Sajhamanch Archive

संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर.

बलिउड नायक संजय दत्तलाई तेश्रो चरणको क्यान्सर भएको छ । उनलाई फोक्सोको क्यान्सर भएको हो । उनी, अब उपचारका लागि अमेरिका उड्नेछन् । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो । भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेश्रो […]

कोरोनाका कारण धरानमा एक जनाको मृत्यु, प्रदेश १ मा मृत्यु हुनेको संख्या सात पुग्यो

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाका कारण धरानमा एक जनाको मृत्यु, प्रदेश १ मा मृत्यु हुनेको संख्या सात पुग्यो.

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । ती पुरुषलाई उपचारका लागि एक साताअघि प्रतिष्ठानमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचाररत उनको उपचारका क्रममा बुधबार बिहान […]

पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on पाटन अस्पतालमा ३८ वर्षीया कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

विराटनगरको गुन्द्री बजार सिल

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरको गुन्द्री बजार सिल.

विराटनगर । जिल्ला सुरक्षा समिति, मोरङको बैठकले विराटनगर महानगरपालिका वडा नं. ९ को आंशिक क्षेत्र गुन्द्री बजार सिल गर्ने निर्णय गरेको छ । आइतबार एकै परिवारका ११ जनासहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको बैठकले तत्काल उक्त क्षेत्र सिल गरेर स्वाब सङ्कलनको दायरा बढाउने निर्णय गरेको हो । मोरङका सहायक प्रमुख जिल्ला […]

कालिका सिमसार क्षेत्र प्रवेशमा रोक

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कालिका सिमसार क्षेत्र प्रवेशमा रोक.

विर्तामोड । समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले अर्को सुचना जारी नभए सम्मका लागि झापाको मेचीनगरस्थित कालिका सिमसार तथा पर्यापर्यटन क्षेत्रको प्रवेशमा रोक लगाइएको छ । मेचीनगर नगरपालिका वडा नं.११ र १२ मा पर्ने कालिका समुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित उक्त सिमसार अवलोकन तथा भ्रमणमा प्रतिबन्ध गरिएको वनका अध्यक्ष योगराज भट्टराई ले बताए । कोरोना भाइरस […]

कतार प्रवेश गर्नेले कोरोना रिपोर्ट नेगेटिभ भएको सर्टिफिकेट देखाउनु पर्ने

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on कतार प्रवेश गर्नेले कोरोना रिपोर्ट नेगेटिभ भएको सर्टिफिकेट देखाउनु पर्ने.

कतार प्रबेश गर्नेहरुले अनिवार्य रुपमा कोरोना रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र पेश गर्नु पर्ने भएको छ । अगस्ट १३ तारिखदेखि केहि देशहरुका तोकिएको विमानस्थलबाट कतार प्रबेश गर्ने कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने कतार एयरलाइन्सले जनाएको छ । तत्कालका लागि इराक, इरान, ब्राजिल, पाकिस्तान, बङ्गलादेश तथा श्रीलंकाबाट कतार आउने यात्रूहरुले कोरोना नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने […]

प्रकाश सुवेदीले माफी माग्दै भने – ‘म चुकेकै हो’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, लोकप्रिय by . Leave a Comment on प्रकाश सुवेदीले माफी माग्दै भने – ‘म चुकेकै हो’.

एपी वान टेलिभिजनबाट प्रशारण हुने ‘रजतपट’ कार्यक्रममा छुद्र शब्द उच्चारण गरेपछि विवादमा तानिएका पत्रकार प्रकाश सुवेदीले आइतवार साँझ यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै माफी मागेका छन् । पछिल्लो श्रृंखलामा उनले कसैको नाम नलिइ ‘दारा’ शब्द प्रयोग गरेका थिए । राष्ट्रिय टेलिभिजनमा यसप्रकारको शब्द प्रयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ । अभिनेत्री पूजा शर्माले उक्त […]

विश्वमा संक्रमित संख्या दुई करोड नाघ्यो

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा संक्रमित संख्या दुई करोड नाघ्यो.

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वमा दुई करोड नाघेको छ । एकै दिन दुई लाख १२ हजार एक सय १४ जना नयाँ बिरामी थपिएपछि विश्वमा संक्रमित संख्या दुई करोड नौ हजार ६३ पुगेको हो । कोरोनाका कारण ज्यान गुमााउनेको संख्या सात लाख ३३ हजार तीन सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै चार […]

बिर्तामोडमा आज रातिदेखि लकडाउन नहुने

Published: in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा आज रातिदेखि लकडाउन नहुने.

बिर्तामोड । पूर्वको ब्यस्त र मुख्य बजारस्थल बिर्तामोडमा आज राति १२ बजेदेखि लकडाउन नगर्ने निर्णय भएको छ । गत साउन १८ गते राती १२ बजे बाट लकडाउन गर्ने निर्णय भएको थियो ।  आज राती १२ बजे बाट बिर्तामोड खुल्ला रहने बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् । समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो […]

धनुषामा कोरोनासँग मिल्दो लक्षण देखिएका दुई जनाको मृत्यु

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on धनुषामा कोरोनासँग मिल्दो लक्षण देखिएका दुई जनाको मृत्यु.

जनकपुरधाम । धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । एक्कासी ज्वरो, […]