काठमाडौं । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई आज वार्तामा बोलाएको हो । किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई वार्तामा […]
मेचीनगर । संघीय सांसद् सुरेन्द्रकुमार कार्कीले नेपालमा नीति निर्माण गर्ने कार्य प्रजातान्त्रिक नभएकै कारण बेला बखत समस्या आउने गरेको टिप्पणी गरेका छन् । पूर्वीनाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्घ आन्दोलनमा उत्रिएका मेचीनगरका होटल तथा पर्यटनसहित अन्य व्यवसायीहरुले आइतबारदेखि शुरु गरेको चौथो चरणको हस्ताक्षर अभियानमा संकलित हस्ताक्षर सोमबार बुझाउन सांसद् निवास पुगेका नगरका विभिन्न व्यवसायीहरुसँगको भेटामा सांसद् […]
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताउका छन् । विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह हुन्छ ।’ राजावादीहरु सडक आन्दोलनमा उत्रिए पनि राजा भने र्फकने सम्भावना नरहेको उनले बताए । महामन्त्री कोइरालाले पार्टीको […]
भर्सटायल अभिनेताको रुपमा परिचित अर्पण थापा नयाँ फिल्म ‘चिसो मान्छे’ मा अनुबन्धित भएका छन् । आइतवार निर्मात्री शर्मिला पाण्डेले उनीसँग कागजी सम्झौता गरेकी हुन् । यसअघि नै फिल्ममा अर्पणको अभिनय रहने खबर बाहिरिएको थियो । तर, यस विषयमा निर्माण टिमले जानकारी दिएको थिएन । फिल्मलाई ‘आमा’ निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्दैछन् । मानिसहरुमा देखिएको […]
सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ । एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेको obile App Trend २०२० २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटकले कब्जा गरेको छ । अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले […]
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । यो काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम हो । तापक्रम घटेकाले बिहानपख उपत्यकामा यस वर्षकै धेरै जाडो महसुस गरिएको छ । मौसमविद निराजन सापकोटाले भने, ‘सोमबार बिहान पौने ६ बजे रेकर्ड गर्दा काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस पाइयो, यो […]
बिर्तामोड । नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको प्राविधिक सहयोग र मनकामना कलेजको सहजिकरणमा सात दिवशिय फोटो पत्रकारिता (फोटोग्राफी) तालिम शुरु भएको छ । मनकामना कलेज बिर्तामोडमा व्यचलर तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई फोटो पत्रकारिता र फोटोग्राफी सम्बन्धी कार्यशालासहित तालिम शुरु गरिएको हो । कलेजका ३० जना भन्दा धेरै पत्रकारिता विषयमा अध्ययन गर्दै आएका विद्यार्थीहरु तालिममा […]
काठमाण्डौ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँगको छलफलमा तत्काल खुलाउन नहुने भनी […]
मानसिक अवरोध मानसिक विकारको एउटा अवस्था हो, जहाँ तपाईं आफ्नो मस्तिष्कको क्षमता गुमाउनुहुन्छ । यसका पछाडि धेरै कारणहरू हुन सक्छन्, जसले तपाईंको दिमागको काममा रोकावट गराउँछ । मानसिक अवरोधको समयमा न त तपाईं केही सोच्न सक्नुहुन्छ, न तपाईं कसैसँग कुराकानी गर्न सक्षम हुनुहुन्छ । प्रायःजसो तपाईं के गरिरहनु भएको भन्ने समेत थाहा हुँदैन । यो […]
काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजदेखि प्रशिक्षण शुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि गराएको छ । फुटबल टिमका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्टे«लियसँग र जेठ […]