Sajhamanch Archive

मास्कलाई चिउँडोमुनी नतानौं !

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on मास्कलाई चिउँडोमुनी नतानौं !.

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को महामारीबाट बच्न अहिले धेरै मानिसले मास्क लगाउन थालेका छन् । मास्कले कोरोना भाइरसको संक्रमण रोक्न निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्व स्वास्थ्य संगठनले पनि बताइसकेको छ । तर मास्क लगाउन नजान्दा संक्रमणको जोखिम झनै बढ्छ । सामान्यतया हामीले मास्क लगाइरहेको अवस्थामा केही खान, पिउन वा अन्य केही गतिविधिको लागि […]

समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत फुस्किएपछि‘…………..

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on समाचार पढ्दापढ्दै समाचार वाचिकाको दाँत फुस्किएपछि‘…………...

टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा समाचार वा कार्यक्रम प्रस्तुत गरिरहँदा कहिलेकाहीँ निकै अप्ठ्यारा तथा अनौंठा घटनाक्रमहरू आइलाग्छन् ।हालै युक्रेनमा एक महिला पत्रकारले यस्तै अकल्पनीय स्थितिको सामना गर्नुपरेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारणका क्रममा समाचार वाचन गरिरहेको बेला उनको एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार पूरा गरेको दृश्यले दर्शकलाई भावुक बनाएको छ । समाचार पढिरहँदा उनको अगाडिपट्टि […]

कंगनाले ‘बी ग्रेड’कि नायिका भनेपछि भड्किइन् तापसी

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कंगनाले ‘बी ग्रेड’कि नायिका भनेपछि भड्किइन् तापसी.

नायिका कंगना रनावतले नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करलाई ‘बी ग्रेड’का नायिका भनेपछि यसले हंगामा मच्चाएको छ । कंगनाको यो बयानपछि नायिका तापसी पन्नु उनीसँग भड्किएकी छिन् । तापसीले भनेकी छिन्–‘कंगनाले बलिउडको मजाक उडाइरहेकी छिन् । मलाई यो देखेर निकै दुख लाग्छ ।’ कंगनाले तापसी र स्वरा निर्माता करण जोहरको मनपर्ने नायिका हुन् भने उनीहरुको […]

शाहरुख खानले आफ्नो घरलाई किन प्लाष्टिकले ढाके रु

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on शाहरुख खानले आफ्नो घरलाई किन प्लाष्टिकले ढाके रु.

मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् । बच्चन परिवारका सदस्य […]

पहिरोले एकै परिवारका तीन जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरोले एकै परिवारका तीन जनाको मृत्यु.

धादिङ । धादिङमा पहिरोमा पुरिएर सोमबारराति एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घरमाथिबाट खसेको पहिरोमा पुरिएर त्रिपुरासुन्दरी गाउँपालिका–६ का २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना, छोरी २ वर्षीया अञ्जली खाँडको मृत्यु भएको धादिङका डीएसपी रुपक खड्काले बताए । पहिरोले पुरिएका उनीहरुको मृत्यु भएको अवस्थामा शव फेला परेको जानकारी खड्काले दिए […]

गण्डकी प्रदेशमा थप १२ जना संक्रमित

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on गण्डकी प्रदेशमा थप १२ जना संक्रमित.

पोखरा । गण्डकी प्रदेशका तीन जिल्लामा १२ जनामा कोराना भाइरस संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरामा ६ पुरुष र २ महिलामा कोरोना संक्रमण भेटिएको हो । त्यसैगरी, सोमबार थपिएकामा तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक–एकजना […]

आज साउन महिनाको पहिलो सोमबार , शिवको पूजा गरिदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज साउन महिनाको पहिलो सोमबार , शिवको पूजा गरिदै.

काठमाडौँ । साउन महिनाको पहिलो सोमबार भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् । यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले दर्शनार्थी शिवालयहरुमा निकै कम गएका छन् । तर बिहानैदेखि चोखो भएर शिवको विशेष आराधना भने भइरहेको छ […]

विराटनगरबाट लागूऔषधसहित तीन जना पक्राउ

Published: in समाज by . Leave a Comment on विराटनगरबाट लागूऔषधसहित तीन जना पक्राउ.

विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ वर्षीय तारिकन अनवर, विराटनगर–६ का २० वर्षीय सुमित दास र सोही स्थानका १८ वर्षीय मनिस दास रहेका छन् । उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।आइतबार साँझ साढे ६ बजे साइकलमा […]

साउन ५ बाट सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउन ५ बाट सार्वजनिक यातायात चलाउन व्यवसायी तयार.

काठमाडौं । सरकारको निर्णयअनुसार भोलि (सोमबार)बाट सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरू तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायी भोलिबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले सोमबारबाट यातायात सञ्चालन गर्न स्वीकारेका हुन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट […]

सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, प्रतितोला साढे ९२ हजार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सुनको मूल्य ३ सय रुपैयाँले बढ्यो, प्रतितोला साढे ९२ हजार.

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य आइतबार प्रतितोला तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५ रुपैयाँमा किनबेच […]