फोर्ब्सले सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । यो लिस्टमा बलिउडबाट अक्षय कुमार मात्र परेका छन् । सूचीको पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन (द रक) को नाम छ । उनले एक वर्षमा ८७.५ मिलियन अमेरिकी डलर आय गरेका छन् । उनले नेटफ्लिक्सको ‘रेड नोटिस’ का लागि २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक […]
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको संवादहिनता आठ दिनपछि तोडिएको छ। पछिल्लो समय पार्टीको विवाद चुलिँदै गएपछि दुई अध्यक्षबीच कुराकानी नै बन्द भएको थियो। बिहीबार बिहान प्रधानमन्त्री ओलीसँग कुराकानी गर्न प्रचण्ड बालुवाटार पुगेका छन्।दुई अध्यक्षसँगै छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र स्थायी […]
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएको छ । शल्यक्रिया पश्चात् आजसम्म पनि उनको स्वास्थ्यमा कुनै सुधार नआएको उनको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । गएको साउन २६ गतेदेखि दिल्लीको आर्मी आरआर अस्पतालमा उपचाररत छन । उनको अवस्था थप चिन्ताजनक बन्दै गएको छ । कोरोना सङ्क्रमण […]
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २५ जना पुरूष र १० जना महिला रहेका छन् । संक्रमित हुनेमा ५ वर्षकी बालिका देखि ६२ वर्षका रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए […]
काठमाडौं । पछिल्लो समय भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि […]
काठमाडौ । महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा सात लाख ५१ हजार बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा छ हजार छ सय ३२ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या सात लाख ५१ हजार पाँच सय ४१ पुगेको हो । विश्वमा एकै दिन दुई लाख ७३ हजार नौ सय ४३ […]
सुनसरी । समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै धरान उपमहानगरपालिकाले लकडाउन थप गरेको छ । उपमहानगरको आज बसेको कार्यपालिका बैठकले अगामी भदौ ३ गते राति १२ वजेसम्म लकडाउन बढाउने निर्णय गरेको हो । गत साउन २२ गते सुरु भएको धरानको लकडाउन आज राति १२ बजे सकिन लाग्दा उपमहानगरले पुन एक साता लकडाउन थप गर्ने निर्णय गरेको […]
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रुस निर्मित कोरोनाविरुद्धको भ्याक्सिन पूर्ण परीक्षण नभई प्रयोग गर्न नहुने उल्लेख गरेको छ। अहिलेसम्म रुसले बनाएको भ्याक्सिनबारे मूल्यांकन गर्न पर्याप्त जानकारी प्राप्त नभएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्युएचओ अन्तर्गतको पेन अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्, ब्राजिलले पनि भ्याक्सिन बनाउन थालेको भनिएको छ, तर पूर्ण परीक्षण नभइकन यी […]
काठमाडौं । सुनको भाउ एकै दिन भारी मूल्यले घटेको छ । मंगलबारको तुलनामा तोलामै ६ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक लाख एक हजार ६ सय थियो । तर बुधबार सुनको भाउ प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको […]
विश्वव्यापी बनेको कोरोना भाइरस महामारीका कारण दुनियाँका हरेक देशको अर्थतन्त्र डामाडोल बनिरहेको छ । यद्यपि विभिन्न मुलुकहरुले आफ्ना जनताको राहतका लागि केही न केही त गरिरहेकै छन् । अमेरिकाको क्यालिफोर्नियास्थित एक सानो सहरले कोरोना भाइरसबाट संक्रमित हुने आफ्ना बासिन्दाहरुका लागि कोरोना भत्ता दिने निर्णय गरेको छ । क्यालिफोर्नियाको अलामेडा काउन्टीले आफ्नो क्षेत्रमा कुनै पनि मानिस […]