Sajhamanch Archive

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि.

वीरगञ्ज । पर्सामा नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । ६ जना महिलासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित १४ […]

कोरोनाले ज्यान गुमाएका विराटनगरका वृद्धको शव जंगलमा अन्त्येष्टी गरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाले ज्यान गुमाएका विराटनगरका वृद्धको शव जंगलमा अन्त्येष्टी गरिने.

विराटनगर । कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएका वृद्धको शव मोरङको कानेपोखरी क्षेत्रको जंगल क्षेत्रमा अन्त्येष्टी गरिने भएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले शव जंगलमा अन्त्येष्टी गर्ने भएको हो । सोमबार दिउँसो सवा ३ बजे विराटनगर– ५ का ७७ वर्षीय वृद्धको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । सोमबार विहान आइसोलेसनमा भर्ना भएका […]

बिर्तामोडमा आज रातिदेखि पुनः लकडाउन

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोडमा आज रातिदेखि पुनः लकडाउन.

बिर्तामोड । पूर्वको ब्यस्त र मुख्य बजारस्थल बिर्तामोडमा आज राति १२ बजेदेखि पुनः अनिश्चितकालीन लकडाउन गर्ने निर्णय भएको छ । नगर कार्यपालिकाले स्थानीय राजनीतिक दलका नेतृत्वसहित संघीय सांसद एवम् प्रदेश सांसदको उपस्थितिमा आज गरेको छलफल पछि कोभिडको संक्रमण समुदायमा फैलन नदिन लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् । भोलिदेखि औषधी पसल र […]

अमेरिकी राजदूतले खौरिए विवादित जुँगा

Published: in रोचक कुरा / टिप्स, विविधा, विश्व समाचार by . Leave a Comment on अमेरिकी राजदूतले खौरिए विवादित जुँगा.

दक्षिण कोरियास्थित अमेरिकी राजदूत ह्यारी ह्यारिसको जुँगा पछिल्ला दिनमा निकै चर्चित र विवादित बन्यो । सायद दुनियाँकै सबैभन्दा विवादास्पद भनिने उक्त जुँगामा अन्ततः ब्लेड चलेको छ । अर्थात् अमेरिकी राजदूतले आफ्नो विवादित जुँगा खौरिएका छन् । आफ्नो जुँगा असाधारण आलोचनामा परेसँगै राजदूत ह्यारिस सियोलस्थित एक परम्परागत नाउँ पसलमा गएर आफ्नो जुँगा कटाएका छन् । जापानी […]

धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on धेरै केरा खाँदा हुनसक्छ यी ५ बेफाइदा.

चर्चित भनाई छ, जुनकुनै चिजमा एउटा न एउटा बेफाइदा हुन्छ । यस्तै केरा पनि एक फल हो जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, केरा धेरै खाँदा यसले शरीरलाई नोक्सान पनि पुर्याउँछ । बच्चाहरुका लागि सबैभन्दा राम्रो डायटको रुपमा केरा सामेल गरिन्छ । हरेक दिन १ वा २ केरा दिन सकिन्छ । यसका साथै, […]

आज सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय कायम

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय कायम.

काठमाडौं । सुनको भाउ तोलामै करिब एक लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज ३ सय रुपैयाँले बढेर छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुनको भाउ ९९ हजार तीन सय रुपैयाँ थियो । महासंघले आइतबारका लागि तेजाबी सुनको भाउ […]

रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, समाज by . Leave a Comment on रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’.

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् । सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् । भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र […]

निरुता लेख्छिन्–‘भूवन केसी मेरा लागि रियल हिरो’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by . Leave a Comment on निरुता लेख्छिन्–‘भूवन केसी मेरा लागि रियल हिरो’.

मुम्बइमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छिन् । सामाजिक संजालमा स्टाटस लेख्दै निरुताले भनेकी छिन्–‘मलाई आज पनि संझना आउँछ, दार्जिलिङ्गमा छदाको त्यो बेलाको, जुन बेला हामी साथीभाइहरु बसेर चलचित्रको नायक अनी नायको कुरा गथ्र्यौ । दार्जिलिङ्गमा हामीले नेपाली चलचित्रको नायक अनी नायिका भनेर चिनेको जानेको नै नायक […]

पछिल्लो एक सातामा विदेशमा कोरोनाबाट २८ नेपालीले ज्यान गुमाए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on पछिल्लो एक सातामा विदेशमा कोरोनाबाट २८ नेपालीले ज्यान गुमाए.

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । संघले लण्डनबाट आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना संक्रमणका कारण हालसम्म विदेशमा १८९ नेपालीको मृत्यु भएको जनाएको छ । विश्वका […]

कुवेत जान नेपालीलाई प्रतिवन्ध

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कुवेत जान नेपालीलाई प्रतिवन्ध.

काठमाडौं । कुवेत सरकारले भोलिदेखि अन्तराष्टिय उडान शुरू गर्ने घोषणा गरेपनि नेपाल लगायतका देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतले भारत, पाकिस्तान, श्रीलका, बगलादेश, इरान तथा फिलिपिन्सका बिमान तथा त्यहाका नागरिकलाई भने प्रवेश नदिने घोषणा गरेको छ । उसले अन्य देशका बिमान कम्पनी तथा नागरिकलाई भने प्रवेश दिने घोषणा गरेको बीबीसीले जनाएको छ । […]