Sajhamanch Archive

ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन : विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ट्रोलर्स विरुद्ध कानूनी कारवाही गर्ने तयारीमा करन : विशेषज्ञले प्रयोगकर्ताको अकाउन्ट अनुसन्धान गर्दै.

सुशान्त सिंह राजपूतको मृत्युपछि नेपोटिजमको मुद्दा उठाउँदै थुप्रै कलाकारलाई सोसल मिडियामा ट्रोल गरियो । यो सूचीमा फिल्म निर्देशक करन जोहरको नाम पनि समावेश छ । खासमा भन्ने हो भने सुशान्तको मृत्युपछि करन नै सबैभन्दा धेरै निशानामा परेका हुन् । करनले यसबारे अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्, न नै कुनै ट्रोलर्सलाई यसबारे जानकारी दिएका छन् । […]

सुनको मूल्य आकाशियो, तोलामा ९४ हजार पुग्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको मूल्य आकाशियो, तोलामा ९४ हजार पुग्यो.

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० […]

‘प्रसाद २’ बन्ने

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on ‘प्रसाद २’ बन्ने.

चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । चलचित्रका निर्देशक भने फेरिएका छन् । चलचित्र ‘प्रसाद’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । अब भने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । चलचित्रलाई सुभाष थापाले निर्माण […]

पर्सामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

Published: in समाज by . Leave a Comment on पर्सामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु.

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ । जगरनाथपुर–६ माधोपुर बस्ने १६ वर्षीय कृष्ण पटेलको मृत्यु भएको हो । मंगलबार साँझ ५ बजे जगरनाथपुर–६ स्थित नौरंगी खोलामा पौडी खेल्ने क्रममा डुबेर पटेल वेपत्ता भएका थिए ।खोजतलासका क्रममा एक घन्टापछि उनको शव भेटिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी […]

कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु.

काठमाडौं  । कोरोना संक्रमण (कोभिड—१९) देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका महोत्तरीका एक वृद्धको मृत्यु भएको छ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएका महोत्तरी घर भएका ६० वर्षीय वृद्धको उपचारका क्रममा मंगलबारराति मृत्यु भएको हो । उनको मृत्युसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । प्रतिष्ठानका मेडिसिन विभाग […]

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम भने तय भएको छैन । पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ । नेपालमा […]

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

Published: in परदेश (प्रवास) by . Leave a Comment on अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन.

ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ । कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो । महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अस्टेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो.

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ५८७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार ८४ पुगेको छ । साथै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ११ लाख […]

खोपले सकारात्मक परिणाम देखाएपनि यात्रा अझै बाँकी छ : डब्ल्यूएचओ

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on खोपले सकारात्मक परिणाम देखाएपनि यात्रा अझै बाँकी छ : डब्ल्यूएचओ.

कोरोना भाइरसविरुद्धको खोपको विषयमा सकारात्मक परिणाम पाएपछि पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अझै लामो यात्रा बाँकी रहेको बताएको छ । डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका निर्देशक डाक्टर माइक रेयानले कोरोना भाइरसको भ्याक्सिन विकास गरेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै खोपको विषयमा सकारात्मक परिणाम देखिएपनि अहिले लामो यात्रा तय गर्न बाँकी रहेको बताएका हुन् । उनले संसारमा […]

नेकपा स्थायी कमिटी बैठक आज एक बजे बस्ने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नेकपा स्थायी कमिटी बैठक आज एक बजे बस्ने.

काठमाण्डौ। पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेकपा स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेको लागि सारिएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । गएको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको छ । प्रधानमन्त्री एवं पार्टी […]