बलिउड नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको छ । बलिउडमा २० बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्विकार नगरेको भए संभव थिएन । २१ बर्षको […]
काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल हुँदैछ। १८ साउन देखि दुई अध्यक्ष बीच दिनहुँ भेटवार्ता भइरहेको छ। बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ साक्षी राखेर दुई अध्यक्षबीच भेटवार्ता हुँदै आएको छ। तर, आजको छलफलको समय भने निर्धारण भइसकेको छैन। […]
दमक । झापाको दमकमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक ५ हरी ओउम कोलेनी घर भइ करीब १० दिन अघि भारतबाट घर फर्किएका पुरुषमा संक्रमण पुष्टि भएको वडाध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । गुरुङका अनुसार उनी भारतबाट आएदेखी नै होम क्वारेन्टाइनमा थिए । उनको पोजिटिभ रिपोर्ट आए लगत्तै उपचारका लागि […]
काठमाडौं । सुनको भाउ एक तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ प्रति औंस ४० […]
कोरोना भाइरसको संक्रमणका कारण २३ दिनसम्म बलिउड नायक अमिताभ बच्चन मुम्बइको नानावती अस्पतालमा भर्ना भए । उनी केही दिन अगाडि मात्र कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । तर, उनले अस्पतालमा रहँदा नानावतीको प्रचार गरेको आरोप भने लागेको छ । सामाजिक संजालमा उनले महंगो अस्पताल रोजेको र प्रचार गरेको भन्दै आलोचना भैरहेको छ । एक महिलाले […]
विराटनगर । कोरोना भाइरसको संक्रमण फैलन नदिन मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि ‘सिल’ गरिएको छ । मंगलबारराति १२ बजेबाट लागू हुने गरी नगरपालिका पूर्ण रुपमा ‘सिल’ गरिएको हो । रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि पूरै नगर क्षेत्र ‘सिल’ गर्नु परेको मेयर रविन राईले बताए । समुदायमा कोरोना भाइरसको […]
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारराति २.७ रेक्टर स्केलको भूकम्प गएको छ । राति ११ः२७ बजे भूकम्पको धक्का महसुस गरिएको थियो । सामान्य धन्का महसुस गरिए पनि भूकम्पनपछि मानिस त्रसित भएका थिए । भूकम्प मापन केन्द्रले भूकम्पनको केन्द्रबिन्दु थापाथली आसपास भएको जनाएको छ ।
समयको घडीमा फेरो मार्दै पुनः स्तनपान सप्ताह आइपुगेको छ । शुभकामना सन्देशहरुले संचार माध्यम भरिभराउ छन् । विभिन्न संघ–संस्था विशेष कार्यक्रममा व्यस्त छन् । यी प्रयास स्वस्थ जीवन बाँच्नका लागि शिशुले जन्मे लगतैदेखि दुई वर्षसम्म आमाको दूध खुवाउन प्रोत्साहन गर्ने अभिप्रायका लागि हुन् । प्रकृतिले हरेक स्तनधारीको दूध आफ्नै बच्चालाई अमृत समान सर्वोत्तम हुने हिसाबले […]
रूपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुखसहित दुई जनालाई आज नियन्त्रणमा लिएको छ । व्यवसायीसँग लेनदेन गर्दै गरेको गोप्य सूचनाका आधारमा अनुसन्धान कार्यालयका प्रमुख विजय राना र व्यवसायी अनिलकुमार झालाई पक्राउ गरेको हो । आयोगको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए अनुसार घुस रकम दिने झा गुट्खा र चिनी […]
अर्जुनधारा । यहाँस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका बालबालिकाहरुलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । बिर्तामोडका यूवा व्यवसायी हरि नेपालीले आफ्नो ३३औँ जन्मदिन केन्द्रका बालबालिकाहरुसँगै मनाएका हुन । जन्मोत्सवको दिन फजुल खर्च गर्नुभन्दा अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु उपयुक्त ठानेर आफुले सहयोग गरेको नेपालीले बताए । कोरोना संन्त्रासका कारण लकडाउन भएपछि त्यहाँ आश्रय लिँदै […]