काठमाडौँ । आज साउन १५ अर्थात खीर खाने दिन शरीर स्वस्थ भएका बालबालिकादेखि वृद्धवृद्धासम्मको अति प्रिय भोजन खीर खाएर मनाइँदै छ ।सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ । असार १५ मा दही चिउराको स्वाद लिएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने […]
काठमाडौं । यूवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘कस्तो भाइरस आयो’ सार्वजनिक भएको छ । रामकुमार बस्नेतको स्वर तथा सङ्गीत र रामचन्द्र चन्दको सङ्गीत संयोजन रहेको गीत ‘कस्तो भाइरस आयो’को भिडियो सार्वजनिक भएको हो । लिगेस भट्टराईद्वारा निर्देशन तथा सम्पादन गरिएको गीतको भिडियोमा सुरविर पण्डित (दारीबा), दिनेश केसी, सरिता राजोपाध्याय, ज्ञान खत्रीको मुख्य […]
वीरगञ्ज । वीरगञ्जमा थप ३४ जनामा कोरोना भाइरस (कोभिड – १९)को संक्रमण देखा परेको छ । नारायणी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज थप ३४ जनामा संक्रमण देखिएको हो । नारायणी अस्पतालका मेसु डा . मदनकुमार उपाध्यायका अनुसार संक्रमितहको उमेर २ देखि ६५ बर्ष उमेर समूहको छ । उनले संक्रमण देखिएका ३४ जनामध्ये १० जना महिला […]
काठमाण्डौ। सुनको भाउले आज फेरि रेकर्ड बनाएको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस ८ डलरले बढेको छ । आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको […]
काठमाडौँ । पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो । गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको जानकारी दिए । अध्यक्ष बिष्टले भने, ‘पहिरोमा २ जना घाइते भएका छन् । […]
एक अध्ययन अनुसार आगामी २० वर्ष भित्रमा हाम्रो पृथ्वीले १ अर्ब ३० करोड टन प्लास्टिकको भारी बोक्नु पर्नेछ । यदि प्लास्टिकको प्रयोगमा कमी नल्याइएमा सन् २०४० सम्ममा पृथ्वीमा फ्याँकिने प्लास्टिक फोहोरको वजन सबा अर्ब टन नाघ्नेछ । साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम्भीर ढंगले बढिरहेको छ । युनिभर्सिटी अफ लिड्सका शोधकर्ता […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षणमा मात्र नेपालीको शान झल्कने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान […]
झापा। झापा भद्रपुर निवासी ज्ञानु घिमिरेले संस्कृत भाषाको गीत सार्वनिक गरेका छम । दिपक वज्रचार्यले गाएको गीत मायाको डोरीलेलार्इ संस्कृत भाषामा आफ्नो स्वर दिएका हुन । विभिन्न भाषाका गीतहरु सार्वजनिक भए पनि संस्कृत भाषामा अनुवाद गरेर गाएको यो पहिलो गित रहेको गायक घिमिरेको दाबी छ । नेपाली चर्चित गीतहरुलाइ संस्कृत भाषामा अनुवाद गरी संस्कृत भाषालार्इ […]
विराटनगर । विश्वमा अत्यधिक माग रहेको र महँगोमध्येमा पर्ने मेथान्टामाइन आइस नामक लागूऔषध मोरङबाट प्रहरीले पहिलो पटक बरामद गरेको छ । दुव्र्यसनीले धेरै रुचाएको सूचीमा पर्ने यो लागूऔषध उच्चगुणस्तरको र नयाँ प्रकृतिको रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार यो एक प्रकारको केमिकल ड्रग्स हो । अत्यधिक महँगो लागूऔषधको कारोबारमा संलग्न उच्च घरानाका व्यवसायीलाई पनि प्रहरीले […]
कोरोना भाइरस महामारीले पूरै विश्वमा आतंक मच्चाइहेको छ । दुनियामा एक करोड ६० लाख भन्दा धेरै मानिसहरु यो भाइरसबाट संक्रमित भैसकेका छन् भने करीब साढे ६ लाख मानिसको मृत्यु भैसकेको छ । यो महामारीले संसारमा मानिसहरुको जिवनशैलीमा परिवर्तन गरिदिएको छ । कोरोना भाइरसको भ्याक्सिन बनाउने कार्यमा अहिलेसम्म सफलता प्राप्त भैसकेको छैन । जहिलेसम्म यो भाइरस […]