ करोड ७७ लाखभन्दा धेरैले कोरोनालाई जिते

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा १ करोड ७७ लाखभन्दा धेरैले कोरोनालाई जिते.

काठमाण्डौ । विश्वभर पौने २ करोड सङ्क्रमितले कोरोनालाई जितेका छन् । २१३ देशमा फैलिएको कोरोनाका कारण सङ्क्रमित भएका १ करोड ७७ लाखभन्दा धेरै कोरोनालाई जितेर घर फर्किएका हुन् । अमेरिकाका ३४ लाख २५ हजार, ब्राजिलका ३० लाख ३१ हजार, भारतका २७ लाख ७२ हजार र रसियाका ८ लाख ८ हजार कोरोना सङ्क्रमितले कोरोनालाई जितेका हुन् […]