Sajhamanch Archive

भारतमा कोरोना संक्रमित २७ लाख नाघे

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमित २७ लाख नाघे.

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या […]

प्युठानमा च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्युठानमा च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी.

बुटवल । जंगलमा पाइने विषालु च्याउ खाँदा नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्तिले जंगली बिषालु च्याउको तरकारी पकाई खादाँ झाडापखाला लागी घरका ५ जनाको परिवार सिकिस्त बिरामी भएको […]

कोरोना संक्रमित कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित कांग्रेस नवलपरासीका उपसभापतिको मृत्यु.

बुटवल । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार […]

प्रदेश १ मा कोरोनाबाट मोरङ बढी प्रभावित

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोनाबाट मोरङ बढी प्रभावित.

विराटनगर । प्रदेश १ का १४ जिल्लामध्ये कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मोरङ प्रभावित बनेको छ । त्यसपछि झापा, सुनसरी र उदयपुर बढी प्रभावित बनेका छन् । प्रदेशमा अहिलेसम्म दुई हजार ९३ जना संक्रमित फेला परिसकेका छन् । जसमा चार सय ६९ महिला र एक हजार छ सय २४ पुरुष छन् । जम्मा संक्रमितमध्ये मोरङका […]

पथरीमा चित्तल सहित शिकारी पक्राउ

Published: in समाज by . Leave a Comment on पथरीमा चित्तल सहित शिकारी पक्राउ.

पथरी । मोरङको पथरीमा सोमवार चित्तल सहित एक शिकारी पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका वडा २ मा रहेको हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरि जंगली जनवार चित्तललाई पासोमा पारी लैजानै लाग्दा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्र कुमार श्रेष्ठ र सोही वडा […]

मास्क नलगाउने चार लाख कारबाहीमा, २५ लाख रुपियाँ जरिवाना असुल

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मास्क नलगाउने चार लाख कारबाहीमा, २५ लाख रुपियाँ जरिवाना असुल.

काठमाडौँ । नेपालभरमा हालसम्म चार लाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई केही बेर सडकमा उभ्याउने र मास्कको महत्त्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घरबाहिर निस्कनको लागि सम्झाउने काम भएको छ । त्यति हुँदा पनि अटेर गरेमा सङ्क्रामक रोग निवारण ऐनअन्तर्गत कारबाही गरेको छ […]

सुनको मूल्य घट्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्य घट्यो.

काठमाडौँ । नेपाली बजारमा सुतको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मुल्य पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा कारोबार भइरहेको छ। यसैगरी […]

राजभण्डारीको ‘लक्ष्य जिन्दगीको’ बन्ने

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on राजभण्डारीको ‘लक्ष्य जिन्दगीको’ बन्ने.

काठमाडौं। चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको छ । सुनिल राजभण्डारीको निर्माणमा चलचित्र ‘लक्ष्य जिन्दगीको’ बन्ने भएको हो । चलचित्रको सोमबार राजधानीको मैतिदेवी मन्दिर परिषरमा व्यक्तिगत दुरी कायम गर्दै शुभमूहर्त गरिएसँगै चलचित्र बन्ने भएको छ । संयम फिल्मस् प्रोडक्सन हाउस प्रा।लि।को प्रस्तुति रहेको चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जएन घिमिरे, पुस्कर राउत, प्रदिप गिरी, दिपीका थापा, […]

आजबाट पाँचौं चरणको उद्धार उडान हुँदै

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on आजबाट पाँचौं चरणको उद्धार उडान हुँदै.

काठमाडौँ । विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरूकै खर्चमा चार्टर उडानबाट स्वदेश फर्काउन आज देखि १५ दिनसम्म पाँचौं चरणको उद्धार उडान हुँदै छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  (सीसीएमसी) ले शुक्रबार पाँचौं पटक थप ४३ वटा उडानलाई अनुमति दिएको थियो । सीसीएमसीका अनुसार यी उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वदेश फर्किन पाउनेछन् । भदौ १५ पछि सरकारले नियमित […]

बिर्तामोडको आदर्श चोकमा यात्रु प्रतिक्षालय निर्माण

Published: in विविधा, समाज by . Leave a Comment on बिर्तामोडको आदर्श चोकमा यात्रु प्रतिक्षालय निर्माण.

बिर्तामोड । यात्रुहरुको सेवा सुविधालाई लक्षित गर्दै बिर्तामोड नगरपालिका वडा न ३, शहिद चन्द्र मार्ग अन्र्तगत रहेको आदर्श चोकमा यात्रु प्रतिक्षालय निर्माण गरिएको छ । पत्रकार धर्मेन्द्र भट्टराईले दिइएको जानकारी अनुसार कालीमाता मठ मन्दिर ब्यवस्थापन समितिको पहल एवम अगुवाईमा स्थानिय समाजसेवीहरुको श्रमदानमा यात्रु प्रतिक्षालयको निर्माण गरिएको हो । सो यात्रु प्रतिक्षालयको निर्माण पछि विषेश गरि […]