काठमाडौं । नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ। आज छापावाल सुन प्रति तोला ९२ हजार ८ सय पुगेको हो। आज एकैदिन तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ पनि […]
बलिउड नायिका सारा अली खानका ड्राइभरलाई कोरोना पोजिटिभ देखिएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो र परिवारको अवस्थाबारे जानकारी गराएकी छन् । २४ वर्षकी यी नायिकाका अनुसार ड्राइभरमा कोरोना देखिएपछि उनलाई क्वारेन्टिनमा राखिएको छ । ड्राइभरमा कोरोना देखिएपछि आफ्नो परिवारले पनि कोरोना परीक्षण गरेको साराले बताएकी छन् । उनले लेखेकी छन्–‘म र मैले परिवार र […]
पर्यटक आकर्षित गर्ने अनेक उपाय हुन्छन् । भियतनाममा भर्खरै खुलेको एउटा होटलले विश्वको ध्यान खिच्ने नौलो उपाय अपनाएको छ । विश्वभर कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र प्रभावित बनेका बेला भियतनामको राजधानी हनोइमा सुनै सुनले भरिएको होटल संचालनमा आएको छ । अनौठो बनावट र सबैतिर सुनको लेपनका कारण होटल निकै आकर्षित देखिएको छ । सुनैसुनले […]
काठमाडौं । इङ्गल्याण्डको केन्टमा बसोबास गर्ने १०४ वर्षे महिलाले घरमै बसेर कोरोनालाई जितेकी छन् । ग्रेस ग्रिनउड नाम भएकी ती महिला विगत तीन सातादेखि ओछ्यानबाट उठ्न सक्दैनथिन् । उनलाई सास फेर्न पनि गाह्रो भएको थियो । तर उनलाई कोरोना संक्रमणको उपचार गर्न अस्पताल जानु परेन । अहिले उनी पूर्णरुपमा ठीक भएकी छन् । उनका परिवारका […]
विर्तामोड । कोरोना को महामारीको कारण काँकरभिट्टामा यसवर्ष २०७ औं भानुजयन्तीमा सार्वजनिक समारोहको आयोजना गरिएन । तर भानु साहित्यिक प्रतिष्ठानले बैठक बसी आदिकवि भानुभक्त आचार्यप्रति भावपूर्ण श्रद्धा अर्पण गर्दै क्याम्पस परिसरमा रहेको पूर्णकदको सालिकमा माल्यार्पण भने गरेको छ । काँकरभिट्टा क्याम्पस परिसरमा रहेको पूर्णकदको भानु सालिकमा वर्षेनी असार २९ गते भब्य रुपमा कार्यक्रम गरी माल्यार्पण […]
गत वर्ष एक उद्घाटन कार्यक्रममा ‘कलाकारहरुको किन गसिप बन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा निर्देशक दीपाश्री निरौलाले भनेकी थिइन्, ‘गसिपहरुले रोमाञ्चित बनाउँछ । जहाँ नाम छ त्यहाँ सबै कुरा छ । कसैलाई होच्याउने र जिस्काउने नामले नै गर्छ । घरमा सुतिरहेको बुबालाई कसैले गिज्याउँदैन ।’ उनको यो कुरामा अभिनेत्री पूजा शर्माले ताली बजाएर समर्थन जनाएकी थिइन् […]
काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य विभागको तथ्यांकअनुसार एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार परीक्षणको दायरा बढाएसँगै नयाँ संक्रमितको संख्या बढेको हो । देशका अधिकांश राज्यमा गत हप्ताको […]
काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो । […]
झापा । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ । पाँच सय भारुका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । यद्यपि, उनी झापा गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रका व्यक्ति […]
विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३९ हजार ५ सय ६६ पुगेको छ । आइतबार बिहानसम्म विश्वका २१३ देशमा संक्रमित एक करोड २८ लाख ३९ हजार पुगेको हो । संक्रमित मध्ये ७४ लाख ७७ हजार ६८३ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमित मध्ये ५ लाख ६७ हजार ५ सय ७४ पुगेको […]